जन आकाश
काठमाडौं आज बौद्धस्थित द निउ बर्गर क्याफेमा मुग्लान भिडियो सार्वजनिक भएको छ। निमा दोङ, जितु लोप्चन, को गायन तथा कुमार स्याङ्तानको शब्द रहेको भिडियो निकै उत्साहका साथ सार्वजनिक गरेको हो। विभिन्न ब्यातित्वहरुको उपस्थितमा कार्यक्रम सप्पन्न भएको हो । विशेष गरेर कार्यक्रममा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । तामाङ समुदायका म्युजिक भिडियो, चलचित्र, गीत लगायतका कार्यक्रमको पत्रकारसम्मेलनमा यतिधेरै पत्रकार उपस्थित भएको यो नै पहिलो मान्न सकिन्छ । कार्यक्रम तामाङ समुदायको भए पनि गैर पत्रकारहरुको समेत उल्लेखिय उपस्थिति गराउन आयोजक सफल भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्रिय तामाङ धेदुङ संघका महासचिव प्रबिन बल, बिशेष अतिथिहरुमा उपाध्यक्ष सखर बल, नेपालजित तामाङ,नेपाल गुम्बा संघका महासचिव टेक बहादुर तामाङ, र अतिथिहरुमा चन्द्रकला मोक्तान लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो।आजको कार्यक्रममा धेरैजती तामाङ अगुवाहरुले ३ न.प्रदेशको राजधानी हेटौडा राखेको र पहिचानको मुद्दा ओझेलमा परेको भनेर आक्रोश पोखेका थिए आज त्यस कार्यक्रमको प्रमुख अतिथि समेत रहेका प्रविण बलले नेपालमा अमेरिकी एम सिसिले भविष्यमा नेपाललाई नै खतरामा पार्ने गरी ल्याउन लागेको रकम निक्कै घातक रहेको भनेर नेपाल सरकारको आलोचना गरेका थिए भने ३ न. प्रदेशको राजधानी हेटौडामा राखेर वर्तमान सरकारले जनतालाई आन्दोलनमा जान बाध्य बनाएको धाराणा राखेका थिए ।
अन्य बक्ताहरुले मुग्लान म्युजिक भिडियोको सफलताको शुभकामना दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend