जन आकाश
काठमाडौं । युवा अलराउण्डर कुशल मल्लले ओडीआई एक दिवशीय डेब्युमा कीर्तिमानी अर्धशतक प्रहार गरे सँगै नेपालको आज भएको आइसीसी क्रिकेट विश्वकप लिग लिग (२ मा अमेरिकालाई ३५ रनले पराजित गदै सानदार जित हाशिल गरेको छ । यस जितपछि नेपालले ७ टिम सम्मिलित लिगमा अंकको खाता समेत खोलेको छ । घरेलु मैदानमा भइरहेको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा ओमानसँग पराजित भएको नेपालको यो पहिलो जित समेत हो । नेपालले जितपछि २ अंक जोडेको छ ।
ओडीआई डेब्युमा कुशलले ५० रनको अर्धशतकीय इनिङ्स खेले । विकेटकिपर विनोद भण्डारीले पनि अर्धशतक बनाएपछि नेपालले ५० ओभरमा १९० रन बनाएको थियो । कुशल डेब्युमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने कान्छो खेलाडी समेत बने । ४९.५ मा रहेको नेपाली इनिङ्स कुशल र विनोदले नै सम्हालेका थिए ।
नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दा अमेरिकाले ४४.१ ओभरमा सबै विकेट गुमाएर १५५ रन बनाएको हो ।
१९१ को लक्ष्य पछ्याएको अमेरिकाले खराब शुरुवात गरेको थियो । करण केसी र सन्दीप लामिछानेको जोडीले शुरुवाती ४ ओभरमै ४ विकेट लिएर अमेरिकालाई दबाबमा राखेका थिए ।
पहिलो ओभरमा करण केसीले २ रन मात्र दिएका थिए । खेलको दोस्रो ओभरमै बलिङ गरेका स्पीनर सन्दीपले आरोन जोन्सलाई चौथो बलमा एलबीडब्लु आउट गर्दै पहिलो सफलता दिलाए । तेस्रो ओभरमा करण केसीले २ विकेट लिए । करणले स्टेभेन टेलरलाई दिपेन्द्रको हातबाट क्याचआउट गराए । भने अन्तिम बलमा जेभियर मार्सललाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए ।
चौथो ओभरमा सन्दीपले ४ रन बनाएका मोनांक पटेललाई एलबीडब्लु आउट गर्दै नेपाललाई चौथो विकेट दिलाए । १३ रनमै ४ विकेट गुमाएको अमेरिकाले २७ रन हुँदा पाँचौ विकेट गुमायो । इयान होल्याण्ड र अक्ष मराजले अमेरिकाको इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर सुशन भारीले ११औं ओभरको पहिलो बलमै सुशन भारीले अक्ष होमराजलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।
त्यसपछि छैटौं विकेटका लागि होल्याण्ड र करिमा गोरले २३ रनको साझेदारी गरे । भारीले १७औं ओभरको चौथो बलमा करिमा गोरलाई पारस खड्काबाट क्याचआउट गराए।
उत्कृष्ट बलिङ गरेको नेपालको लागि अर्धशतक बनाएका कुशल मल्ले पनि विकेट लिए । उनले २२औं ओभरको पहिलो बलमा एलमोर हचिनसनलाई बोल्ड गर्द नेपालको लागि सातौं सफलता दिलाए । एक छेउबाट होल्याण्डले इनिङ्स सम्हालेपनि अर्को छेउबाट निरन्तर विकेट झर्दा अमेरिकी इनिङ्स धरासयी बनेको थियो । अमेरिकाले ६५ रन हुँदा सातौँ विकेट गुमाएको थियो ।
तर आठौं विकेटा लागि होल्याण्ड र क्यामरुन स्टेभेनसनले उत्कृष्ट साझेदारी गर्दै स्कोर उकासे । यी दुईले आठौं विकेटका लागि ४९ रनको साझेदारी गरे । यस पटक पनि सुशन भारीले नै ब्रेक गरे । ३३औं ओभरको पाँचौ बलमा भारीले क्यामरुन स्टेभेन्सनलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराए ।
होल्याण्डले भने उत्कृष्ट ब्याटिङ गर्दै २९औं ओभमा अर्धशतक पूरा गरे । होल्याण्डले नवौं विकेटका लागि रस्टी थेरोनसँग ३० रनको साझेदारी गरे ।
४१औं ओभरको चौथो बलमा नेपालका करण केसीले ७५ रन बनाएका होल्याण्डलाई विकेटकिपर विनोद भण्डारीबाट क्याचआउट गराउ नौं सफलता दिलाए । होल्याण्डले ११० बल खेल्दै ७ चौका प्रहार गरे ।
४५औ ओभरको पहिलो बलमा करणले रस्टी थेरोनलाई सन्दीप लामिछानेबाट क्याचआउट गर्दै नेपाललाई जित दिलाए । नेपालको जितमा उत्कृष्ट बलिङ गरेका करणले ७।१ ओभर बलिङ गर्दै १ मेडन राख्दै १५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । उनले पहिलो खेलमा ओमान विरुद्ध पनि ४ विकेट लिएका थिए ।
यस्तै सुशन भारीले ३ विकेट लिए । अघिल्लो खेलमा ओमानविरुद्ध ओडिआईमा डेब्यु गर्दै ३ विकेट लिएका सुशनले अमेरिका विरुद्ध १० ओभरमा १ मेडन राख्दै ४३ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा २ मेडन राख्दै २७ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडन राख्दै ३० रन खर्चेर १ विकेट लिए ।
त्यसअघि कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो ।
कुशल नेपालका लागि ओडीआईमा अर्धशतक प्रहार गर्ने सातौ र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए ।
शरद भेषावकरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसँग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए । ओमान विरुद्ध ओपनिङ गरेका पारस खड्का अमेरिका विरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए । ज्ञानेन्द्र र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए । पारस खड्का २१ रन बनाएर आउट भए । लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए ।
४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयी भएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले ।
कुशल मल्लले ओडिआई डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गर्दै विनोद भण्डारीसंग ८४ रनको साझेदारी गरेपछि नेपालको रन उकासिएको थियो । कुशलले ओडिआई डेब्युमै अर्धशतक बनाउँदा सबैभन्दा कान्छो उमेर अर्धशतक प्रहार गर्ने खेलाडी बने । उनले नेपालकै रोहित कुमार पौडेलको कीर्तमान तोडे ।
३६औं ओभरको दोस्रो बलमा करिम गोरेको बलमा एलमोर हचिनसनबाट क्याचआउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए । त्यसपछि क्रिजमा पुगेका करण केसीले १२ रन बनाए । अघिल्लो खेलमा ओमान विरुद्ध २८ रन बनाएका सन्दीप लामिछानेले खाता नखोली आउट भए ।
अन्तिम ओभरको दोस्रो बलमा सुशन भारी इयान होल्याण्डको बलमा आउट भएपछि नेपाल अलआउट भएको हो ।
विनोद र सुशन भारीले नवौं विकेटका लागि २६ रनको साझेदारी गरे । ४८औं ओभरको तेस्रो बलमा आउट हुनुअघि भण्डारीले ७९ बल खेल्दै ५९ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गरे ।
अमेरिकाका लागि क्यामररुन स्टेभेनसनले १० ओभरमा २ मेडन राख्द ३० रन खर्चेर ३ विकेट लिए । यस्तै कप्तान सौरभ नेत्रभाल्करले १० ओभरमा २ मेडन राख्दै २८ रन खर्चेर २ विकेट लिए । रस्टी थेरोनले १० ओभरमा १ मेडन राख्दै ४१ रन खर्चेर २ विकेट लिए ।तर अमेरिकाका लागि त्यो जितको लागि प्र¥याप्त भएन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend