जन आकाश
कालापानी र लिपुलेका नेपालको भुमि भएको तथ्यहरुले पुष्टि गरिसकेको छ । बृटीस लाइबेरीमा भएको नक्सा, जापानको जाइकाले निर्माण गरेको नक्सा र नेपालको नापी बिभागसँग भएका नक्साहरुले कालापानी र लिपुलेक नेपालको भुमि भएको प्रमाणित गरिसकेको हुुनाले उक्त नेपालको भुमिमा रहेका भारतीय सेनालाइ कुटनीतिक पहल गरी फिर्ता पठाएर नेपालको भुमि खाली गराइ उक्त भुमिमा नेपाली सेनालाइ राख्नुपर्छ । हुनत नेपालका प्रधानमन्त्री केपी शर्मा वलीले समेत नेपालको भुमिमा नेपालका सेना बस्छन् भनि सक्नुभएको छ । तर त्यसलाइ व्यवहारमा लागु गर्न जति गम्भिर भएर तदारुकता देखाउनु पर्ने हो थियो त्यति तदारुकताका साथ परराष्ट्र मन्त्रालयले काम गरेको देखिएन । प्रधानमन्त्रीको आफ्नै स्वास्थ्यस्थितिको एउटा कारण पनि बिलम्ब भएको होला । त्यो हुदाहुदै पनि सक्रीय रहनुपर्ने निकायहरु जस्तै परराष्ट्र मन्त्रालयका निकायहरुको महत्वपुर्ण भुमिका रहनुपर्छ राष्ट्रियताको सवालमा परराष्ट्रले महत्वपुर्ण भुमिका खेल्दाखेल्दै पनि कुटनीतिक सावधान निस्कन सकेन भने नेपाली जनतालाइ आवाह्रन गर्नुपर्छ र भन्न सक्नुपर्छ भारतले हामीलाइ टेरेन जनताहरु तयारी अवस्थामा रहनु ।
नेपालीहरु आफ्नो देशको लागि जतिखेर पनि तयारी अवसथामा रहनेछन् भारतले आफ्नो विस्तारवादी सोचलाइ सधै पालिराख्छ भने त्यसको जोखिम उसैको लागि बढ्नु हो ।
नेपालीहरुले पहिला पहिला गरेको भारतीय नाकाबन्दी अहिलेको नेपालको भुमि भारतले भारतीय नक्सामा पारेको बिषयवाट राष्ट्रियता के हो भनेर पाठ सिक्नुपर्छ । बिगतमा प्रजातन्त्र ल्याउने नाममा नेपालीहरुलाइ बिभिन्न बाहानमा अराजकतामा फसाएर नेपालमा भएका उधोग कलकारखाना वन्द गराएर खेतवारीमा काम गरी अनाज उत्पादन गरिरहेका किसानहरुलाइ एनजिओ र आइएनजिओ खोलि केही प्रलोभन देखाएर नेपालका गरिखाने मेहनती हातहरुलाइ परर्निभर बनाइ नेपालका ६० प्रतिशत जमिन बाजोमा परिणत गराउने योजना नेपाली नागरिता बोकेका र भारतमा बसेर नेपालको राजनीति गर्नेहरुले भारतीय ष¥यन्त्रमा फसेर नेपालको आत्मर्निभरतालाइ भत्काउदै नेपाललाइ कमजोर बनाउन भारतीय योजनामा काम गरेको अहिले आएर छर्लङ देखिएको छ । ति बिगतका घटना र यर्थाथवाट पाठ सिक्नुपर्छ हामी नेपालीहरुले अफै उधोग खोल्न सक्छौ , आधुनिक मेशिनहरु उत्पादन गर्न सक्छौ, नेपालले गर्न सक्ने र प्रथामिकतामा राखेर गर्न सक्ने बिकाश –( कृषि – प¥यटन जलविधुत ) कृपजको अवधारणा बनाएर काम गर्न सक्ने प्रशस्त आधारहरु देखिएका छन् । ति आधारहरुलाइ प्रथामिकतामा राखेर २४ घण्टामा ३ सिफ्ट अर्थात तीन समूह राष्ट्रिय बिकाश निर्माणको काममा खटेर पाँच बर्षभित्र राष्ट्रिय अठोट र संकल्प लिइ काम ग¥यौ भने नेपालले उत्पादन गरेको बिधुत अर्थात बिजुली साना घरेलु उधोगहरु र सर्वसाधरणहरुलाइ निशुल्क र ठुला उधोगहरुलाइ बिश्वकै सस्तोमा बिधुत उपलब्ध गराएर उधोगहरुलाइ प्रोत्साहन गर्न सक्छौ । उधोगमा लाखौलाख मानिसहरुले रोजगार पाउछन् ,
किशान किशानहरुको लागि बिउँ, विजन, भण्डारण, बजार व्यवस्थापन र उत्पादनको लागि वनाएर धेरै भन्दा धेर्रै खाद्यन्न, फलफुल, तरकारी उत्पादन बढाएर आत्मर्निभर नेपाल बन्न सक्छौ ,
प¥र्यटन
प¥र्यटनको क्षेत्रमा पूर्वधारको बिकाश जस्तै प¥र्यटकीय क्षेत्रहरुमा आधुनिक होटलहरुको निर्माण, रिर्सोट साथै सथानीय महत्व बोकेका धार्मिक क्षेत्रहरुको प्याकेज, स्थानीय उत्पादनलाइ बढाउन स्थानीय प्रोत्साहन कार्यक्रम प्रभावकारी बनाउदै प¥र्यटनवाट राम्रो आम्दानी गर्ने र यो तिनै वटा क्षेत्रवाट प्रप्त आम्दानीलाँइ प्रत्येक नेपालीले कम्पनीको रुपमा सयुक्त लगानी गरेर उत्पादनलाइ बढाउने नयाँ नयाँ बजारको खोनि गर्ने नेपाली बजारलाइ नेपालको उत्पादन व्यवस्थित ढंङगवाट बितरण गर्ने मुनाफा कमाउने गदैै देशलाइ अत्मर्निभर , बलियो अर्थतन्त्र , बिश्वमा बढीरहेको आधुनिकीकरणको प्रतिस्पर्धामा समेत प्रतिस्पर्धा गर्न सक्ने गरी दिर्धकालीन योजना बनाएर काम गर्नुपर्छ । यति काम हामीले ग¥यौ भने देश शक्तिशाली हुन्छ । जव देश शक्तिशाली हुन्छ त्यतिवेला जस्र्तै मै हु भन्ने विस्तावादी पनि लकलक काम्न थाल्छ । त्यसकारण माथि उल्लेखित कामहरु हामीले गर्नुपर्छ । यो अभियाँन हामीले थालौ । हाम्रो देश शक्तिशाली बनायौ भने हामीलाइ कसैले न्यक्न सक्दैन । हामीलाइ कमजोर बनाउन योजना बनाइ बनाइ नेपालमा नेपाली नै प्रयोग गरेर नेपालको अर्थतन्त्र, राजनीति , सुशान सर्वै भत्काएर नेपालको भुमि हड्प्ने भारतीय योजना प्रष्ट भएको छ । त्यो योजनालाइ भत्काएर नेपालको हित चिताउने नेपालमुखी अर्थतन्त्र , राजनीति लागु गरी नेपालको गुमेका भुभागहरु फिर्ता गराउन सवै एकजुट होऔं
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend