logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

३ न. प्रदेशलाई लगाएको हुईप नेपाललाई सिकिमीकरण गर्ने अभ्याश


  • जन आकाश
  • सोमबार, पुष २८ २०७६

नेपाल ३ न.प्रदेशको राजधानी हिजो नेकपाको हुईपको सिकार हुदै हेटौडामा राख्ने निर्णय भएको छ । ३ न. प्रदेशका झण्डै ८० लाख जनताको भावना र चाहाना बिपरित डबल नेकपाले पार्टीका नेताहरुलाई हुईप जारी गरेर हेटौडालाईलाई राजधानी बनाई छाडेका छन् ।
३ न. प्रदेशका जनताहरुले हेटौडामा राजधानी राख्दा अपाएक पर्ने र सवैलाई पाएक पर्ने ठाउँमा राजधानी राख्न जन दबाब दिएका थिए । तर नेकपाको संचीवालय वैठक नै बोलाएर नेकपाका दुईखालका अध्यक्ष केपी पिकेले ३ न.प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई ३ प्रदेशको राजधानी हेटौडामा राख्ने बिषय कार्यन्वयन गराउन ३ न. प्रदेशको बैठक बोलाउन लगाई पार्टीले हुईप जारी गरेको थियो । प्रदेश सभासदहरु पर्टीको हुईपको कारण भिजेका मुसाहरु दुलोमा चाउरी परेर बसे जस्तै प्रदेशसभाको हलमा चाउरीएर बसेका थिए ।
यो घटनाले नेपाल देशलाई सिकिमी मोडलमा कुनै दिन दुई तिहाईको सरकारले सिकिमका लेण्डुप दोर्जेले सिकिमलाई भारतमा बुझाए जस्तै नेपाललाई अहिलेको दुई तिहाई सरकारले बुझाउन ३ न. प्रदेशको राजधानी तोक्ने बिषयमा हुईप जारी गरेर अभ्यास थालेको अनुमान लगाउन थालिएको छ ।
नेपाली कम्युनिष्ट आन्दोलनलाई निक्कै नजिकवाट हेरिरहेका र नेकपा ( माले) का स्थाई कमिटी सदस्य सुरेन्द्र ढकालको भनाईलाई आधार मान्ने हो भने सिकिम भारतमा बिलय हुनुभन्दा अगाडीको अवस्था र नेपालको अवस्था त्यस्र्तै रहेको अहिले ३ न. प्रदेशमा त्यसको अभ्याश थालेको हो भन्छन् ।
यसले बिस्तारै नेपालको संसदलाई समेत हुईप जारी गरेर नेपाल नै भारतमा बिलय गराउन अभ्यश गरेको हो त्यस कारण सर्बै देशभक्तहरु एक जुट भएर उठन ढिलो गर्नु हुदैन भन्दै हामीलार्इृ प्रतिक्रिया दिएका थिए ।
सिकिममा १९७१ मा त्याहा भारतको योजनामा लेण्डुप दोर्जे नामका ब्याक्तिलाई प्रजातन्त्रको नाममा आन्दोलन उठाउन लगाईएको थियो त्यतिवेला भारतले लेन्डुप दोर्जेलाई सघाएको थियो फेरी १९७२ मा त्यो लेण्डुप समुहको आन्दोलनलाई दबाउन भारतका सिभिलमा पठाएका सेनाहरुले लेण्डुपको आन्दोलन दबाउन त्यतिबेलाको राजा चोग्यालको सर्मथन गरी दुवै भुमिकामा भारतीय रणनीति लागु गरेर भारतले दोहोरो भुमिका खेलेको थियो । त्यसपछि १९७४ मा भारतीय योजनामा नै लेण्डुप दोर्जेको नेतृत्वमा प्रजातान्त्रिक आन्दोलन गराई राजालाई जनमत सग्रहमा बाध्यकारी सहमत गराएर सिकिम सधाका लागि भारतमा बिलय गाराईएको थियो नेपालमा पनि त्यस्तै अभ्याश ३ न. प्रदेशको राजधानी तोक्ने बिषयवाट भएको देखिन्छ ।
नेपाल भारत माहाकाली सम्झौता हुदा नै निक्कै विवाद रहेको बेला बर्तमानका प्रधानमन्त्रीले त्यतिबेला नेपाललाई बाषिृक १ खर्ब २० अर्ब नाफा हुने कुरा गरेका थिए । तर आजसम्म नेपाल भारतवाट बिजुली आयत गरेर बाल्छ । त्यतिवेला केपी शर्मा ओलीलाई जनताले भारतीय लवीको मान्छे भनेर आरोप लगाईएको र अहिलको हुइप प्रकरण साथै पुर्व माओवादी अध्यइक्ष प्रचण्डलाई नेपाल सिध्याउन नेपाललाई अस्थिरता मच्चाएर भारतले प्रयोग गरेको भन्ने आरोप यतिवेला ३ न. प्रदेशमा आएर जोडिएको छ । यो निक्कै डरलाग्दो अवस्थामा पुगेको छ ।
यतिवेला ३ प्रदेश आन्दोलित हुदैछ । जनताहरु बिभिन्न ठाउँवाट आन्दोलनको लागि सातु पिठो बोकेर मोर्चाबन्दी गदै गरेको बिभिन्न ठाउँहरुमा देखिन्छ ।
माथि उल्लेखित घटनाहरु जस्तै गरी देश अगाडी बढेको हो भन्ने लागेर जनताले छिटो भन्दा छिटो यी जनताले चुनेर पठाएकाहरुले देश र बिरुद्ध काम गदै जाने देखे जनताहरु बिकल्पा खोज्न सडकमा आउने निश्चित भएको छ ।
हिजोको दिनमा बन्दुकको गोलि प्रयोग गरेर जनताको नाममा जनता नै मारेर सरकारमा पुगेका नेताहरुलाई अव उठ्ने देशभक्त आन्दोलनले बिना हत्तियार जनताको उभारले नै सत्तावाट घिसारेर फाल्ने छन् र नेपालको इतिहास र स्वतन्त्र राष्ट्र नेपाल अक्षुण्ण राख्न भुमिका खेल्ने छन् । यो देशभक्त राष्ट्रवादीहरुको भनाइ हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend