logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महिन्द्रा एक्सयूभी ३०० ले पायो ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ


  • जन आकाश
  • शुक्रबार, माघ १० २०७६

 



काठमाडौं । २०.७ अर्ब अमेरिकी डलरको महिन्द्रा ग्रुपको एक हिस्सा महिन्द्रा एन्ड महिन्द्राले आफ्नो कम्प्याक्ट एसयूभी – एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ पाएको घोषणा गरेको छ ।
यो विश्वव्यापी सम्मानसहित एक्सयूभी ३०० ग्लोबल एनसीएपीद्वारा परीक्षण गरिएका सबै फाइभ स्टार रेटिङ प्राप्त भारतीय सवारी साधनहरूमध्ये सर्वाधिक अंक प्राप्त गर्ने पहिलो सवारी साधन बनेको जनाइएको छ ।
एक्सयूभी ३०० बालबालिकाहरूको सुरक्षामा पनि फोर स्टार रेटिङ पाउने पहिलो भारतीय सवारी साधन उल्लेखनीय बनेको उल्लेख छ ।
फाइभ स्टार रेडिङका लागि छेउबाट पर्ने धक्काको असर कम हुने प्रदर्शन पूर्वशर्तमध्ये एक हो र छेउबाट पर्ने धक्का ९क्ष्मभ क्ष्mउबअत० को असर कम हुने प्रदर्शनमा सबै फाइभ स्टार रेटिङ पाएका कारहरूमध्ये एक्सयूभी ३०० को प्रदर्शन सबैभन्दा उत्तम मानिएको छ ।
यो उपलब्धीका बारेमा प्रतिक्रिया व्यक्त गर्दै महिन्द्रा एन्ड महिन्द्राको अटोमोटिभतर्फका प्रेसिडेन्ड राजन वाढेराले भने ‘यो महिन्द्राका लागि गर्वका क्षण हो, फाइभ स्टार रेटिङले सुरक्षाप्रति हाम्रो निरन्तर प्रतिबद्धतालाई दोहो¥याउँछ ।’
उनले थपेका छन् । आजका जागरुक ग्राहकहरूले आफ्नो किनमेलको निर्णय लिने समयमा सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्ने गर्छन् र हामीले एक्सयूभी ३०० लाई भारतमा सबैभन्दा सुरक्षित सवारी साधनमध्ये एक बनाउन सक्षम भएका छौ ।
मलाई विश्वास छ, यो मान्यताले हामीलाई साथसाथै भारतीय अटोमोटिभ उद्योगलाई पनि भारतीय सडकमा गुड्ने सबै किसिमका सवारी साधनहरूमा समान किसिमका सुरक्षाका मापदण्डमा अगाडि बढ्नका लागि प्रेरित गर्नेछ ।’
महिन्द्रा एक्सयूभी ३०० मा ७ वटा एयरब्याग, सबै चार वटै पाङ्ग्रामा डिस्क बे्रक, फ्रन्ट पार्किङ सेन्सर र हिटेड ओआरभीएमहरु सहितका ‘फस्र्ट–इन–सेगमेन्ट’का थुप्रै विशेषताहरुले यसलाई अतुलनीय बनाएको छ ।
आज एक्सयूभी ३०० ले उपभोक्ता कार सुरक्षा परीक्षण निकायहरूको छाता निकाय ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङको सम्मान प्राप्त गरेर भारतमा सवारी साधन सुरक्षाको नयाँ मानक कीर्तिमान स्थापना गरेको छ । हालै जर्मनीमा महिन्द्रा एक्सयूभी ३०० को औपचारिक ग्लोबल एनसीएपी परीक्षण गरिएको थियो ।
ग्लोबल एनसीएपीद्वारा उच्चतम फाइभ स्टार सुरक्षा रेटिङ एक्सयूभी ३०० नेपालभरि रहेका अग्नि इन्कर्पोरेटेडका डिलर सञ्जालमा उपलब्ध छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend