logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई ट्राभलको १४ औँ वार्षिकोत्सव सम्पन्न


  • जन आकाश
  • मंगलबार, माघ २१ २०७६

काठमाडाै । आइएमइ ट्राभल्सको १४ औ बार्षिक उत्सव सम्पनन गरेको छ
ट्रभल्सले लाजिम्पाटको केन्द्रीय कार्यलयमा तामझामका साथ १४ औ बार्षिक उत्सव मनाएको हो ।
सो अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको समग्र बिकासको मेरुदण्डको रुपमा रहेको पर्यटन उद्योग र यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण व्यबसायी मित्रहरुलाई पर्यटन बिकासका लागि आफ्नो तह र तप्काबाट राज्यले निर्दिष्ट गरेका मापदण्ड भित्र रहेर अझ बिशेष भूमिका खेल्न आग्रह गर्नुभएको थियो ।



नेपालका बिभिन्न मनोरम हिमश्रृंखलाहरु लगायत साँस्कृतिक सम्पदाहरुको जगेर्ना गरी विश्व पर्यटन बजारमा नेपालालाई स्थापित गर्न ब्यबसायी, पर्यटन बोर्ड र नेपाल सरकारले संयुक्त रुपमा सेवाग्राहीमुखी योजना ल्याउनु पर्ने धारणा रारख्नु भएको थियो । सो अबसरमा आइएमई ट्राभल्सले पर्यटन बिकासका लागि हालसम्म खेलेको भूमिकालाई मध्यनजर गर्दै पर्यटन बिकासकामा आफ्नो सेवालाई द्रुत गतिमा बिस्तार गर्ने जनाएको छ ।
नेपालले २०२० नेपाल भ्रमण बर्ष मनाइरहदा पर्यटन क्षेत्रमा छाएको उत्साह र नेपाली पर्यटन ब्यवसायीले खेल्नुपर्ने भुमिका पनि अनुकरणीय रहनु पर्ने देखिन्छ । मात्र आफ्नो बार्षिक उत्सव मनाए खुसी हुनुमात्र नेपालको पर्यटन बिकाशमा टेवा पुग्दैन समग्र देशको हितमा हुने कार्यक्रम नेपाल सरकारसँग सहकार्य गरेर दिगो पर्यटनको बिकाश गर्न जरुरी छ ।

त्यसमाथि पनि उधोग बाणिज्य महासंघको उपाध्यक्षको गरिमा पदमा पुगिसकेको ढकाल जस्ता व्यवसायीले यो कुरा पक्कै पनि बुझ्नु भएकै होला तर अहिले सम्म पर्यटनको नेपालको बिकाश हेर्दा मात्र पैशा कसरी कमउने भन्ने ध्याउन्नमा सवै पर्यटन व्यवसायीहरु लगेको जस्तो देखिन्छ । पर्यटकको लागि नेपालको बिशेष के बनाउन सकिन्छ र सुविधाहरु के के थप्न सकिन्छ त्यसको अलवा संस्कृत तथा प¥यटन मन्त्रालयसँगको सहकार्यमा गर्न पर्ने कार्यक्रमहरु सुझावको रुपमा बिकाश गदै अगाडी बढेमा नेपालको प¥र्यटन क्षेत्रले नेपालीहरुलाई मनग्य आम्दानी दिन सक्छ । तर पर्यटन क्षेत्रमा देखिएका समस्याहरु सुधार तर्फ अहिले सम्म कुनै पनि व्यवसायीहरुले तदारुकता देखाएको देखिदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend