logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

धितोपत्र बोर्डको अध्यक्षमा राष्ट्र बैंकका ढुङ्गाना


  • जन आकाश
  • बुधबार, पुष २३ २०७६

 



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त भिष्मराज ढुङ्गाना नियुक्त हुनुभएको छ ।
सोमबार बसेको मन्त्रीपरिषद बैंठकले ढुङ्गानालाई ५ वर्षको लागी नियुक्ती गरेको थियो । बोर्डको अध्यक्षका लागी सिफारिस समितिले गतसाता नै ढुङ्गाना सहित डा केशव श्रेष्ठ, र बोर्डकै बरिष्ठ कार्यकारी निर्देशक निरज गिरीलाई सिफारिस गरेको थियो ।
मोरङमा जन्मिनु भएकाका ढुङ्गाना राष्ट्र बैंकमा हुँदा विदेशी विनिमय विभागमा मार्यरत हुनुहुन्थ्यो । उहाले त्रिभुवन विश्वविद्यालयबाट अर्थसास्त्रमा डिग्री गर्नुभएको थियो ।
गत अशोजमा ५ वर्ष कार्यकाल पुरा गरी डा रेवतबहादुर कार्की बाहिरिएपछि बोर्ड अध्यक्ष विहिन बनेको थियो । राष्ट्र बैंक र राष्ट्रिय बाणिज्य बैंकमा गरी साँढे ३ दशक बैंकिङ अनुभव भएका ढुङ्गानाका सामु खस्कदो पुँजी बजारलाई उकास्ने चुनौती छ ।
आगामी २ महिनापछि खाली हुने नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा समेत लागेका ढुङ्गाना अन्तत राष्ट्रपती विद्यादेवी भण्डारीको आग्रहमा बोर्ड अध्यक्ष बन्नुभएको हो । बोर्डकै विज्ञ संचालक रहेका ढुङ्गानाले आगामी साता कार्यभार समाल्नु हुने छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend