जन आकाश
काठमाडौं । नाडाका प्रतिनिधि मण्डल हिजो इन्डिया प्रस्तान गरेको छ ।, सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स सिम र अटोमोटिभ कम्पानेण्ट मेनुफेक्चर्स एशोसिएशन एसिएमए को औपचारिक निमन्त्रणामा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्य समितिका पदाधिकारीहरु सहित १५० सदसिय नाडाको प्रतिनिधिमण्डल बुधबार दिल्ली प्रस्थान गरेको नाडाले जानकारी दिएको छ ।
नाडाका अनुसार फ्रेबु्रवरी ६ देखि ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फे्रवु्रवरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा Auto Expo- The Motor Show 2020 शुभारम्भ हुदैछ । फेवु्रवरी ६ मा गे्रटर नोएडामा भारतका सडक यातायात, हाइवे र माइक्रो, स्मल एण्ड मिडियम इण्टरप्राइजेज मन्त्री श्री नितीन गडकरीले सो प्रदर्शनीको उद्घाटन गर्नेछन् । सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स – SIAM_ को पहलमा फेवु्रवरी ७ मा दक्षिण एशियाली अटोमोवाइल एशोसिएशनहरुको South Asian Automotive Forum गठनका लागि Memorandum of Understanding, MOU मा हस्ताक्षर हुनेछ । उक्त फोरममा भारत लगायत नेपाल बङ्गलादेश, श्रीलङ्का र म्यानमार समेतको सहभागिता रहने छ । फोरमको गठन, दक्षिण एशियाको अटोमोवाइलक्षेत्रको इतिहासमा कोशे ढुङ्गा हुने नाडाले जनाएको छ ।
उक्त नाडा प्रतिनिधि मण्डलमा केन्द्रीय कार्य समितिका अध्यक्ष कृष्णप्रसाद दुलाल, पूर्व अध्यक्षद्धय सौरभ ज्योति, अञ्जन श्रेष्ठ, उपाध्यक्षद्धय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिव रिजाल, केन्द्रीय कार्य समिति सदस्य धु्रववहादुर थापा लगायत सहभागी हुदै छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend