logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

भारतीय कम्पनीहरुलाइ नेपालमा प्रतिवन्ध लगाऔं


  • जन आकाश
  • मंगलबार, पुष १ २०७६

नेपालको राष्ट्रिय गौरवको आयोजना मानिएको माथिल्लो तामाकोशी जलबिधुत आयोजना भारतीय कम्पनीको कारण ढिलो हुने भएको छ । तामाकोशीको माथिल्लो ठाडो सुरुङगमा पाइप जडान गर्ने काम अत्यन्तै सुस्त गतिमा भइरहेको छ । माथिल्लो ठाडो सुरुङमा पाइप जडान सक्न अझै १२ महिना
आयोजनाको ३१० मिटर गहिरो माथिल्लो ठाडो सुरुङ जडान गर्न २ को ठेक्का प्याकेज अन्तर्गत हाइड्रो मेकानिकल सामनको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले गरिरहेको छ ।त्यस भारतीय कम्पनीले सुस्त गतिमा सुरुङको कामगर्दा ६ महिनामा जम्मा ६२.५ मिटर मात्र पाइप जडान गरेको छ । ३.६ मिटर चौडाइ, ५ मिटर लम्बाइ र १८ टन तौलका २ वटा ( १० मिटर) पाइप जडान गर्न ११ दिनदेखि २० दिनसम्म लगाएको छ । औसतमा १० मिटर पाइप जडान गर्न १५ दिन लगाएको छ । यो गतिलाई आधार मान्ने हो भने बाँकी २४८ मिटर पाइप जडान गर्न ३ सय ७२ दिन अर्थात् एक वर्ष ७ दिन लाग्छ । उसो त भारतले नेपालमा लिएका ठेक्काहरु कहिल्यै समयमा पुरा नगर्ने थुप्रे उदारण छन् । भारतले नेपालका खोलाहरु ओगटेर राखेको त सवैलाइ थाहा नै छ । जव नेपालमा भारतीय कम्पनीले काम जिम्मा लियो की नेपालको बिकाशमा बिलम्ब भयो भनेर जाने हुन्छ किनकी भारतले नेपाल बिकाश भएमा भारतलाइ नोक्सान पुग्ने जसरी सोच राख्ने गर्दछ त्यसकारण पनि भारतीय कम्पनी प्रति दिनप्रतिदिन नेपालीहरुको बिश्वास गुम्दै गएको छ ।



तल्लो ठाडो सुरुङमा पनि त्यस्तै अवस्था रहेको छ । आयोजनाको ३७३ मिटर गहिराइको तल्लो ठाडो सुरुङमा पाइप जडान कार्य लट –३ अन्तर्गत पावर हाउस निर्माण कार्यका लागि छानिएको ठेकेदार अस्ट्रियन कम्पनी एड्रिज हाइड्रोले गरिरहेको छ । एन्ड्रिजले काम सुरु गरेकाले ६ महिनामा १ सय ६० मिटर पाइप जडान सकेको छ । हाल उक्त कम्पनीले ३.६ मिटर चौडाइ, ५ मिटर लम्बाइ र २७ टन तौलका २ वटा (१० मिटर) पाइप जडान गर्न ९ दिन लगाइरहेको छ । जडानको यो गतिलाई आधार मान्दा बाँकी २ सय १३ मिटर पेनस्टक पाइप जडान सक्न १ सय ९१ दिन अर्थात् ६ महिना ११ दिन लाग्ने देखिन्छ । यो पनि सन्तोष जनक देखिदैन । नेपालीहरुले राष्ट्रिय गौरबको आयोजनावाट बिधुत छिट्टै उत्पादन होस र नेपालीहरुले तामाकोशी जलबिधुत आयोजनामा समग्रमा सवै नेपालीहरुको सेयर रहेको छ । त्यो लगानी प्रतिफलको रुपमा आउने त छदैछ ।त्यसको अलवा नेपालको जलबिधुत क्षेत्रमा राष्ट्रिय प्रशारण लाइनमा ४५६ मेगावाट बिधुत थपिदा भारतवाट आयात गर्नुपर्ने बिधुत कटौति हुने छ ।
यसरी हरेक कोणवाट नेपाललाइ फाइदाको आयोजना यो वा त्यो बाहानामा भारतीय कम्पनीले ढिलो गदै आएको समाचार बिगतमा पनि आएका थिए त्यसकारण तुटीवस होइन नियतबस नेपालका ठेक्काहरु ह्ड्प्ने र ढिला गर्ने गरेको हुदा नेपालमा भारतीय कम्पनीलाइ प्रतिबन्ध लगाउन ढिलो गर्नु हुदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend