logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

दश दलीय मोर्चाले तय गर्ने अवको बाटो

सम्पादकीय


  • जन आकाश
  • मंगलबार, फाल्गुन १३ २०७६

मुलुकमा इतिहाँसकै बलियो सरकार छ । त्यो पनि सर्वहारा जनताको नेतृत्व गर्ने कम्युनिष्ट पार्टीको । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहनु भएको छ । नेकपा शान्तिपुर्ण राजनीतिक धारवाट जनतालाई आफ्नो पक्षमा आकर्षित गर्न सफल नेकपा (एमाले) र आमुल परिवर्तनका लागि भन्दै दश बर्षे जनयुद्ध पछि शान्ति प्रक्रियामा आएको तत्कालीन माओवादीको मुल नेतृत्व गरेका प्रचण्ड नेतृत्वको एमाओवादी मिलेर बनेको दल हो ।आफुलाई परिवर्तनको संबाहक ठान्ने नेकपाका नेताले नेतृत्व गरेको सरकार मुलुकमा हुदापनि अन्य कम्युनिष्ट पार्टीहरुले आन्दोलनका लागि सडकमा उत्रनु पर्ने अवस्था सृर्जना हुनु साच्चिकै दुर्भाग्य पुर्ण छ ।
यतिवेला मुलुकको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भइरहेको मात्र छैन, जनजीविकाको सवाल अत्यन्तै भयाबह बन्दै गएको छ । विस्तारवादी र साम्राज्यवादी शक्तिहरुको बिरोध गरेर राजनीतिमा आफुलाई स्थापित गरेको एउटा कम्युनिष्ट पार्टीले आज तिनीहरुकै सलामी र गुलामी गरेर मुलुकमा क्रियाशिल अन्य कम्युनिष्ट पार्टीहरु माथि पनि आसंका गर्नुपर्ने अवस्था सृर्जना गरिदिएको छ । यतिमात्र होइन कम्युनिष्टहरु पुजीवादीका पृष्ठपोषक र सर्वहारा वर्गका ठुला शत्रुहुन भन्ने भन्ने मान्यता ओली नेतृत्वको वर्तवान सरकारले स्थापित गर्न खोजिरहेको छ । नेपालको कम्युनिष्ट आन्दोलनका लागि यो दुर्भाग्यपुर्ण पक्ष हो ।
वर्तवान सरकारले स्थापित गर्न खोजेको गलत नजिरलाई चिर्न र राष्ट्रियतालाई थप सृदृढ बनाउने उदेश्यले दश दलीय मोर्चा अहिले आन्दोलनमा होमिएको छ । एमसिसि जस्तो राष्ट्रधाति सम्झौता, सीमा समस्या र जनजीविकाको सहजताका लागि यो आन्दोलन अपरिहार्य नै भइसकेको हो । यद्यपि बिगतका परिवर्तनकारी शक्तिहरुले आफु सत्तामा गएपछि जनतासँग गरेका बाचा पुरा नगरेका कारण आन्दोलनलाई सफल अवतरण गराउन ठुलो चुनौति छ । यो चुनौतिको सामना गरेर आन्दोलनलाई ःसफल बनाउनका लागि जनतालाई विश्वासमा लिन जरुरी छ । बिगतदेखि वर्तवान सम्मका राजनीतिक आन्दोलनमा दलहरुलाई साथ दिएका जनता अहिले थकित, त्रसित र उदासिन छन् । जुन जोगी आएपनि कानै चिरेको भन्ने लोकोक्ती हामीसँग मेल खादैन भन्ने यथार्थ बिश्वसनीय ढंङगले दश दलीय मोर्चाका नेताहरुले जनतामा पु¥याउन सक्नुपर्छ अन्यथा आन्दोलन सफल हुने सम्भावना न्युन छ । यसतर्फ आन्दोलनरत दश दलीय मोर्चाका नेताहरु गम्भिर बन्न जरुरी छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend