logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नाडाका अध्यक्षको टोली र आन्तरिक राजश्व विभागका महानिर्देशक बीच भेटघाट


  • जन आकाश
  • बुधबार, माघ १ २०७६

काठमाडौं नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ८ सदसिय नाडा प्रतिनिधि मण्डलले आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुंवरसंग भेटी फेयर ट्रेड लगायत नेपालको कर प्रशासन र कर प्रणाली बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
भेटघाटमा विभागका महानिर्देशक कुँवरले आफना कार्यकक्षमा नाडा प्रतिनिधि मण्डललाई स्वागत गर्दे नयाँ केन्द्रीय कार्य समितिको सफलताको कामना गर्नु भएको थियो । छलफलको क्रममा नाडाका अध्यक्ष दुलालले नाडा सदैव स्वच्छ व्यवसायको हिमायति रहदै आएकोले त्यसको प्रवद्र्धनका लागि सदैव तत्पर रहने बताउनु भएको थियो ।
भेटघाटको क्रममा दुलालले कर कार्यालयहरुबाट व्यवसायीहरुले कर चुक्ता लिन सहज नभएको, विभागबाट बजार अनुगमनका क्रममा हुने चेकजाँच र अनुगमनकोे प्रक्रियागत ढाँचाको कारण व्यवसायीहरुलाई मर्का परिरहेको गुनासो पनि गर्नु भएको थियो । उहाले कालो बजारको नियन्त्रणका सन्दर्भमा खुल्ला बजार अर्थतन्त्रलाई अवलम्बन गर्दे आएको नेपालले बजारको माँग र आपूर्तिका आधारमा बस्तु र सेवाको मूल्य कायम हुने सिद्धान्तलाई सरकारले स्वतः अङ्गिकार गर्नु पर्ने जिकिर गर्नु भएको थियो । उहाँले सरकारको समृद्धिको नारालाई सवै क्षेत्रले भरथेग गर्नु पर्ने विचार व्यक्त गर्नु भयो ।
सो छलफलको क्रममा विभागका महानिर्देशक कुवरले व्यावसायीक क्षेत्रबाटै स्वच्छ व्यवसायको प्रवद्र्धनका लागि सुझाव आउनु स्वागत योग्य रहेको बताउनु हुदै आपसी सूचना आदान प्रदान र सहकार्यका आधारमा स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखिएका समस्याहरुको निराकरण गर्दे जानु पर्ने धारणा राख्नु भएको थियो । सोहि क्रममा उहाँले स्वच्छ कर प्रशासन निर्माणमा व्यवसायीहरुको अंहम भूमिका हुने भन्दै व्यवसायको सहजीकरणका लागि विभाग सदैव तयार रहेको बताउनु भएको थियो । बैधानिक तवरबाट व्यापार व्यवसाय गर्नेलाई सरकारले सहयोग गर्ने बताउनु हुंदै अव नयाँ आर्थिक ऐन आएपछि नाडासंग पुनः औपचारिक रुपमा छलफल गर्ने कुंवरले बताउनु भयो ।
उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, मिलनबाबु मल्ल, र पंकज अग्रवालसमेतको उपस्थिति रहेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend