logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

लोकप्रिय कियाको मिड–एसयुभी सेल्टोस नेपालमा पनि


  • जन आकाश
  • सोमबार, पुष ७ २०७६

 



काठमाडौं,
भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड–एसयुभी बन्न सफल कियाको सेल्टोस नेपालमा पनि बिक्री शुरु भएको छ ।
नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले सेल्टोस नेपालमा ल्याएको हो । कियाको भारत स्थित प्लान्टमा उत्पादित गाडी पहिलो पटक नेपाल भित्रेको हो । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतमा प्लान्ट राखेर सेल्टोस उत्पादन थालेको थियो । भारत–६ (Bhaarat-VI) इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले धेरैवटा देशमा मिड एसयुभी पारखी बाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोसकै कारण किया भारतको चौथो नम्बरको कार ब्रान्ड बन्न सफल भएको छ ।
कन्टिनेन्टलले भारतमा निर्मित अन्य मोडल पनि नेपाल ल्याउने कम्पनीका प्रमुख सुहृद घिमिरे यसयुभी सार्वजानिक कार्यक्रममा बताउनु भएको थियो । सेल्टोसमा १० इन्च स्क्रिन, बिओ एस ई { (BOSE) म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी–कटस्टेरिङ (D-Cut Steering), युभी ग्लास (UV Glass) जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् ।
गत भदौमा सम्पन्न नाडा अटो सोमा बुकिङ गर्ने ग्राहकलाई प्राथमिकता दिएर यो गाडी उपलब्ध गराउने कम्पनीको योजना अनुसार । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके](HTK), एचटिके (HTK+), एचटिएक्स(HTX), एचटिएक्स प्लस (HTX+) भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले उत्पादन गरी बिक्री गरिरहेको जानकारी दिएको हो । भारतमा गत अगस्टबाट यसको बिक्री सुरु भएको थियो । अटो पन्डित्जका अनुसार सेल्टोस लन्च भएको पहिलो महिनामै आफ्नो सेग्मेन्टको एसयुभी पारखीमाझ लोकप्रिय बनेको थियो ।
हुन्डाइको क्रेटा, निसानको किक्स, जिपकम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्रीवितरण गर्दै आएको छ । यसका सञ्चालक सुहृद घिमिरे हुन उहाको नेपालमा अटोमा क्षेत्रमा राम्रो दख्खल भएका व्यवसायीमध्य मानिनु हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend