logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

टिभि एस मोटरले ल्यायो एनटर्क १२५ रेस स्कुटर


  • जन आकाश
  • बुधबार, पुष ९ २०७६

काठमाडौं  टिभि एस मोटर कम्पनीले दुइपाग्रे एनटर्क १२५ स्कुटर आज सार्वजानिक गरेको छ । काठमाडौंको नक्सालस्थित आफ्नै सोरुममा कार्यक्रम आयोजना गरी एनटर्क १२५ स्कुटर सार्वजानिक गरेको हो ।



कार्यक्रममा स्वागत मन्तव्य राख्दै जगदम्बा मोटरर्सका मार्केटिङ मेनेजर नवराज कोइरालाले आमान्त्रित पाउनाहरुलाइ स्वागत तथा धन्यवाद दिनुभएको थियो ।
एनटर्क १२५ स्कुटर नायिका स्वतिका खड्का र जगदम्बा मोटर प्रा.लि.का सञ्चालक दीपक कुमार अग्रवालले संयुक्त रुपमा उदघाटन गरेका थिए ।
उक्त कार्यक्रममा सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो कार्यक्रममा टिभि एस कम्पनीको ब्रण्डको बारेमा जानकारी दिने उदश्यले अटो डान्स समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रका व्याक्तिहरुको उपस्थिति रहेको थियो ।  कार्यक्रममा जगदम्बा मोटरर्सले टिभि एस कम्पनीवाट उत्पादित सवारी साधन बिक्री गदै आएको छ । नेपालका लागि टिभि एसको आधिकारिक बिक्रेता शंखर ग्रुप अन्र्तगतको जगदम्बा मोटर्सले गर्दै आएको रहेको छ । जगदम्बा मोटर्सले नेपाली बजारलाइ ध्यानमा राखेर नयाँ नयाँ मोडलका सवारी साधन उपलब्ध गराउदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend