जन आकाश
िबराटनगर ।
नाडाले १ न. प्रदेशका आन्तरिक मामिला मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा र नाडाका केन्द्रीय प्रतिनिधिहरुको उपस्थितिमा कर सम्वन्धि भिक्टिम सिस्टम प्रणली सम्वन्धि कार्यक्रम सम्पन्न गरेको छ । बिराट नगरको एक होटलमा कार्यक्रम आयोजना गरी यही फागुन ३ गते उक्त कार्यक्रम सम्पन्न गरेको नाडाले विगतमा पनि यस्ता कर सम्बन्धि कार्यक्रम गर्दे आएकोे र यही २०७६ साल माघ ९ गते पनि यस्तो कार्यक्रम काठमाण्डौमा सम्पन्न गरेको थियो । यस्तो प्रशिक्षण कार्यक्रम ७ वटै प्रदेशमा सम्पन्न गरिने जानकारी नाडाले यो भन्दा अगाडी नै दिइसकेको छ । मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका अध्यक्ष सुभाष आचार्यको सभापतित्वमा सम्पन्न उक्त प्रशिक्षण कार्यक्रममा मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनमा आवद्ध विभिन्न फर्म कम्पनीहरुकोतर्फबाट कूल ४२ जना प्रशिक्षार्थिले सहभागिता जनाएका थिए ।
उक्त कार्यक्रममा राजश्व अनुसन्धान कार्यालय मोरङ्गका अधिकृत हितेस बस्नेत, आन्तरिक राजश्व कार्यालय मोरङ्गका अधिकृत पशुपति घिमिरे, जोगवनी भन्सार कार्यालयका भन्सार अधिकृत मणिराम पौडयाल, सि.ए तथा कार्यक्रमका प्रमुख प्रशिक्षक साहिल अग्रवालले प्रशिक्षण दिनु भएको थियो ।
सरकारको प्रतिनिधित्व सहित यस किसिमको प्रशिक्षण कार्यक्रम आयोजना गरेको यो चौथौं भएको नाडाले जनाएको छ । खासगरी अटोमोवाइल व्यवसायीहरुले भोग्नु परिरहेका विविध समस्याहरुलाई दृष्टितगरी यस किसिमको प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको नाडाको भनाइ रहेको छ । उक्त कार्यक्रमबाट धेरै हदसम्म अटोमोवाइल व्यवसायीहरु लाभान्वित भएको नाडाले जनाएको छ । उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नाडाका महासचिव सुनिल रिजालले गर्नु भएको थियो । त्यसैगरी सो कार्यक्रममा नाडाका पदाधिकारी र सदस्यहरु लगायत मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएशनका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिति रहेको थियो ।
नाडाका अनुसार २०७६ साल फागुन २ गते नाडा र नाडाका संस्थागत एशोसिएशनविच संयुक्त बैठक पनि विराटनगरमा सम्पन्न भएको छ । त्यसैगरी २०७६ साल फागुन ३ गने नाडाको दोश्रो केन्द्रीय कार्य समितिको बैठक समेत विराटनगरमा सम्पन्न भएको जानकारी हामीलाई महासचीव सुनिल रिजालले दिनुभएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend