जन आकाश
काठमाडाै । ६८ औ विश्व भन्सार दिवसको अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको पहलमा यहि माघ ९ गते होटेल याक एण्ड यति दरबारमार्ग काठमाण्डौमा भन्सार विभागका महानिर्देशक सुमन दाहालको प्रमुख आतिथ्यतामा भन्सार, Vehicle Consignment and Tracking System (VCTS) तथा कर सम्बन्धी प्रशिक्षण कार्यक्रमू सम्पन्न भएको छ ।
सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले उपस्थित सबैलाई स्वागत गर्दै भन्सार, VCTS तथा कर सम्बन्धमा व्यवसायीहरुमा धेरै अन्योलता रहेकोले त्यसको समाधानको लागि सम्बन्धित विभागहरुबाट नै सहयोग लिई यो प्रशिक्षण कार्यक्रम गर्न लागेको र यो कार्यक्रमबाट व्यवसायीहरुले अधिकतम रुपमा लाभ लिन सक्ने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा महानिर्देशक दाहालले भन्नु भयो मानिसहरु भन्सारसँग अझै पनि साक्षात्कार हुन सकेको छैनान् । मालवस्तुहरुको सहि मूल्य घोषणा व्यवसायहरुले नै गर्ने हो । भन्सार प्रणाली र कर प्रणाली व्यवसायीहरु मै निहित छ । भन्सार क्यास लेश भइसकेको छ । बैंक सबै तिर उपलब्ध छ । अब भन्सार विभागले डिजिटल प्रणाली लागु गर्दैछ । त्यसैगरी, अहिले विभागले आशिकुडा वल्र्ड पनि लागु गर्दै लगेको छ भन्नु भयो । सोहि क्रममा उहाले डुईङ्ग विजनेशको स्तर नेपाल, भारत भन्दा अगाडि रहेको छ । अहिले विभाग पेपरलेश भइसकको छ भने अव नो पेपर तर्फ विभाग जादैँ छ भन्नु हुँदै नेपालका प्रमुख भन्सार कार्यालयहरु अहिले आई सि पि तर्फ जादैछ । व्यवसायीहरुले भन्सार सम्बन्धी सुचना वा जानकारीहरु ईमेल तथा टोल फ्रि मार्फत लिन सकिने व्यवस्था भएको जानकारी समेत दिनु भयो ।
नाडाका अनुसार यस्तो किसिमको प्रशिक्षण कार्यक्रम नाडाले विगतमा पनि गर्दे आएकोे छ । उक्त तालिम कार्यक्रममा नाडाका कूल ८१ सदस्य फर्म÷कम्पनीहरुले आफनो सहभागिता जनाएका छन् । उक्त कार्यक्रममा भन्सार विभागका निर्देशक ज्ञानेन्द्रराज ढकाल, राजश्व अनुसन्धान विभागका निर्देशक रामप्रसाद रेग्मी, आन्तरिक राजश्व विभागका शाखा अधिकृत राजु प्याकुरेल, र चार्टड एकाउन्टेन साहिल अग्रवालले प्रशिक्षण दिनु भएको थियो ।
सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो तेश्रो भएको नाडाले जनाएको छ । खाशगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टिगतगरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गर्नु भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend