logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

राष्ट्रिय गौरवका आयोजनाहरु बाहाना बनाएर नरोकौ


  • जन आकाश
  • सोमबार, पुष २१ २०७६

निजगढ अन्तराष्ट्रिय विमानस्थल नेपालको लागि गौरवको आयोजना र नेपालीहरुको आर्थिक उन्नतिमा कोशे ढुङगा सावित हुने योजना हो ।
नेपालको एक मात्र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले बढ्दो अन्तरष्ट्रिय उडानको भारलाइ थेग्न नसकिरहेको अवस्थामा बैकल्पिक अन्तराष्ट्रिय विमानस्थल नहुदा नेपालले भारतका विमानस्थलहरु प्रयोग गर्नुपर्ने बाध्यताहरु आएका छन् । यस्तो अवस्थामा नेपालले आफ्नो राष्ट्रिय प्रतिष्ठा सम्झेर पनि निजगढ अन्तराष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने हो । त्यो सम्बन्धित निकायले त गर्नुपर्ने काम गर्नु नै पर्छ । त्यो भन्दा बाहिर बसेर राष्ट्र बिकाशको योजनाहरु सकरात्मक सोच राखेर नेपाल र नेपालीको हित चाहाने नेपालीहरुले त झनै नेपालका बिकाशमा ध्यान दिनुपर्छ यो सवै नेपालीहरुको कत्ब्य हो ।
तर नेपालमा लोकतन्त्रको दुरुपयोग गरेर कतिपय मानव अधिकारका नाममा नेपालको विकाश रोक्न नेपाल कै मानिसहरु लागिपरेका देखिन्छन् । ति काहावाट कसरी कसले तिनिहरुलाई परिचालन गर्छन् । अहिले सम्म कसैले खोजि नीति गरेको देखिएको छैन । देख्दा पढे लेखेका बिद्धावान जस्ता लाग्ने तर रातारात अवान्छित गतिविधिमा संलग्न हुने र नेपाललाइ नोक्सान पु¥याए बापत अकुत सम्पति आर्जन गरेर नेपालवाट अमेरिका पलायन हुने नेपाली नागरिता बोकेका अमेरिकामा रिफुजी ( सनार्थी ) बन्न रुचाउने ब्याक्तिहरु नेपालका लागि घातकसिद्ध बन्दै गएको देखिन्छ ।
अहिले पछिल्लो समय नेपाल देशकै गौरवको आयोजना निजगढ अन्तराष्ट्रिय विमानस्थलको विषयमा पहिला नै गरिसकिएको ( ईआई ) को बिषयमा सर्वोच्च अदालतमा मुद्धा हालेर नेपालको गौरवको आयोजनालाई रोक्न, ढिलो गर्न नेपाल बिरोधिहरुले नेपाली नागरिता बोकेकाहरुलाई प्रयोग गरेको सहजै अनुमान लगाउन सकिन्छ । यस्तो कार्यको सर्मथन गर्नु र त्यस्ता गलत मनसाय राखेर निवेदन हाल्नु राष्ट्रिय गौरवको आयोजनालाइ पछाडी धकेल्नु नेपाल र नेपालीहरुको बिरुद्धमा काम गर्नु हो ।
यस्ता भौतिक निर्माण तथा राष्ट्रिय गौरवको आयोजना सम्बन्धि र्निणयहरु सम्माननीय सर्वोच्च अदालतले पनि छिटो भन्द छिटो टुङग्याइ दिएर नेपालको बिकाशलाई टेवा दिनुपर्छ ।
प्रत्येक दिन आफ्नो जन्मभुमि छोडेर अर्काको देश बनाउन गईरहेका नेपाली नागरिकहरुले आफ्नै देशमा काम गर्न पाउने बातावरणको लागि नेपालको राष्ट्रिय गौरवको आयोजनामा बातावरणीय प्रभावको नाममा भईरहेको नाटकहरु बन्द गरिनुपर्छ । नेपालका बिकाश निर्माणका कामहरु ढिलो गरी सम्पन्न हुनु नेपालका गरिखाने नेपालीहरुको कारण नभएर पढेलेखेका भन्ने बुज्रुकहरुको कारणले देशको बिकाश हुन नसकेको देखिन्छ ।
त्यसकारण यस्ता बुजु्रकहरुको पहिचान अभिलेख राख्दै नेपालले राष्ट्रिय गौरवका आयोजनाहरु निर्माण आउने समस्याहरुलाई समयमै सावधान गरेर र आम जनताको सरकार हो भन्ने महसुस गराउन सत्य तथ्य जो जसले बिकाश निर्माणका कामहरु रोक्दै छ । ति मानव अधिकारवादी मानिसहरु कुन पार्टीमा आस्था राख्ने कुन संस्थाका कुन पदीय हैशियतमा छन् । यि यि मानिसहरुले बिकाशका काममा अवरोध गरे भनेर जनतालाई जानकारी गराउदै काम अगाडी बढाको बढाई गर्नुपर्छ । र बिकाशको गतिलाई अगाडी बढाएर नेपालका लाखौ युवाहरु बिदेशी भुमिमा काम गरिरहेकाहरुलाई आफ्नै देशमा रोजगार सृर्जना गरी स्वाभिमानी नेपाली स्वभिमानी देश बनाउन पछि पर्नु हुदैन ।
आम नागरिकले कहिल्यै बिकाशको काम रोकेको देखिदैन । नेपालका पार्टी बिशेषका मानिसहरु जो कुृनै न कुनै पार्टीको आस्था राख्ने र बिभिन्न संघ, संस्थाहरुमा काम गर्ने तिनै सघ, संस्थाहरुको नाममा देशको बिकाश रोक्ने बाहाना बनेको छ । नेपालको बिकाश यस्ता अनेकौ बाहाना बनाएर नरोकौ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend