logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ब्लुक्रस र खगेन्द्र फाउण्डेशनले नर्स एथलेटिक्स मिट गदै


  • जन आकाश
  • शुक्रबार, माघ २४ २०७६

ब्लुक्रस अस्पताल र डा खगेन्द्र स्पोर्ट्स फाउन्डेसनको संयुक्त आयोजनामा शनिवार तेस्रो नर्स एथलेटिक्स मिट हुने भएको छ । स्वयम्भू एपीएफ मैदानमा हुने प्रतियोगितामा १ सय मिटर, दुई सय मिटर र चार सय मिटर रिले स्पर्धा हुने छ । साथै स्वयम्भूमै रोड रेस पनि आयोजना हुने छ ।
“ रन फर कमिटमेन्ट ,रन फर विनर” ” नारा रहेको सो रेसको उद्देश्य नर्सलाई उत्कृष्ट पर्फमेन्स गर्ने भावना जागृत गराउने रहेको डा खगेन्द्र बहादुर श्रेष्ठले बताउनु भएको हो । यसै गरी रिले उथलेटिक्सलले सहकार्यको भावना जागृत गराउने पनिउहाको भनाई थियो ।
बुधबारको आयोजित पत्रकार सम्मेलनमा अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रजवलमान श्रेष्ठले प्रतियोगिताको तयारी सकिएको जानकारी दिनुभएको हो । ३२ अस्पतालका ४१० नर्सको सहभागिता रहने स्पर्धामा उपाधि विजेताले १० हजार, उपविजेताले ७ हजार तथा तेस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । यसै गरी रिलेमा पहिलो हुने टोलीले २० हजार रुपैयाँ पाउने जानकारी पत्रकार सम्मेलनमा बताएको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend