logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आजवाट तेमाल गाउँपालिकामा अध्यक्ष कप शुरु

आजका रोमाञ्चक भिडन्तहरु यस्ताछन्


  • जन आकाश
  • बिहिबार, माघ २३ २०७६

काभ्रे । काभ्रेको तेमाल गाउँपालिकास्तरीय फुटबल कप आजवाट शुरु भएको छ ।
गाउँपालिकाका अध्यक्ष समालसिं लामाको सभापतित्व, काभ्रे जिल्लाका जिल्ला समन्वयका अध्यक्ष उद्धव केसीको प्रमुख अतिथ्य, र रोशी गाउँपालिकाका अध्यक्ष डिबी लामा बिशेष अतिथि लगायतको उपस्थितिमा तेमाल गाउँपालिकास्तरीय कप फुटबल आजवाट पहिलो चरणका खेलहरु शुरु भएका छन् ।
कार्यक्रम संचालन गाउँपालिकाका प्रसाशकीय अधिकृत सिमन कुइकेलले गरिरहनु भएको छ । भने कार्यक्रममा अतिथिहरुलाई स्वागत मन्तब्य जीवन कुइकेलले गर्नुभएको हो ।
पहिलो खेलमा रोमाञ्चक भिडन्तहरु पनि भएका छन् अहिले सम्मको ताजा अपडेट यस प्रकार रहेको छ ।
पहिलो खेलमा वडा नं ३ सरमथली र वडा नं ५ बिच भएको छ । सो खेलमा वडा नं ५ ले १ गोलका साथ विजय बन्ने पहिलो टोलि भएको छ ।
दोस्रो खेल पनि भईसकेको छ । दोस्रो खेलमा जित हाशिल गर्न भाग्मानी टिम बनेको छ । वडा नं ६ ठूलो पर्सेल र वडा नं ८ भोर्जयाङ बीच भएको खेलमा वडा ८ नंले १ गोलका साथमा विजय भएको छ । यसै गरि तेस्रो खेलमा वडा नं ४ बोल्लेफेदिचे र वडा नं ७ चापखोरी बिच भएको खेलमा १ गोलका साथ वढा नं ४ विजय भएको छ । अहिले वडा नं २ सरस्युखर्क र वडा नं २ च्युखा लामागाउँ बीच खेल भैरहेको छ ।
अहिले भैरहेको खेलमा वडा नं १ सरस्युखर्काले १ गोलको अग्रता लिएको छ ।
आजवाट शूरु भएको खेल शनिवार फाइनल खेल्दै समापन गर्ने कार्यक्रम रहेको हाम्रा संवाददाता काभ्रेवाट मिलन लामाले जानकारी दिएका हुन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend