जन आकाश
२०७६ साल पौष ४ गते हुने भनिएको नाडाको २० औं अध्यक्ष लगायत केन्द्रीय कार्य समितिको निर्वाचन निर्विरोध रुपमा सम्पन्न हुने निश्चित भएको छ । नाडाले अनुसार २०७६ साल मार्ग २९ गते उम्मेदबारको मनोनयन पत्र दर्ता गर्ने मिति तोकिएको थियो । उक्त निर्वाचनको अध्यक्ष पदका लागि नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालको मात्र उम्मेदवारी परेकोले कृष्णप्रसाद दुलाल अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
त्यसैगरी नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा १७ जनाको उम्मेदवारी दर्ता भएकोमा ३ जना उम्मेदवारले आफनो उम्मेदबारी फिर्ता लिएको अवस्थामा १४ जना केन्द्रीय कार्य समितिका सदस्यहरुको पनि निर्विरोध निर्वाचित हुने अवस्था बनेको हो । नाडाको ४ वटा संस्थागत सदस्यहरुको पनि निर्विरोध उम्मेदवारी परेको नाडाले जानकारी दिएको छ । नाडाको अव बन्ने केन्द्रीय कार्य समिति यस प्रकार हुनेछ । नाडाको विधान अनुसार पदाधिकारीहरुको चयन ४३ औं वार्षिक साधारण सभापछि बस्ने पहिलो केन्द्रीय कार्य समितिको बैठकले गर्नेछ ।
अध्यक्षमा कृष्ण प्रसाद दुलाल कम्पनी÷फर्मको नाम पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.
संस्थागत सदस्यहरु ऋषि कुमार ढकाल हेटौडा अटोमोबाईल्स ध्रुव बहादुर थापा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसियसन
नवराज डल्लाकोटी चितवन अटोमोवाईल्स एशोसियसन
सुवास आचार्य मोरङ अटोमोबाईल डिलर्स एशोसियसन
निर्विरोध निर्वाचित हुनु भएका साधारण सदस्यहरुको नाम कम्पनी÷फर्मको करण कुमार चौधरी के.एम.सि.अटोमोबाईल्स
आकाश गोल्छा जि.ओ.अटोमोवाईल प्रा.लि.
सुनिल रिजाल भावना विजनेश लिंक प्रा.लि.
अनुप कुमार वराल नारायणी अटो विजनेश प्रा.लि.
सुरेन्द्र कुमार उप्रेती श्री एस ट्रेडिङ कन्सर्न
बिक्रम सिंघानीया गणपति टायर इन्टरनेशनल
राजनबाबु श्रेष्ठ सिप्रदी ट्रेडिङ प्रा.लि.
अभिक ज्योति नेपाल जनरल मार्केटिङ
मिलन बाबु मल्ल रिसिक अटोमोवायल्स प्रा.लि
दिपक कुमार अग्रवाल जगदम्वा मोर्टस प्रा.लि.
निराकार श्रेष्ठ लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.
सुरज भटट्टराई आई एम ई मोटर्स प्रा.लि
पंकज अग्रवाल डि सी बि एण्ड ट्रेडर्स
निलमणि पाठक(राम) त्रिसुल अटोमोवाईल्स ट्रेडर्स
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend