जन आकाश
मोहन पोखेरेल
पौष २७ लाई नेपाल राष्ट्र एकिकरण भएको दिनको रुपमा सम्झना गरिन्छ । शाह वंशिय पूर्वज श्री ५ महाराजधिराज पृथ्वि नारायण शाहको अथक प्र¥याशवाट छरिएर रहेका बाइसे चौबिसे राज्यलाई एकीकृत गरी एउटै बिशाल राष्ट्र नेपाल निर्माण गर्न सघाउ पुगेको हो । पृथ्वि नारायण शाहको देवशहन पछि एकीकरण संवन्धि बाकी कार्य उहाका छोरा प्रताप सिंह शाहवाट सम्भव भएको कुरा ईतिहासमा पढ्न पाईन्छ ।
पृथ्वि नारायण शाहका बारे धेरै कुरा लेखेर साध्य छैन । राजा पृृथ्वि नारायण शाहले कुनै पनि राज्य रजौटा माथि आक्रमण गर्नु पहिले शक्तिपीठहरुको दर्शन गर्नु हुन्थ्यो । पुजा आज गर्नु हुन्थ्यो । आर्शिवाद लिनुहुन्थ्यो । राजा पृथ्विले यज्ञ उज्ञदी गर्न औधि मन गर्नु हुन्थ्यो धार्मिक महायज्ञमा औधि रुचि राख्नुको साथै धार्मिक गुरुहरुवाट आर्शिवाद लिनुहुन्थ्यो काठमाडौ खाल्डो आक्रमण गर्न जानु पुर्व उहाले धेरै यज्ञ उज्ञादी चलाउनु हुन्थ्यो धर्ममा अत्ति बिश्वास राख्ने स्वभाव भएका शाहवंशीय पूर्वज पृथ्वि नारायण शाह अलौकिक व्यात्तित्व पनि हुनुहुन्थ्यो ।
पृथ्वि नारायण शाहका पिता नरभुपाल शाह नितान्त धार्मिक स्वभावका थिए । एक पटक नरभुपाल शाहकी रानीले पृथ्वि नारायण शाह गर्भमा हुदा एउटा अनौठो लाग्दो अलौकिक किसिमको सपना देखिछन् । सपना कस्तो रहेछ भने उदाउदो सुर्यलार्ई निलेको सपना । १२,००, १,०० बजेको समयमा त्यस्तो सपना देखेपछि रानी झल्यास बिउझिछन् र हत्तार हत्तार राजालाई सपनाको सवै यर्थाथ बताईन । राजा खुसी हुदै रानीलाई वेसरी पिटेछन् । राजाको कुटाईवाट थलिएकी रानी
रातभरी राइरहिन । ब्यर्थमा राजावाट कुटाइ खानुपरेकोमा रानी दुखित थिइन र साह्र चिन्तित पनि । रुदारुदै उज्यालो भयो ।
राजा खुसी हुदै रानीको खोपीमा पुगेर भने ….महारानी तिमिले साह्रै राम्रो सुर्य निलेको सपना देखेकी रहेछौ फेरी निदाउली र सपनाको फल मिल्दैन भनेर चिन्तित हुदै मैले तिमिलाई जागा राख्न पिटेको हु । अव सपनाको राम्रो फल मिल्नेवाला छ । हामीले पराक्रमि र साहासी पुत्र जन्माउने छौ । राजाले यति बितान्त भनेपछि रानी खुसी भइन र राजालाई अंकमाल गरेको इतिहासमा पढ्न पाईन्छ । सपनाको फल ३ महिना पछि मिल्यो एउटा पराक्रमी बालको जन्म भयो,जसको नाम पृथ्वि नारायण शाह नामाकरण गरियो । उनै साहासी राजा पृथ्वि को पराक्रमवाट नेपाल एकीकरण संभव भयो ।
एउटा अर्को पनि प्रशंग छ, एक पटक गुरु गोरखनाथ पृथ्वि नारायण शाहको पक्षिा गर्न गएछन् । गुरु गोरखनाथले आफ्नो मुखमा दही हालेर मुखवाट ओकल्दै पृथ्वि नारयण शाहलाई “ला खा”। भनेर दिन खोज्दा राजाले घिन माने जस्तो गरी खान त खोजेछन् तर हातको अञ्जुलीमा रहेको गोरखनाथले ओकलेको दही खसेर पृथ्वि नारायणको दाहिने पैतलामा प¥यो । गुरु गोरखनाथले थोरै चिन्तित र केही खुसीको भावमा भनेछन् —“पृथ्वि तैले यो मैले ओकलेको दही खाएको भए संसार तेरो हुन्थ्यो तर दही तेरो पैतलामा परेको छ ,नेपाल सरहद भित्र तेरो पैतलाले जहाँ जहाँ टेक्छ त्याही तेरो राज्य हुनेछ भन्दै गोरखनाथले पृथ्वि नारायण शाहलाइ आर्शिवाद दिएको कुरा ईतिहासमा पढन पाइन्छ ।
माथि नै गरिसकिएको छ कि पृथ्वि नारायण शाहको इतिहास लेखेर साध्य छैन । यति मात्र ठोकेर भन्न सकिन्छ कि पृथ्वि नारायण शाहमा एउटा दैविक शक्ति लुकेको थियो । गुरु गोरखनाथ वाट आर्शिवाद प्रप्त भएका कारण नेपालको एकीकरण संभव भयो र उहाँ राष्ट्र निर्माता गणना हुनुभयो ईतिहासमा अंकित हुनुभयो ।
” मेरा साना दुखःले आज्र्याको मुलुक होईन, सवैलाई चेतना भया” भन्ने राजा पृथ्विको दिव्य दर्शनलाई हामी सवै नेपालीले अनुशरण गर्न सक्नु पदर्छ । राष्ट्रियता माथि संकट गहिरिदै गएको वेला राष्ट्रियता जोगाउन यस्ता दिव्य उपदेशको आत्मै देखि चेतना जगाई राष्ट्रको अस्तित्वको रक्षा गर्ने अभिभारा हामी नेपालीको काधमा आएको छ । यस्ता महापुरुषको हामी सवैले सम्मान गर्न सिक्नुपदर्छ । नेपालको माटो एक पटक फेरी हातमा लिएर पृथ्वि नारायण शाहको स्मरण गरौ र उहाको देशप्रतिको सच्चा भक्तिभावले प्रशंसा गरौं र उहाले देखाएको पथलाई नछोडौं यसैमा सवैको कल्याण छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend