जन आकाश
काठमाडौं । फागुन ८ गते, नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको १० सदसिय नाडा प्रतिनिधि मण्डलले अर्थ मन्त्रालयका सचिव शिशिर ढुङ्गानासंग भेटी फेयर ट्रेड, सवारी साधन तथा स्पेयर पार्टसको आयातको सन्दर्भमा देखिएका समस्याहरु बारे विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
उक्त भेटघाटमा नाडाका अध्यक्ष दुलालले हालै राजश्व सचिवबाट अर्थ सचिवमा पदोन्नती हुनु भएका शिशिर ढुङ्गानालाई बधाई तथा शुभकामना दिनु भएको थियो । उक्त भेटघाटमा नाडाका उपाध्यक्षद्धय करण चौधरी र आकाश गोल्छाले अटोमोवाइल व्यवसायमा हाल देखा परेका सम सामयिक समस्याहरु बारे आ आफनो धारणा राख्नु भएको थियो । सो अवसरमा महासचिव सुनिल रिजालले स्पेयर पार्टसको व्यवसायलाई स्वच्छ व्यवसाय बनाउने बारे पनि आफनो धारणा राख्नु भएको थियो । भेटघाटमा सचिव ढुङ्गानाले भन्सार,ख्ऋत्क् र करका सम्बन्धमा नाडाले प्रशिक्षण कार्यक्रम संञ्चालन गरिरहेकोमा धन्यवाद दिदै त्यसका लागि आवश्यक हुने विज्ञ मन्त्रालयबाटै पठाउने आस्वाशन समेत दिनु भएको थियो ।
सो भेटघाटमा अध्यक्ष कृष्णप्रसाद दुलाल लगाएत उपाध्यक्षद्धय करण चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रती, सहकोषाध्यक्ष विक्रम सिंहानिया, केन्द्रीय कार्य समिति सदस्य मिलनबाबु मल्ल, निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend