जन आकाश
राजिव बलामीको र्निदेशन रहेको साथै शब्द, संगीत ,लय रजत रिजालद्धारा रचित गरिएको र चर्चित गायक गम्भिर केसीको स्वर रहेको रित्तो छु आज बोलको गीत युृटुबमा सार्वजानिक भएको छ । यहि बुधबार प्रजातन्त्र दिवशको अवसर पारेर युबटुवमा अपलोड गरिएको देखिन्छ । म्युजिक भिडियोको महासागरमा एउटा सामाजिक घटनामा आधारित रित्तो छु आज बोलको गीत थपिएको छ । रजत रिजालले मिहेनतका साथ अभिनय, शब्द, लय, संगीत आफैले गरेर नेपाली समाजमा भए गरेका घटनालाई उजागर गरेका छन् ।
बिशेष गरेर काठमाडौ उपत्यकामा रहेका युवा पुस्ताहरुको जिवन यापन र कुलतमा युवाहरु कसरी लाग्छन् त्यसमा अविभावकको भुमिका र समाजको जिम्मेवारी कति हुनुपर्छ र मान्छे मान्छेमा हुनुपर्ने धेरै कुराहरु दर्शाएको भएपनि अन्त्यमा पुनः फेरि समाजले राम्रा कुराहरु प्रति मान्छेहरुको ध्यान नजादा समाज बिग्रदै गरेको प्रति ईगित गरेर श्र्रब्य, दृष्य, अभिनय र छायाकङनमा देखाएको दृष्यले पनि भन्न खोजेको कुराहरु सजिलै बुझिन्छ ।
गीतको बोल नै रित्ते छु आज भएकोले पे्रमप्रतिको भाव त हुने नै भयो । जसमा अहिलेका युवा युवतीले उक्त गीत सुन्नै पर्ने र सुनेपछि र हेरेपछि म्युजिक भिडियो मनपराउने रिजालको दावी छ । फागुन ७ गते सार्वजानिक गरेको युटुबमा दुईदिन हुन नपाउदै झण्डै एक हजारको हाराहारीमा भिउज पुगिसकेको छ । यो आधारमा नै फलोवरर्सहरु बढ्दै जाने हो भने यो रित्ते छु आज बोलको म्युजिक भिडियोले राम्रै बजार तताउने अनुमान लगाउन सकिन्छ । भने शुभकामना दिनेहरु भिड निक्कै बढेर गएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend