जन आकाश
नेपालमा यतिवेला नेकपाको सरकार छ । उसले जनताको दोष देख्छ, अन्य पार्टीहरुको दोष देख्छ । फरक मत राख्ने जो कसैको दोष देख्छ । चाकरी, चप्लुसी गर्ने जतिको सधै राम्रो देख्ने नेकपाले अरुको आङमा जुम्रा देख्यो आफ्नो आङमा भैसी हिडेको कहिल्यै देखेन ।
सरकारले एक पछि अर्को विवादित कार्यहरु गदै जाने र सवैतिरवाट बिरोध भएपछि यो त नेपाली कांग्रेसको पालामा गरेको निर्णय हो भन्दै त्यसैलाई वाहाना बनाउने लाग्छ कि नेकपाले गरेका कामहरु सवै ठिक अरुले गरेको केही पनि ठिक होईनान् ।
जनबिरोधी काम जहिल्यै गरिराख्यो जनपक्षीय काम केहि पनि गरेन त्यसको दोष जति अरुलार्ई लगाई राख्यो । सरकारले गरेको गलत कामको प्रचार नहोस भनेर सञ्चार तथा प्रविधि बिधेयक ल्यायो, त्यसको बिरोध गर्नेहरु गैर पत्रकार भनेर भन्छ । नेपाल ट्रष्टको जगा भाडा प्रकणको संक्षणमा सरकार स्वयम लागेको छ । त्यसको बिरोध गर्नेहरु सवै सरकारका नजरमा सरकारको बिरुद्धमा खेलेको खेल भन्छ । बालुवाटार जग्गा प्रकरण, निर्मला बलत्कार हत्या कान्ड, सुन तस्करी काण्ड, लगायत थुप्रै खालका राष्ट्रियस्तरका काण्डै काण्डका बिषयमा कुनै जबाफदेही हुनु नपर्ने ३ प्रदेशको राजधानी राख्न जनताको राय नचाहिने भोट माग्ने बेलामा तपाईहरुको जनमतको कदर गर्छु भन्दै झुटो आश्वसन बाढ्ने भाषण गर्ने नेताहरु यही नेकपाका धेरै थिए सायद यिनिहरुको बानी थाहा नपाएर हो वा कार्यकर्ताले जानी जानी यस्ता धोकेबाजहरुलाई सघाएर हो सधै समर्थन गरिराखे त्यस्तै दिन फेरी आएछ भने अनौठो मान्नु पर्ने छैन ।
किनकी नेपालमा ७० वर्षसम्म यस्तै प्रकारका घटना चुनावमा घट्ने गरेको छ ।
साथसाथै घुमिफिरी तिनै व्याक्तिहरु सत्तामा आईरहने र पुरानै प्रबृति दोहोे¥याईरहने गरेको छ । केही समय बिरोध गरे पनि तिनै कार्यकर्ता फेरी तिनै पार्टीमा तिनै नेताका झोला बोकेर अगाडी पछाडी हिडेको देखिन्छ ।
त्यसकारण नेपालीहरुको सुदिन नत प्रजातन्त्रको लागि लडेको आन्दोलनले दियो नत गणतन्त्रको लागि बगाएको रगतले दियो । यस्तै उल्झनमा देश अल्झिरहदा नेपालको बिकाशमा अवरोध आई निक्कै अगाडी बढ््नुपर्ने देश नेपाल कछुवा गतिमा घिस्रन बाध्य छ । याहा सवै खालका धोकेबाजहरु पार्टीको नाममा नेपाललाई एक पछि अर्को गदै एकले अर्कोलाई दोष लगाउदै नेपालका युवाहरुलाइ बिदेशमा पठाएर रेमिट्यान्सको धाक लगाउने प्रबृतिले कहिले सम्म धान्ने हो अहिले बिश्वमा बढ्दै गएको तनावले नेपालका काम गर्न गएका नेपालीहरु पनि प्रत्यक्ष प्रभावित भइरहेका छन् ।
विगतमा अमेरिकाको जोडी भवनमा अल कायदाले आक्रमण गरेपछि त्यसको प्रतिउत्तरमा अमेरिकाले इराकमा आक्रमण गरी ध्वस्त बनाएको देशमा पुगेका नेपालीहरुलाई घाटी रेटेर मारेको घटनाले आज पनि नेपालीहरु सुरक्षित छन् भनेर भन्न सकिदैन । यस्ता अमानविय घटना ब्यहोरी सकेको देश नेपालले नेपालीहरुलाइ नेपाल मै काम लगाउने वातावरण सृर्जना गर्नु प¥थ्यो त्यो कहिल्यै गर्न सकेन । आज पनि नेपालीहरु कोही बिद्यार्थीको नाममा कोही कामदारको रुपमा लाइन लागेर अर्काको देश बनाउन गएको गएै छन् । यतिका बर्षसम्म कान्त्रिका नाम जप्नेहरुलाई लाज लाग्नुपर्ने हो । प्रजातन्त्र आएको ७० बर्षमा एउटा पनि उधोग नयाँ नखोल्नु भएका उधोगहरु बन्द गराइनु र परनिर्भरवादी सोच राखेर चुनावको बेला तिनै माफियाहरुले दिएको पैशाले चुनाव जित्ने र पछि तिनकै सेवा गर्नुपर्दा वास्तविक नेपालीहरुको उन्नतिमा सधै कुठाराधात हुने गरेको देखिदै आएको छ । यो पछिल्लो नेकपा नाम दिएका सरकार पनि त्यसैको सिकार हुन पुगेको छ र उसले जनताको उन्नतिको लागि काम गर्न सकेको छैन । जनताको दवाव एकातिर छ । अर्कोतर्फ माफियातन्त्रलाई पनि रिजाउनुपर्ने बाध्यताले आफ्नो आङको भैसी नदेखेको जस्तो गदै अरुलाई दोष लगाएर पाएको अवसर सदुपयोग नगरी दुरुपयोग गरेको छ । यो नेपाल र नेपाली जनताको हितमा छैन । आफ्नो अवस्था के हो । देशलाई के गर्दा फाईदा हुन्छ त्यही गरेर काम गर्नु बाहेक बिकल्प सोच्नु हुदैन थियो त्यस्तो अवस्था अहिले देखिदैन । समय छदै सवैले सोचेर देश नेपाल र नेपालीहरुको ख्याल गर्नुपर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend