जन आकाश
काठमाडौं यहि ८ गते होटल हायतमा पत्रकार सम्मेलन गरि रेनो ट्राईबर सार्वजानिक गरिएको छ । कार्यक्रमको शुरुवात एडभान्स अटोमोबाल्सका मार्केटिङ मेनेजर आदीप श्रेष्ठद्धारा शुरु गरिएको कार्यक्रममा एडभान्स अटोमोबाईल्सका र्निदेशक निकुञ्ज अग्रवाल र इन्डिया वाट आएका कम्पनीका प्रतिनिधि शरण भाटियाले संयुक्त रुपमा रेनो ट्राईबर उदघाटन गरेका थिए ।
दुबै जनाले कार्यक्रमलाई सम्वोधन गदै रेनो, नेपालको नम्बर एक यूरोपियन ब्राण्डले रु २८ लाख २० हजारको आकर्षक मूल्यमा नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर नेपालमा सार्वजनिक गरेको छ ।
। रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी हो भनि नेपालको आधिकारिक बिक्रेता एडभान्स अटोमोबाईल्सले जानकारी गराएको थियो । उसले भनेको छ । आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु छन ।
यसको आकर्षक मुल्य निर्धारणका साथ गाडी खरिद गर्ने निर्णय गर्दा उच्च मुल्याङकन खोज्ने ग्राहकहरुका लागि रेनो ट्राइबर गाडी निकै उपयुक्त छ । रेनो ट्राइबरले भारतमा एक सफल अवधारणको रुपमा आफूलाई स्थापना गरिसकेको छ र ग्राहकहरुबीच पनि ठुलो स्वीकार्यता देखिएको भारतवाट आएका कम्पनीका शरण भाटियाले पत्रकारहरुलाई जानकारी गराएका थिए ।
रेनो ट्राइबर आकर्षक रुपले डिजाइन गरिएको छ, कडा, कम्प्याक्ट, फराकिलो, भर्सटाइल तथा मोड्युलर गाडी हो । रेनो ट्राइबर नेपाली ग्राहकहरुको अपेक्षाहरुको पूर्ण विशलेषण हो जसले अपराजय लचिलोपन प्रदान गर्दछ ।
रेनो ट्राइबर वास्तविक गेम चेन्जर हो, यसको आधुनिक, फराकिलो तर कम्प्याक्ट, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने आकर्षक इन्टेरियर र विभिन्न आधुनिक तथा व्यवहारिक विशेषता भएको गाडी हो । रेनो ट्राइबरमा यो श्रेणीको ५ सिटर कन्फ्रिगेशनमा सबैभन्दा ठुलो बुट क्षमता छ ।
एडभान्स अटोमोबाइल प्रालिका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवालले भने, “नेपालमा रेनो ब्राण्डलाई विस्तार गर्दै हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ । रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ । रेनो ट्राइबरले कन्टेम्पोररी डिजाइन, आधुनिक विशेषता, धेरै स्पेश, रुमीनेश र भर्सटाइलिटी प्रदान गर्दछ । नेपालमा रेनो ट्राइबर भित्र्याउन पाउँदा हामी निकै खुशी छौं उनले भने ।”
टाइबरको बिशेषता यस्ता छन् ।
रेनो ट्राइबर आकर्षक डिजाइन भएको रुमी र मोड्युलर सुविधासम्पन्न सवारी साधन रहेको ।
रेनो ट्राइबर ४ ट्रिममा उपलब्ध छ – आरएक्सइ, आरएक्सएल, आरएक्सजेड जसमा २० भन्दा बढि विशेषताहरु
रहेका छन्
रेनो ट्राइबरको संस्करण र मुल्यमा ग्राहकहरुलाई हरेक संस्करण स्तरमा उत्तम मूल्य लाभ सुनिश्चित गर्दछ
३० भन्दा बढि उत्कृष्ट विशेषताहर जस्तै इजीफिक्स सिट, एसयुभी स्कीड प्लेट्स, एलइडी इन्स्टुमेनट क्लस्टर, दोस्रो तेस्रो रो मा टुइन एसी भेन्ट, १८२ एमएम को उच्च ग्राउण्ड क्लियरेन्स र ८ इन्चको टच स्क्रीन मिडिया नेभिगेसन इभोलुसन प्रणालीहरु रहेको छ
नयाँ इन्धन इन्जिन रेनो ट्राइबरमा १ लिटरको पेट्रोल इन्जिन राखिएको छ जसले प्रदर्शन र इन्धनमा एकरुपता कायम गरेर कुल मेन्टेनेन्श खर्च कम गर्दछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend