जन आकाश
काठमाडौं टाटा मोटर्सको नेपालका लागी एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन,कर्पोरेट क्षेत्रको पहिलो रोजाई बन्न पुगेको छ । टाटा नेक्सन ग्लोबल एन क्यापबाट फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गर्न सफल कम्प्याक्ट क्रस ओभर एसयूभी हो । यात्रुको पूर्ण सुरक्षाका लागि नेक्सनको बाहिरी बनावट तथा भित्र राखिएको प्रविधिमा विशेष ध्यान पु¥याइएको छ । २०९ एमएम ग्राउन्ड क्लियरेन्स रडुअल फ्रन्टल एअरब्यागहरू तथा जस्ता विशेषताहरूले चालक तथा यात्रुहरुलाई आरामदायी यात्रा र पूर्ण सुरक्षा प्रदान गर्दछ ।
हालैमात्र नेपाल एसबि आई बैङ्केलाइ टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने अन्य बैङ्क तथा बित्तिय संस्थाहरु र व्यवसायीक क्षेत्रहरुबाट अग्रिम बुकिङ्ग भैरहेको छ । एरोडाइनमिक सिलुएट भएको र स्पोर्र्टी डिजाइन रहेको टाटा नेक्सन छ वटा भेरियन्टहरूमा उपलब्ध रहेको नेपालस्थित बिक्रेता सिप्रदी ट्रेडिङले जानकारी दिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend