जन आकाश
२०३८ सालमा स्थापना भएको महिला बिभाग पछिल्लो समयमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय भएको थियो भने बिभिन्न समयमा मन्त्रलयको नाम परिवर्तन हुदै आएको छ । महिला बालबालिका तथा समाजिक काम गर्नका लागि स्थापना भएको मन्त्रलयका अन्र्तरगतका कार्यलयहरु देशभरी रहेका थिए जिल्ला कर्यलयहरुमा रहेर महिला बालबालिका र समाज कल्याणका सवै कामहरु जिल्लाका महिला मन्त्रलयका कर्मचारी बिषेश गरेर महिलाहरुले हेदै आएका थिए ।
२०७४ स्थानिय ऐन लागु भएपछि जिल्ला महिला बालबालिका तथा समाज कल्याण मन्त्रलय अन्र्तगतका कर्मचारीहरु स्थानीय निकायमा समायोजन भइ गएका थिए । स्थानीयमा रहेका जन प्रतिनिधि र निजामतिको अलमलको कारण साथै त्यस स्थानीय कार्यलयमा अन्य फाटका कर्मचारी प¥याप्त नहुदा ति अन्य फाटहरुमा पनि महिला बालबालिका अन्र्तगतका कर्मचारीले काम गर्नुपर्ने र महिला बालबालिका सम्बन्धि कार्यक्रम कतिपय स्थानीय निकायका जनप्रतिनिधिहरुलाइ त्यसको महत्व र अधिकारका बारेका थाहा नभएको र महिला बालबालिका अन्र्तगतका कर्मचारीले कार्यक्रम र बालबालिका महिला सम्बन्धि सचेतना मुलक कार्यक्रम, अधिकार, लैगिक हिंसा जस्ता बिषयमा जानकारी गराउदा समेत स्थानीय सरकारका जन प्रतिनिधिहरुले त्यस खालका कार्यक्रमलाइ अगाडि बढाउन नै चासो नराख्ने र कतिपय गाउँपलिकामा चासो राख्ने जनप्रतिनिधि भएका ठाउँहरुमा भने महिला बालबालिका तथा समाज कल्याण मन्त्रलयका कर्मचारी अभाव हुदा महिला बालबालिका ज्येष्ठ नागरिकलेहरुले प्रप्त गर्नु पर्ने सुविधावाट बञ्चित हुदै आएका थिए । छन् ।
२०७४ को प्रदेश÷प्रतिनिधिसभाको निर्वाचन पश्चात बनेको केपी नेतृत्वको सरकारले महिला बालबालिका तथा समाज कल्याण मन्त्रलयलाइ नाम परिवर्तन गरेर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलय बनाएको छ । नाम जे परिवर्तन गरेपनि काम महिला बालबालिका समाजमा देखिएका हिंसा कुरितीहरुलाइ कम गर्न काम हुनुपर्ने थियो त्यसतो काम कर्मचारीको अभावमा र महिला बालबालिका बिभाग हेरिरहेका कर्मचारीहरुलाइ अरु नै फाँटहरुमा खटाउदा नेपालभरीका धेरै जति क्षेत्रमा महिला बालबालिका ज्येष्ठ नागरिक सम्बन्धि काम प्रभावकारी हुन सकेको देखिदैन ।
त्यसैले नेपालको आधाभन्दा बढी जनसंख्या रहेको महिलाहरुको लागि बिशेष खालका कार्यक्रम दिएर स्वरोजार , शीपमूलक र चेतना अविबृद्धि कार्यक्रम सञ्चालन गरी महिलाहरुलाइ सशक्तिकरण गाराउन पर्छ ताकी कतिपय हाम्रा नेपाली चेलीहरुले बिदेशमा गएर नारकीय जीवन निर्वाह नपरोस् साथै बालबालिका भनेका भोलिका कर्णधार हुन् ति बालबालिका हरुको अवस्था कस्तो छ ति बालबालिकाहरु सानैमा जस्तो खालको शिक्षा दिन्छौ त्यस्तै बन्छन् । ति बालबालिकाहरुलाइ सक्षम बनाउनको निमित कार्यक्रमहरु सञ्चालन गरेर भोलिका दिनमा देशलाइ समतामुखी बनाउनको लागि काम गर्नुपर्ने हुन्छ । त्यसैगरी अपाङग, ज्येष्ठ नागरिकहरु प्रतिको राज्यको दाइत्व पनि त्यतिकै हुनुपर्छ मानिस जन्मेपछि बुढो हुन् स्वभाविक हो भने अपाङग कुनै पनिवेला जो पनि हुनसक्छ । उनिहरुको संक्षणको लागि राज्यले दिन पर्ने सुविधाहरु जस्तै परिचय पत्र भत्ता औषधि उपचार जस्ता गनैपर्ने कामहरु गर्नुपर्छ ।
त्यस्तो अहिले भइराखेको देखिदैन स्थानीय सरकारहरुले भाषण धेरै गर्ने काम थोरै गर्ने र महिला बालबालिका ज्येष्ठ नागरिक अपाङगहरुको बिषमा काम गरिरहेका कर्मचारीहरुलाइ अन्य बिभागको काम लगाएर देश र समाज प्रतिको जिम्मेवारी भुृलेको जस्तो देखिन्छ ।
यसरी गैर जिम्मेवार भएर होइन महिला बालबालिका तथा ज्येष्ठ नागरिक अपाङगहरुको सेवा सुविधाको लागि भनेर जे उदेश्यले त्यस मन्त्रालय स्थापना भएको हो र त्यस अन्र्तगतका कर्मचारीहरुलाइ त्यसै बिभागमा प्रभावकारी ढंगावाट काम कार्यन्वयन गराइ नेपालको सामाजिक कार्य राम्रो छ भन्ने वातावरण बनाउन ढिला गर्नुहुदैन । देशमा अन्य मन्त्रलयले गरे जस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बधि पनि काम होस् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend