जन आकाश
काठमाडौं नाडाका नव निर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको गएको ६ सदसिय नाडा प्रतिनिधि मण्डलले नेपाल राष्ट्र बैङ्कका गर्वनर डा. चिरञ्जिवी नेपालसंग भेटी नेपाल राष्ट्र बैङ्कले मिति २०७६ साल पौष ८ गते ल्याएको क,ख,र ग बर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६, ले नेपालको समग्र अटोमोवाइल व्यवसायमा पारेको प्रभाव र त्यसको समाधानबारे विस्तृत छलफल गरेको नाडाले जानकारी दिएको छ ।
नाडा प्रतिनिधि मण्डलले मुलतः व्यक्तिलाई बैङ्क र वित्तीय निकायहरुले ऋण दिदा कूल आम्दानीेको ५० प्रतिशत मात्र ऋण दिन सकिने भन्ने सो एकिकृत निर्देशनको विषयमा जिज्ञाशा राखेको सन्दर्भमा गर्वनर नेपालले यसबारे स्पष्ट पार्दे अटोमोवाइल क्षेत्रलाई नेपाल राष्ट्र बैङ्कले कहिले पनि अनुत्पादक क्षेत्रको रुपमा नलिएको बरु यो सर्पोटिभ भएको बताउनु हुदै आजका दिनमा यातायातका साधनहरु अत्यावश्यक भईसकेको बताउनु भयो ।
उहाँले नेपालको निर्यात बढन नसकेको मात्र होइन राजश्वको प्रमुख श्रोत नै बस्तुहरुको आयात भएको र नेपालमा आउने रेमिटान्स समेत घटिरहेको भन्दै चिन्ता प्रकट गर्नु भयो । सोही छलफलको क्रममा उहाँले अटोमोवाइल व्यवसायीहरुले सार्वजनिक सवारी साधन, व्यक्तिगत रुपमा प्रयोग हुने सवारी साधन र हेवि इक्यूपमेण्टस गरी तीन किसिमबाट प्रस्तुत हुनु पर्ने सुझाव समेत दिनु भयो ।
व्यवसायी, बैङ्क तथा वित्तीय निकायहरुकै राय सुझावहरुलाई मनन गर्दे यो निर्देशन ल्याइएको गर्वनर नेपालले बताउनु भयो । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका निबर्तमान अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य दीपक अग्रवाल समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend