logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मोबाईलबाटै टिकट काट्न सकिने सेवा बिस्तार


  • जन आकाश
  • शुक्रबार, पुष २५ २०७६

काठमार्डौ
सुदुरपश्चिमका जिल्लामा उत्ृकष्ट सेवा दिँदै आएको महाकाली यातायातको टिकट अबदेखि अनलाइनबाटै काट्न सकिने भएको छ । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रा.लि.बाट सञ्चालिन महाकाली यातायातले यात्रुहरूलाई टिकट काट्न काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले अनलाइन टिकटिङ सुरू गरिएको कम्पनीका अध्यक्ष डम्बर राज पन्तले बताउनुभयो ।
कम्पनीले नेपालमा अनलाइन बस टिकटिङको सेवा दिँदै आएको बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकटिङ सुरू गरेको हो । योसँगै अबदेखि महाकाली यातायातबाट काठमाडौ महेन्द्रनगर, महेन्द्रनगरदेखि बुटवल, तथा महेन्द्रनगरदेखि पोखरा चल्ने एसी तथा डिलक्स् बसको टिकट अनलाइनबाट काट्न सकिनेछ ।
यात्रुहरूले बससेवा डटकम, इसेवा डटकम डट एनपी, बससेवाको मोबाईल एप्लीकेशन मार्फत अनलाइन टिकट काट्न सकिनेछ । साथै नजिकको इसेवा जोन, पोइन्ट लगायत साइबर, कम्युनिकेशन, आइएमई पे, मोबाईल बैंकिङ तथा ईन्टरनेट बैंकिङमार्फत समेत टिकट काट्न सकिनेछ । यस्तै विदेशबाट धधध।ज्ञद्दनय।बकष्ब बाट समेत टिकट काट्न सकिनेछ ।
महाकाली यातायातले आफ्ना करिब ६ सय सवारी साधन मार्फत नेपालका विभिन्न गन्तव्यहरूमा सेवा पुर्याउँदै आएको छ ।
बससेवा डटकम नेपालको एकमात्र अनलाइन बस टिकटिङ माध्यम हो । बससेवाले नेपालभरका एसी, डिलक्स्, हाइस लगायतका बस टिकट उपलब्ध गराउनुका साथै बस रिजर्भेसन समेत अनलाइनबाटै गर्दै आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend