जन आकाश
नेपालमा यतिवेला नेपाली नागरिकहरु संत्रासमा छन् । अमेरिकाको ५५ अर्ब रुपैया नेपालाई भौतिक पुर्वधारको लागि सहयोग सोरुप दिन लागेको अमेरिकी संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले बताउदै आएको छ । भने त्यसको बिषयमा नेपालका लागि अमेरिकी राजदुतावासले समेत एमसिसिको बारेमा बेला बेलामा धारणा राख्दै आएकाछन् ।
नेपालका राजनीतिक पार्टीका नेता कार्यकर्ता बुद्धिजीवि लगायतले भने एमसिसिको बिरोध गदै आएका छन् । नेपालले बिगतमा अमेरिका वा अन्य मुलुकहरुवाट सहयोग नलिएको भने होइन यतिवेला मात्र किन बिरोध भयो भन्ने बिषयमा अमेरिकाको सैन्य रणनीति अन्र्तगत नेपालको स्वततन्ता माथि नै अमेरिकाको बन्धन रहने जस्ता प्रवधान एमसिसिको बुदामा रहेको बुद्धिजीविहरुले बताउन थालेपछि उक्त सहयोगको बिरोध भएको हो ।
नेपालका बुद्धिजीविहरुले भनेको जस्तै एमसिसिले सत्रसहितमा दिन लागेको सहयोगको बुदा त्यस्तै रहेको हो भने एमसिसि सम्झौता पास नगरौ ।
नेपाल अमेरिका सधै एक अर्काका राष्ट्रको सम्बन्ध राम्रो नै छ । तर पछिल्लो समय अमेरिकाले आफ्नो सैन्य रणनीति अन्र्तगत नेपाललाई अमेरिकन सैन्य क्याम्पमा उभ्याउन खोजेको हुदा सधै नेपालले अन्तराष्ट्रियस्तरमा नेपालको असंलग्न परराष्ट्र नीति अख्तियार गदै आएको र त्यो कायम राख्न नेपाल चाहान्छ । नेपालको परराष्ट्र नीति बिरुद्धमा गएर नेपालले सहयोगको नाममा स्वतन्त्र सर्वभौम राष्ट्रको अधिकार गुमाउन चाहादैन । त्यसैले एमसिसि मार्फत अमेरिकाले दिन चाहेको रकम नेपालले बिनासर्त हो भने लिदा केही फरक पदैन । तर नेपालले अमेरिकाको उसका नीति नियम मानेर नेपालको कानुन बाझिएमा स्वत नेपालको कानुन खारेज गर्ने सम्मको बुदा रहेको बुद्धिजीविहरुको भनाइ रहेको हुदा एमसिसि मार्फत आएको रकम इन्डोप्यासेफिक अन्र्तगतको सैन्य रणनीति अन्र्तगत नै आएको हो भने त्यो रकम नेपालले स्वीकार्नु हुदैन ।
तर नेपालका प्रधानमन्त्रीले एमसिसि सदनमा पेश हुनासाथ पास हुन्छ भन्दै जनमत भन्दा बाहिर गएर अभिब्याक्ति दिइराख्नु भएको छ । यो जननिर्वाचित प्रधानमन्त्रीले दिन मिल्ने खालको अभिब्याक्ति होइन । हुनत यतिवेला दुइतिहाइको बहुमत छ । संसदीय व्यवस्थामा बहुमतको कदर हुन्छ । बहुमतको कदर गर्दा नै सिकिमीहरुले आफ्नो राष्ट्र भारतमा बिलय गराएका थिए । देशको नेतृत्वले दिर्धकालीन सोच राखेन भने भविष्यका नागरिकलाई सधैको लागि अर्काको दास बनाउन सक्छन् ।
त्यसैले राष्ट्रको हितमा एमसिसि छ छैना भनेर डबल नेकपाले समेत पुर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा एमसिसि अध्ययन कमिटी बनाएको सन्दर्भमा त्यो आयोगलाई नै प्रभावित पार्ने गरी सदनमा पेश हुनसाथ एमसिसि पास गर्छु भन्ने प्रधानमन्त्रीको अभिब्याक्ति आउनु त्यति सकरात्मक देखिदैन अर्को पक्ष मानिस स्वास्थ्य नभएको बेलामा मनस्थितिले पनि राम्रो काम गदैन भन्छन् । स्वास्थ्यकर्मीहरुको भनाईलाई आधार मान्दा हाम्रा प्रधानमन्त्रीले नियमित औषधी सेवन गरिरहनु पर्दा त्यसको असर राष्ट्रले समेत ब्यहोर्नु पर्ने अवस्था आउन लागेको जस्तो भान जनतामा पदै गएको छ । यसले डबल नेकपाको नेतृत्वको सरकारलाई हेर्ने दृष्टिकोण बदलिदै भोलि जनताको मनमा पदै जाने आर्कोशले सरकारलाई अप्ठ्यारो समेत बनाउन सक्छ यतापनि ध्यान दिएर काम गर्नु उचित होला कि !
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend