जन आकाश
काठमाडौं पञ्चाकन्या ग्रुपले सिपीभिसी टान्सपेरेन्ट फिटिङ पाइपको बारेमा जानकारी दिन आज ¥याडिशन होटलमा एक कार्यक्रम गरी नयाँ उत्पादनको बारेमा प्रकाश पारेको हो । नेपालमा बिभिन्न खालका उत्पादनहरु उत्पादन गदै आएको पञ्चकन्याले जापानको रअ मेट्रीएल प्रयोग गरी बनाइने सिपीभिसी पाइप बिश्वकै दोस्रो कम्पनीको रुपमा स्थापित भएको पनि कार्यक्रममा बताइएको थियो ।
पाइपको बारेमा जानकारी दिदै कम्पनीका प्रतिनिधिहरुले पाइपको बिशेषताहरु बताएका थिए । पाइप तातो चिसो पानीको लागि अत्ति उत्तम रहेको जडान गर्न सजिलो हुनको साथै जडान गर्न महगो सामान नचाहिने सामान्य सिपीभिसी पाइप भन्दा बलियो बढी चाप बहन गर्न सक्ने क्षमता भएको, बातावरण अनुकुल तुलानात्मक रुपमा किफायती जापनीज कम्पनीको रअ मेट्रीयल प्रयोग गरेको हुदा ५० बर्षसम्म टिकाउ हुने गुणस्तरीय पाइप उत्पादन गर्न सफल भएकोमा गर्व गदै कम्पनीका प्रतिनिधिहरुले उत्साहका साथ उत्पादनका बारेमा जानकारी दिएका थिए ।
पछिल्लो समय सिपीभिसी पाइप तथा फिटिङगमा नेपाल गणस्तर चिन्ह र भारतीय ब्यूरो आइएसआइ प्रप्त गर्ने एक मात्र कम्पनी हुन सफल भएको कार्यक्रममा बताइएको थियो । पञ्चकन्याले गुणस्तर प्रतिको प्रतिबद्धता ब्याक्त गदै सदैब बिश्वाशिलो सधै एक कदम अगाडी आफ्नो मन्त्रलाइ ब्यबहारमा उतार्न सफल भएको र आउदा दिनमा अझै गुणस्तरमा कुनै सम्झौता नगरी अगाडी बढ्ने दृढ्ता ब्याक्त गरिएको थियो ।
जापानवाट आएका प्रतिनिधिको समेत उपस्थिति भएको कार्यक्रममा सञ्चारकर्मीहरुको उपस्थिति भने न्यून रहेको थियो ।
पञ्चकन्या नेपालको एक प्रतिष्ठित कम्पनी हो । यस कम्पनीले निर्माण सम्बन्धि तथा नेपालमा आवाश्यक टिएमटि फलामे छड, पाइप, पानी टंकी, निर्माण सम्बन्धि मिक्सर, सडकको लागि बिटुमिन लगायत थुप्रै खालका सामानहरु उत्पादन गदै आएको छ । यस कम्पनीका अध्यक्ष प्रदिप कुमार श्रेष्ठ रहनु भएको छ । उहा पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो । उमेरले बृद्ध भइसक्नु भएका भए पनि नेपालमा नेपाली कम्पनीले नेपालीहरुलाइ सुविधा दिन सकेको उहाको मुहारमा खुसी छाएको देखिन्थ्यो । नेपालमा नेपाली उधोगहरुका ठुला उधोगहरु औलामा गन्न सकिने छन् त्यस मध्य पञ्चकन्याँ ग्रुप पनि एक हो । जसले नेपालका थुप्रै नेपालीहरुलाई नेपाल मै रोजगारी दिनुको साथै बार्षिक ब्यापार घाटा कम गराउन र राजश्व बृद्धी गराउन भुमिका खेलेको छ । यसैगरी पञ्कन्या जस्तै नेपालमा थुप्रै कलकारखानाहरु खोलेर नेपालका युवाहरुलाई आफ्नै देशमा रोजगारी दिने हो भने नेपालको उन्नती छिट्टै हुन सक्थ्यो त्याता पर्टी सवैको ध्यान जान जरुरी छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend