logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

गढीमाइमा काटिएका पशुकाहरुलाइ श्र्रद्धान्जली 


  • जन आकाश
  • शनिबार, मंसिर २८ २०७६

काठमाडौं  बारा जिल्लास्थित गढीमाई मेलाको अवसरमा हुने पशुवली प्रथालाई रोक्न चौतर्फी दवावका विच हजारौ पशु पन्छिहरुले अकालमा ज्यान गमाउनु परेकोले भन्दै श्रीकृष्ण प्रणामी समाजको आयोजना ति पशुहरुलाइ चिर आत्म कामना गदै श्रद्धञ्जली दिएका छन् । थुप्रे अहिंसाप्रेमी संघ संगठनहरुको सहभागितामा काठमाण्डौको माइतीघर मण्डलामा श्रद्धान्जली दिपप्रज्वलनको कार्यक्रम गरी कार्यक्रम सम्पन्न गरेका छन् । हजारौको संख्यामा सहभागीहरुले वलीका नाममा मृत्यु भएका पशुको नाममा वत्ती बालेर श्रद्धान्जली अर्पण गरिएको थियो । समाजले काठमाण्डौको मण्डलाका साथै अन्य जिल्लाहरुमा एकै समयमा श्रद्धान्जली सभाको आयोजना गरिएको श्रीकृष्ण प्रणमी परिवारले जानकारी दिएको हो ।
सो अवसरमा श्रीकृष्ण प्रणामी सेवा समितिका अध्यक्ष श्याम केसीले हिन्दु धर्मको मुख्य मर्म“अहिसा परमो धर्म”भन्ने भावनामा पशुवलीले कुठाराघात गरेको छ भन्दै पशुवलीको विरोध गरेका थिए । आगामी दिनमा अझ ससक्त रुपमा पशु वलिको विरोधका कार्यक्रम गरिने बताउनु भएको थियो । त्यसैगरी नवराज ढकाल,शारदा सर्मा, मात्रृका प्याकुरेल लगायत बक्ताहरुले मन्दिरलाई बधशालामा रुपान्तरण गरेको प्रती खेद ब्यत्त गर्दै पशुपतिको देशमा पशुको हत्या तथा अत्यन्त अशोभनिय, र निन्दनिय कर्म हो भन्दै बुद्ध नेपालमा जन्मेका हुन् भनेर गर्व गर्न तवमात्र अर्थ रहन्छ जब बुद्धले देखाएको अहिंसाको बाटोमा हिंड्ने संकल्प हामीले गर्दछौं ।
सम्मानित सर्वोच्च अदालतबाट मिति २०७३÷०४÷२० मा“पशुवलीदिने, दिलाउने, कार्यमा प्रत्यक्ष वा परोक्ष रुपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारको तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहित गर्नु, गराउनु”भनीनेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार, काठमाडौंलाई समेत परमादेश जारी गरेको सन्दर्भमा पशुवली गरिनु निन्दनिय भएको हुदा समेत यस्ता पशु बिभत्स तरिकाले पशुको वली दिनु अत्यन्त निन्दनीय कार्यभएको बक्ताहरुले बताएका थिए



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend