जन आकाश
काठमाडौ । माघ २० गते, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ७ सदसिय नाडा प्रतिनिधि मण्डलले उद्योग वाणिज्य तथा आपूति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालसंग भेटघाट गरी सवारी साधन पैठारीकर्ताहरुले आफनो एजेन्सी बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नु पर्ने विषयमा छलफल गरेकोे छ ।
भेटघाटको क्रममा नाडाका अध्यक्ष दुलालले उक्त विभागमा एजेन्सी दर्ता सम्बन्धमा पुराना विभिन्न ऐनका कारण एजेन्सी नविकरणमा विभिन्न समस्याहरु आईपरेको हुंदा सवारी साधन पैठारी गर्दा अप्ठेरो परेको हुनाले व्यवसायलाई सहजीकरणका लागि अनुरोध गर्नुभएको थियो । छलफलमा उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पार्नु भएको थियो ।
सोहि छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव डा बैकुण्ड अर्यालले यसबारे केहि दिन भित्रै नेपाल राष्ट्र« बैङ्क, बाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग, र भन्सार कार्यालयहरुसंग छलफलगरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने कुरा बताउनु भएको थियो ।
छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत नाडाका उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्य समिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभासिस थपलिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा विभागका निर्देशकहरु समेतको उपस्थितिमा छलफल भएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend