जन आकाश
काठमाडौं हिजो अन्नपुर्ण होटलमा एक कार्यक्रम गरी हिमालय अग्रनाईजेशनले अष्टे«लियन प्रबिधिमा र्निमित बिधुतिय बस नेपालमा पनि सञ्चालनमा ल्याउन लागेको पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गदै हिमालय अग्रनाईजेशनका सञ्चालकद्धय धु्रर्व थापा र काजीमान आत्रेयले हिमालय अग्रनाईजेशनले बिभिन्न क्षेत्र जस्तै रियल स्टेट, बैक, अटो लगायत क्षेत्रमा लगानी गदै आएको र यो भन्दा १० बर्ष अगाडीदेखि नै बिधुतिय सवारी साधनमा लगानी गरेको त्यतिवेला नेपालको बिकाश र भौतिक पुर्वधारको पुर्ण बिकाश भईनसकेको अवस्थामा पनि आफुहरुले बातारवरणीय सवारी साधनको परिकल्पना गरेर काम थालेका थियौ आज त्यहि अवधारणा नेपालको सरकारले समेत अङिकार गरेको हुदा नेपालीहरुले बातावरणीय सवारीसाधनमा यात्रा गर्ने रहर पुरा हुन लागेको कार्यक्रममा जानकारी दिएको थियो ।
र्बिग्सनका इन्जिनियर तथा एस. आर. इन्डियाका ऐजेन्ट फिरोज खानले र्बिग्सन बसको बारेमा जानकारी दिएका थिए यो बसको बिशेषता एकघण्टा ब्याट्री चार्ज गरेपछि अाठ हजार किलोमिटर सजिलै कुदने र यसको आयु ४० बर्षको हुने जानकारी गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा आएका भौतिक पुर्वधार तथा यातायात ब्यवस्था विभागका महार्निर्देशक गोगन बहादुर हमाल प्रमुख अतिथि रहनु भएको थियो । उहाले नेपाल सरकारले बातावरण मैन्त्रि सवारी साधनमा सरकारले अन्य सवारी साधनमा दुइसय, तिनसय प्रतिशत कर लगाउने गरेको भएपनि बिधुतिय सवारी साधनलाई १० प्रतिशतमा ल्यान दिने छुट दिदै आएको र त्यो धेरै संख्यामा भए अज्झै त्यो भन्सार छुट बढी पाउने जानकारी कार्यक्रममा दिनुभएको थियो ।
नेपाल सरकारका सह सचिव तथा जलवायु परिवर्तन बिभागका डा. महेश प्र. ढकाल, नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, लगायतको उपस्थिति रहेको थियो ।
उक्त अष्टे«लियन प्रबिधिवाट निर्माण गरिने बस नेपालमा नै उधोग स्थापना गरेर उत्पादन गर्ने हिमालय अग्रनाईजेशनले जानकारी गराएको थियो ।
नेपालवाट बर्सेनि लाखौ युुवाहरु बिदेश गईरहेको अवस्थामा हिमालय अग्रनाईजेशनले साच्चै यो काम गर्न लागिपरेको हो भने नेपाल देशको लागि बातावरणीय र रोजगारको हिसाबले पनि अत्यन्तै राम्रो काम हो । यसलाई नेपालको बिकाश चाहाने सबै नेपालीहरुले साथ दिन्छन् । तर कतिपय नेपालका ब्यापारीहरुले योजना एउटा ल्याएर अर्को तिर कमाउने चलन पनि रहेको छ । त्यस्तो हिमालय अग्रनाईजेशनको नहोस् यति भएमा नेपाल र नेपालीहरुको उन्नति हुदै लैजान सहयोग पुग्नेछ । आउदा दिनमा नेपालमा केही बन्दैन भनेर निराश हुने प्रबृतिलाई समेत एउटा उदारण बन्न सक्ने छ र भोलिका दिनमा नेपालले पनि कार, मोटरसाईकल, बस, ट्रक आफै निर्माण गरेर नेपालको हावापानी सुहाउदो बनाएर नेपालका हिमाल, पाहाड, तराइ क्षेत्रमा कुदाउन सकिन्छ साथै नेपालले उत्पादन गरेका सामानहरु बिदेशमा समेत नि¥यात गर्ने क्षमता राख्न सक्दछ । जेहोस हिमालय अग्रनाईजेशनको यो सकरात्मक कामप्रति सवैले धन्यवाद दिनुपर्दछ । जनआकाश मिडियाको तर्फवाट पनि शुभकामना ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend