logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सम्पादीय,  सरकार बिरुद्ध मोर्चाबन्दी गर्नु कती ठिक ?


  • जन आकाश
  • बुधबार, माघ २९ २०७६

यतिवेला नेपालको सरकार बिरुद्ध बिभिन्न खालका आन्दोलन देशमा देखिएका छन् हुनत ति आन्दोलन गर्ने पार्टीहरुले अहिलेको सरकार त्यतिबेलै गठन भएदेखि नै आन्दोन गर्ने भन्दै बिरोध गदै आएका थिए र बिज्ञप्ति प्रकाशन गदै पनि आएका छन् । २०७४ को प्रतिनिधिसभा र प्रदेशसभामा नराम्रो हार ब्यहोरेका पार्टीहरु र ठुलै पार्टीको रुपमा दरिए पनि नेपाली कांग्रेस लगायत पार्टीहरुले नेकपाको सरकार बिरुद्ध काही कुनै पनि दवाव सृर्जन गर्ने खालका कार्यक्रम गरेकोे देखिएको थिएन । बिज्ञप्ति भने निकाल्दै आएका छन् ।
अहिले पछिल्लो समय एम सिसि सम्झौता, ललिता निवास प्रकरणको बिषयमा एकैपटक धेरै तिरवाट आन्दोलन उठेको देखिन्छ । विगतका आन्दोलनको जस्तै यो पनि एउटा आन्दोलनको रुप जस्तै छ । २००७ सालमा राजा र प्रजातन्त्रवादी एक ठाउँमा आएका थिए २०४६ सालमा पनि सवै बाम गठबन्धन र प्रजातान्त्रिक शक्ति एक ठाउमा आएको थियो भने २०६३÷६३ को आन्दोलनमा पनि सात पार्टी र माओवादी एक ठाउँ भएपछि आन्दोलनले एउटा रुप धारण गरेको थियो त्यसैको जगवाट बनेको संविधान र अहिलेको सरकार पनि त्यसैमा टेकेर बनेको हो । तर यो सरकार बिरुद्ध फेरि पुनः सवै पार्टीहरु एक ठाउमा गोलबद्ध हुदैछन् । यो समयमा आन्दोलन ठिक की बेठिक भन्ने बिषय पनि उठेको छ ।
गएको शुक्रवार सरकारमा नरहेका जति सवै पार्टीहरुले नेकपाको सरकार बिरुद्ध बिभिन्न ठाउँहरुमा बिरोधसभाहरु गरेका थिए । असन, शान्ति बाटिका, पाटनक्षेत्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोग,नेपालका अन्य जिल्लाहरुमा समेत बिरोधका नाराहरु घन्काएका थिए ।
यो बिरोध केपी ओलिको नेतृत्वमा बनेको सरकारको दुई बर्षे कार्यकालको सवैभन्दा बढी बिरोध मान्न सकिन्छ । यो भन्दा अगाडी साना तिना बिरोध भए पनि खासै उल्लेखिय मात्रमा पार्टीहरुको सहभागिता रहेको थिएन । स्वत स्फुर्त काठमाडौका नेवार समुदायले गुठी बिद्येयक बिरुद्ध भने जनसागर उतारे पछि सरकार पछाडी हटेको थियो तर त्याहा कुनै पार्टीको संलग्नता थिएन ।
अहिले नेपालको सरकार बिरुद्ध आन्दोलन उठ्नु स्वभाविक पनि हो । दुइ तिहाईको. सरकारले दुई बर्षमा जे जति काम गर्नु पर्दथ्यो त्यो कतै पनि अडानका साथ जनताको पक्षमा काम गरेको देखिएन । नेपालवाट युवाहरु बिदेश जाने लर्को कायम नै छ । उनिहरुको लागि ठुला ठुला उधोग खोलेर नेपालमा नै रोजगार सृर्जना गरी काम गराउन सक्ने वातावरण सरकारले गराउन सकेन । नेपाली कांग्रेसको सरकारको पालमा हस्तक्षर भइसकेको एमसिसि अमेरिकन मिलेनियम च्यालेन्जिङ कर्पोरेशनवाट प्रप्त हुने रकम के कुन प्रयोजन र कसरी किन भन्ने बिषयमा जनतालाई प्रष्ट पार्न सकेन राष्ट्रको हितमा छ भने सम्झौताको पत्र नेपाली जनतामा सार्वजानिक गरेर जानसक्नुपर्छ । राष्ट्र हितमा छैन भने अस्वीकार गर्नुपर्छ त्यसको अलवा अन्तराष्ट्रियस्तरमा बिशेष गरेर चीन र अमेरिका बीचको प्रतिस्पर्धाको भारतको चासोको त्रिपक्षीय दवावमा नेपाल पर्नु हुदैन । नेपालको परराष्ट्र नीति असंलग्न रहदै आएको छ भनी बुझाउन नसक्दा यो सरकार चुकेको देखिन्छ । अर्को तर्फ नेपली जनताको सरकार हुनु पर्नेमा नेकपाको सरकार मात्रै बनेर जनताको सेवा सुबिधामा ध्यान दिन नसक्दा सर्वसाधारण जनताहरु पनि सरकारले गरेका कामहरुमा रुष्ट बन्दै गइरहेकाछन् ।
त्यसकारण आन्दोलन स्वभाविक भए पनि वेला वेलामा नेपालको आन्दोलन नेपालीले गरेको देखिए पनि त्यसको पछाडी कुनै बिदेशी उदेश्य पुर्ति गर्नको लागि गरेको देखिन्छ । नभए नेपालमा २००७ साल देखि अहिले सम्मको अवस्थालाई हिशाव गर्दा ७० बर्षमा पाात्रहरु फेरिए पनि नेपालको बिकाश फेरिएन बरु उल्टै नेपालसँग भएका उधोग कलकारखाना ब्यापार चौपट बनेका छन् । पुरानै पात्राहरुले कुन उदेश्य राखेर आन्दोलन गदैछन् त्यो बुझेर मात्र आन्दोलन गर्नु युवा पुस्ताको लागि हितकर होला नभए यो वा त्यो वाहाना गदै द्धन्द्धवाट केही समय अरु प्रगति नभए पनि शान्तिसँग काम गरेर बाच्न पाएका नेपाली नागरिकहरुलाई अर्को तनाव दिनु उचित देखिदैन ।
संसारका मुलुकहरु क्रान्त्रिपछि परिवर्तन भएकाछन् बिकाश गरेका छन् हाम्रो मुलुक आफ्नै देशका उधोग कलकारखाना सिध्याउन र बिदेशी प्रभु रिझाउन मात्र आफ्नै दाजुभाईमा काटमार गराउन मात्र प्रयोग भएका छन् । त्यस्तै खालको आन्दोलन नेपालीले फेरि चाहेका छैनान् ।
नेपालीले नेपालको हितका लागि योजना बनाउन सक्ने र प्रभावकारी काम गरेर देखाउन सक्ने पत्यारिलो युवाहरुको खोजि गरिरहेका छन् त्यस्तो नेतृत्व नपाउन जेलसम्मको लागि युवाहरुले हतार गर्नु हुदैन । त्यस्तो खालको युवा नेतृत्व नआओस भनेर पुरानै पात्राहरु बिभिन्न दुताबास धाउदै बाहिर मुखुण्डो देखाउदै छन् सोच बिचार गरेर मात्र आन्दोलनमा सहभागी हुनुपर्छ । नभए सिकिम जस्तै नेपालको अस्तित्व धराममा पर्न सक्छ । सवै आन्दोलन ठिक नहुदा रहेछन् माथि हामीले पढी सक्यौ । सहि र उदेश्य लक्षित साथै नेपालमुखी आन्दोलन हो भन्ने प्रमाणित हुने अभियाँनमा मात्र सहभागि होआंै । त्यसैवाट मात्रै नेपालको र नेपालीको हित हुन्छ नेपाल र नेपाली कै जित हुन्छ । अन्यथा लाग्यौ भने आन्दोलन नेपालीले र्गछौ जित बिदेशीको हुन्छ । बिदेशीलाई जिताउने आन्दोलन कहिल्यै नगरु ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend