logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

महायज्ञको आवरणमा कम्युनिष्ट गेरुधारीको रामलिला


  • जन आकाश
  • बुधबार, माघ २९ २०७६

 मोहन पोखरेल
जताततै महायज्ञ चलिरहेको छ । कुनै महायज्ञ सामाप्त भइसके । धेरैजसो चलिरहेका छन् । ती पनि केही दिन मै सिद्धिएलान्, यो वेग्लै कुरो भयो । तर धर्मको आवरणमा ठूलै किसिमको विकास गर्ने भयो जुन नौटङ्की देखाइदै छ यसले मुलुकलाई कुन मोडेलतर्फ लैजादैछ ? भन्ने महत्वपुर्ण एउटा पक्ष हो । जब राज्य नै महायज्ञको आवरणमा गेरु वस्त्र धारण गरी पुराण सुनाउन कस्सिन्छ भने उ मातहतका निकायहरु पनि ज्यान छोडेर रुद्राक्ष जप्दै कथा पुराणमा सहभागी हुनुलाई कुनै आश्चर्य मान्नु पर्दैन ।
यहांनेर भन्न खोजेको कुरा के हो भने महायज्ञ आंफैमा नराम्रो पक्ष होइन । सबै हिन्दु धर्मावलम्वीहरुले कुनै न कुनै किसिमको यज्ञ लगाएर भगवानलाई खुसी पार्नु पर्ने र आफ्नो मनोकामना सिद्ध गर्ने लक्ष वोकेका हुन्छन् । मठ मन्दिर चाहार्छन्, मनले चिताएको कुरा भगवानसंग माग्दछन् । फाप फलिफाप सवैले भोग्दछन् । हाम्रो देशमा यतिखेर कम्युनिष्टहरुको सत्ता छ । संविधानमा धर्म निरपेक्षतालाई प्रमुख स्थान दिइएको छ । यसलाई प्राथमिकतामा राख्दा कुनै वेला हिन्दु राष्ट्र भनि विश्वमा चिनिएको नेपालको पहिचान गुमेको वेला छ । जसका कारण क्रिश्चियनहरु मौलाएका छन् । ठाउठांउमा चर्च खोलिदा असंख्य हिन्दु धर्मावलम्वीहरुले आफ्नो धर्म छोडेर त्यतातिर वहकिएको यथार्थता हाम्रो सामु छर्लङ्ग छ । हिन्दुत्व नष्ट हुदै गएको अहिलेको परिप्रेक्षमा गेरु वस्त्रधारी कम्युनिष्टहरुले महायज्ञको आवरणमा चौतर्फि किसिमले रामलिला देखाउदा आश्चर्य चकित हुनु परेको छ ।
गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको नाम दिएर चितवनको रामपुरमा घनघोर किमिसले महायज्ञ चलाउन विशेष गरी कम्युनिष्ट राज्य शक्ति लागि परेको छ । ५० करोड उठाउने लक्ष लिएको यसका आयोजकले वताउदै आए पनि लक्षित रकम पुग्न नसक्ने अनुमान गरिएको छ । ठूला व्यापारी, जग्गा दलाल, भु–माफिया, संघ संस्था, महानगरपालिका, नगरपालिका, जिल्ला समन्वय समिति लगायतका धेरै सरकारी संघ संस्थाहरु ले रकम दान दिन तछाड मछाड गर्दैछन् । यतिले नपुगेर गाउँ टोल र घर घरमा चन्दा उठाने टोलीको लावा लस्कर लागेको छ । सवैले आफु सक्दो दान दिएका पनि छन् । कसैले करकापमा परीयो भन्दैछन् । यस्तो विचित्रता धर्म निरपेक्ष भएको मुलुक्मा देखिंदै छ । धर्म सपेक्षतालाई वढावा दिने गरी गरिएका यस्ता महायज्ञका परिणाम वाट धर्म निरपेक्षताको आडम्वरमा राज्य हाँक्नेहरुले भविष्यमा कस्तो दुष्परिणाम भोग्लान् ? कौतुहलको विषय बनेको छ ।
कुनै वेला संस्कृति विद्या र व्राह्मणले गर्ने उप्रेती कर्मका विरुद्ध आवाज उठाउदै आएको तत्कालिन माओवादीका लडाकुहरुले काजक्रियामा वसेका क्रियापुत्रीहरुलाई समेत वाँकी राखेनन् । पाठ, पूजा, धर्मकर्म मान्ने र सो अनुरुपको संस्था चलाउनेहरुका विरुद्ध माओवादीहरु ज्यान छाडेर लागिरहे । आखिर उनिहरुकै वलमा धर्म निरपेक्षताको जलप लगाएर मुलुकलाई हिन्दुत्वबाट अलग गरियो । देख्दा र सुन्दा आश्चर्य लाग्छ उनै माओवादीहरुको विशेष तप्का नै यतिखेर धार्मिक आडम्वरमा महायज्ञ चलाइरहे छ । राज्य संचालन र पार्टी संचालन गर्ने उनिहरु नै भएकाले प्रतिपक्ष काँग्रेस तथा झिनामसिना पार्टीका केही हर्ताकर्ता पनि महायज्ञमा हाम फालिरहेका छन् । देश सर्वाङ्गिण विकास गर्नु नै छ भने महायज्ञ मोडेल किन चाहियो ? अरु विकल्प पनि त प्रसस्त छन् नि ।
लेख कै सन्दर्ममा क्रिकेट रंगशाला मैदान कै कुरा गरौं । राजा महेन्द्रले अष्ट्रेलिया र अष्ट्रियाबाट कृषिमा दखल विदेशी माटो विजहरु झिकाएर रामपुरको जग्गाको परिक्षण गराउदा विउ विजन उत्पादनको लागि रामपुरको माटो नेपालभरमा उत्कृष्ठ ठहरियो । त्यसै वेला देखि रामपुरमा कृषि क्याम्पस खोलियो वालि लगायतका लागि विउ विजन तयार गर्ने जग्गाको छनौट गरियो । यति खेरको क्रिकेट रंगशाला वनाउने भनिएको जग्गा त्यहि नै हो ।
रामपुरमा उत्पादन गरिएका विऊ विजन उत्कृष्ठ भएकाले भारत, पाकिस्तान लगायतका केही दक्षिण एयसियाली मुलुकले नेपाल सरकारसँग किनेर लैजाने गरेको कुरा चितवनवासी पुरना व्यक्तित्वहरुले वताउने गर्दछन् । पंचायतकालमा यसरी विउ विजन निर्यात हुँदा त्यो वेलाको श्री ५ को सरकारले राम्रै आम्दानी गर्दथ्यो । अब रंगशाला निर्माण हुने भएपछि उन्नत विउ विजनका लागि विदेशको मुख ताक्नु वाहेक हामीसंग अर्को विकल्प रहँदैन । किनकी उन्नत विउ विजन उत्पादन हुने जग्गमा क्रिकेट मौदान वन्ने छ ।
यज्ञपुरीको वागवानी फार्ममा क्यान्सर अस्पतालको स्थापना भएपछि वागवानी रहेन । चिनियाहरुले बनेपामा क्यान्सर अस्पताल राख्नु पर्नेमा जोड दिएता पनि तत्कालिन प्रम गिरिजा प्रसाद कोइरालाले चिन सरकारसँग संझौता गरी यज्ञपुरी मै राख्न सफल भएको वताइन्छ । वागवानी अन्र्तगतका त्यो वेलमा आँप र लिचीका वोटलाई चिनियाहरुले सुरक्षित राख्दै क्यान्सर अस्पताल वनाउन सघाउ पु¥याएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend