जन आकाश
काठमाडौं । रामेछाप काठमाडौं साहित्य समाज, नोवल साकोश साइत्य संस्था, तथा पुर्व बिद्यार्थी सारादा मा.बि. गेलुको संयुक्त आयोजनामा सम्मान तथा रचना बाचन कार्यक्रम भइरहेको छ ।
कार्यक्रमको सभापति श्यामकाजी खत्रीले गर्नु भएको छ भने प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत प्र. उपाध्याय रहनु भएको छ ।
हलमा उपस्थित कलाकार, पत्रकार,साहित्यकार, गायक,लेखक, स्तम्भकार, गीतकार कबी, लगायतको बाक्लो उपस्थितिमा आज नै तिनजना त्याक्तित्वहरुलाई सम्मान पनि गरिएको छ । सम्मानित हुनुहुने ब्याक्तित्वहरु माया ठकुरी, मखमली श्रेष्ठ, राम कुमार नेपाली रहेका छन् ।
त्यसैगरी आज नै आफ्ना रचना सुनाउन, गीत गाउन, गजल, हाइकु लगायत विविध बिधामा सहभागीहरुलाई समेत प्रमाण – पत्रले सम्मान गरिने आयोजकले जनाएको छ ।
हलमा रामेछापका धेरै कलाकार, साहित्यकारहरुले अहिले कबिता, गीत, गजल, मुक्तक, हाइकु, लगायत बाचन गरिरहेका छन् साथमा आज नै सम्मानित भएका राम कुमार नेपालीले लोकगीत गाएर उपस्थित दर्शकहरुलाई नचाएका छन् । रामेछाप काठमाडौं साहित्य समाजले समय समयमा अतिरिक्त कार्यक्रमहरु गरेर रामेछापका साहित्यप्रेमीहरुलाई आपसमा जोडदै आएको छ । यो रामेछापेलीहरुको लागि निक्कै महत्वपुर्ण कार्य हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend