logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

अर्थमन्त्री सकरात्मक भएको नाडा प्रतिधिको भनााई


  • जन आकाश
  • बिहिबार, माघ २ २०७६

काठमार्डौं नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ९ सदसिय नाडा प्रतिनिधि मण्डलल अर्थ मन्त्री डा. युवराज खतिवडासंग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले अटोमोवाइल व्यवसाय सुस्ताउदै गएको, अटोलोनमा धेरै समस्याहरु देखा परेको, नाडाले VCTS का सम्बन्धमा देखा परेको समस्याहरुको निराकरणका लागि छिट्टै तत्सम्बन्धी प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गर्न लागेको बताउनु भयो । सोही क्रममा अध्यक्ष दुलालले काठमाण्डौ उपत्यकाको सडक तथा पुल निर्माणमा भईरहेको ढीलाई बारे जिज्ञाशा राख्दै कर कार्यालयका अधिकारीहरुले व्यवसायीहरुलाई गर्ने व्यवहार सम्मानजनक हुन नसकेको गुनासो समेत गर्नु भयो ।
त्यसैगरी सो भेटघाटमा उपाध्यक्ष करण चौधरीले अटोमोवाइल व्यवसाय सुस्ताएको कारण डिलरहरुको लगानी डुब्ने अवस्था उत्पन्न भएको दुखेसो राख्नुभएको थियो । सो छलफलमा महासचिव सुनिल रिजालले स्वच्छ व्यवसायको प्रवद्र्धनमा देखा परेका समस्या तथा चुनौतिहरुबारे आफना धारणा राख्नु भएको थियो । सोहि क्रममा उपस्थित नाडाका पदाधिकारी तथा सदस्यहरुले हेवि इक्युपमेण्टस तथा कमर्सियल सवारी साधनहरुको व्यवसायमा देखा परेका समस्याहरुको बारेमा पनि चर्चा गरेका थिए ।



 


छलफलको क्रममा मन्त्री डा. खतिवडाले भारतबाट आउने भाडाका गाडिहरुको विषयमा चर्चा गर्दे अटोमोवाइल स्पेयर पार्टसको अवैध व्यापारलाई रोक्न आधिकारिक विक्रेताले मात्र स्पेयर पार्टस पैठारी गर्न पाउने सुझाव सकारात्मक रहेको बताउनु भयो । उहाले उच्च प्रविधिका विद्युतीय सवारी साधनहरुलाई सरकारले उच्च प्राथमिकता दिने बताउनु हुदै बैङ्कहरुले लिने व्याज खाशगरी अटो लोनलाई पनि प्रणालीगत रुपमा स्थापित गर्ने बताउनु भएको थियो । सवारी साधनको व्यवसाय विशिष्ट किसिमको भएको भन्दै नेपाल विश्व व्यापार संङ्गठनको सदस्य भएको हैसियतले सवारी साधनहरुमा लाग्ने करको दरमा पुर्न विचार गरिन लागेको जानकारी समेत दिनु भएको थियो । मन्त्री खतिवडाले सुस्ताएको अटोमोवाइल व्यवसायलाई उठाउन व्यवसायीहरुले महशुस गर्ने गरी कार्यक्रम ल्याइने आश्वासन समेत दिनु भएको थियो ।
अर्थ मन्त्रालयलका राजश्व सचिव शिशिर ढुङ्गानाको समेत उपस्थिति रहेको सो छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, पंकज अग्रवाल, निलमणी पाठक, कपिल शिवाकोटी र प्रकाश कपुरी समेतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend