logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नेपाल देश नेपालीहरुले बनाऔ


  • जन आकाश
  • मंगलबार, माघ २१ २०७६

नेपाल देशको बारेमा सवै नेपालीहरुले चासो राखेको भेटिन्छ । नेपाल देश सवै नेपालीहरुको उत्तिक्कै दाइत्व र जिम्मेवारी पनि छ । नेपाल देशको माया जो नेपाली भएर जन्म्यो कुन चै नेपालीलाई नेपाल देशको माया नहोला र ! त्यो हुदाहुदै पनि सवैले नेपाल बनेन् नेपालीहरुले दुखः पायौ भनि चिन्ता गरेको पाउछौ र हामी जो कोहीले कसैलाई गाली गर्न पायौ भने पछि कोही पनि परेका हुुदैनौ । यो हाम्रो दोस नभएर नेपालका हाम्रो देशमा १९९३ पछि राणा बिरुद्ध खोलिएका राजनीतिक पार्टीहरुले शासन सत्ता हत्याउनको लागि बिगतमा सिकाएको गलत चलन हो । त्यही चलन अहिले पछिल्लो अवस्थासम्म आईपुग्दा निरन्तरता पाउदै निरासा भर्ने र कुरा बढी गर्ने काम थोरै गर्ने अनि निरासा आफै हुने र अरुलाई पनि त्यस्तै हुन सिकाउने जो कोही नेपाली तपाई हामी धेर जति नेपालीहरुमा यो समस्या छ । हामीहरु भन्ने गछौ, हाम्रोमा वातावरण छैन । काम गर्ने तरिका ठिक छैन, सरकारले योजना वनाउदैन, भनेर निरास हुदै बिदेशतिर लाग्नेहरुको भिड दिनानु दिन बढ्दो छ । गइरहेका छौ । हामी जुन देशमा गएर काम गछौ त्यो देशका ठुला ठुला भवन, सडक, पुल हामीले बनाएका छौ । आफ्नै देश नेपालमा अन्य देशका कामदार ल्याएर काम गराएका छौ यो मिलेको छैन ।, बिदेशी उधोगमा उत्पादन हुने सामानहरुको अधिक उत्पादन हामीले गरिराखेका छौ । सरदर मार्षिक ३० देखि ५० हजारमा हामी काम गरिरहेका छौं । असाध्यै जागरिला छौ आफ्नो देशमा काम साना तिना काम गर्न अप्ठ्यारो लागे पनि बिदेशी भुमिमा गएपछि साना भन्दा साना काम पनि निसंकोच गर्र्ने गरेका छौ ।
तर आफ्नै देशमा काम गर्न त्यति रुचि राखेका छैनौ नेपाल स्वर्गभन्दा प्यारो भनेर त्यही बिदेश गएका हामीहरुले आजको प्रविधिको प्रयोग गरेर सामाजिक सञ्जाल फेसबुक, लगायतमा लेखेका छौ । नेपालीहरुलाई जतिको देशभक्ति सायद संसारका कुनै पनि अन्य देशका मानिसहरुमा छैन होला ! तै पनि नेपाल देशको भौतिक पुर्वधार, जलबिधुत, हस्पिटल, स्कुल, क्याम्पस, सडक, कृषिका पुर्वधार, हवाइजाहाज मैदान, सिचांई नहरहरु, सुरुङमार्ग उधोगहरु ठुला ठुला भवनहरु बनाउन शुरु गरेको र तोकेको समयमा बन्दैनान् बनाउदैनौ । त्यसको उदारण माथिल्लो तामाकोशी जलबिधुत आयोजना, मेलम्ची खानेपानी आयोजना, कुलेखानी तेस्रो, खोकना निजगढ फाष्ट ट्रयाक लगायत थुप्रै योजनाहरु तोकेको समय भन्दा पनि दोब्बर समयसीमा सम्म बनाउन सकेका छैनौ ।
त्यो अरु कुनै कारण नभएर नेपालका नेपालीहरुले नै नेपालको भौतिक पुर्वधारहरु बनाउने आट गदैनौ तवसम्म नेपालको बिकाश हुने कुरामा हामीले निराशा ब्याक्त गर्नु बाहेक केही पनि पाउदैनौ । यो हम्रो नेपाल हामी नेपालीले नबनाएसम्म कोही कसै बिदेशीले बनाइदिदैन । दक्ष कामदार तथा नेपालको हरेक क्षेत्रमा योग्य दक्ष जनशक्तिको अभाव हुदै गएपछि आज नेपालमा हरेक क्षेत्रमा भारतीय, चिनिया ,पाकिस्तान, बगलादेशी आएर नेपालमा काम गरिरहेका छन् । एउटा कबाडीको बोतल टिप्ने देखि ठुला होटल चलाउनेहरु सम्म र उधोगहरुमा अपरेटरको रुपमा र ठुला उधोग सञ्चालन गर्नेहरु समेत उनिहरुको बाहुल्यता देखिन्छ ।
एकातिर नेपालीहरु बिदेशमा काम गर्न जाने र अर्को तर्फ नेपालमा काम गर्ने जनशक्ति कम हुदा नेपालमा बिदेशी कामदारहरु ल्याएर काम गराउनु पर्दा नेपालको बिकाश छिटो हुन नसकेको हो । किनकी अरु देशका मानिसहरुलाई नेपालको बिकाश छिटो हुनु र नहुनुमा के चिन्ता तर हामी नेपाली आफैले बनायौ भने हामीले आफ्नो देशको बिकाशका कामहरु ढिलो गर्दा आफ्ना नेपालीहरुले सुविधावाट बञ्चित हुन्छन् बिकाशका सुचांकमा पछि पछौ भन्ने सोच राखेर काम गर्न सक्छौ त्यो अनिवार्य मानवीय सोभावैमा आउछ ।
त्यसैले नेपाल देश बनाउन नेपालीहरुवाट नै सम्भव छ । नेपालका निर्माण कम्पनीहरुवाट नै सम्भव छ । नेपालीहरुले राणाकालीन आवस्थामा त ठुला ठुला भवन बनाउन सकेका रहेछन् त्यो आज पनि सिंहदरवार लगायत सरकारी कार्यलयाहरु राणाकालीन अवस्थामा बनेका भवनहरुमा नै छन् । आजको आधुनिक युगमा नयाँ नयाँ प्रविधि नेपाल आफैले बनाउन नसके पनि बिदेशमा बनेका निर्माणका लागि प्रयोग हुने अत्यधुनिक मेशिनहरु नेपाली निर्माण कम्पनीहरुले किनेर काम गरिरहेका छन् त्यसैले नेपालीहरुलाई बिदेशमा प्रप्त हुने बराबरको पारिश्रमि नेपालमा उपलब्ध गराई दक्ष नेपाली कामदार बिदेश जान रोकेर नेपालीहरुको सिप क्षमता लाई कदर गदै नेपालको बिकाश नेपालीहरुले नै गर्न सक्छन् भन्ने वातावरण बनाउनु पर्छ र निराश बोकेर जानेर वा नजानेर चियाँ गफ गरेर वस्नु भन्दा सामान्य भन्दा सामान्य पनि काम हो । काम गरेपछि मात्र बिकाश हुन्छ भन्ने सवैमा जागरुकता ल्याउनु पर्छ र नेपाल देशको बिकाश नेपालीहरुवाट नै खोज्नुपर्छ । यो आम नेपालीहरुको कत्व्य हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend