जन आकाश
काठमाडौं ।
विश्व बजारमा उत्पादन र ग्रहकको रोजाइको आधारमा टिसिएल टिभी बिश्वको दोस्रो ठूलो ब्राण्ड रहेको छ । नेपालमा पनि पछिल्लो समय टिसिएलका बिद्युतिय उपकरणको माग बढ्दो छ । अघिल्लो ३ वर्षको तुलनामा टिसिएल एलइडी टिभीको माग ५० प्रतिशतले बढेको नेपालका लागि आधिकारिक बिक्रेत चौधरी गु्रपको भनाई रहेको छ ।
नेपालमा टिसिएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी गु्रप अन्तर्गत इ.ओ.एल. प्रा.ली मार्फत नेपाली बजारमा बिक्री गदै आईरहेको छ । अहिले नेपालमा टिसिएल ब्राण्ड चौथौं स्थानमा पर्छ ।
अहिले एलइडीमा पनि युएचडी टीभीको माग बढ्दो छ । नयाँ पुस्ता प्रबिधिसँग नजिक हदै गएका कारण उनिहरुलाई नयाँ नयाँ मोेडेलका फिचरको बारेमा जानकारी हुन्छ । त्यसैले स्मार्ट टिभीको जवानामा थप प्रबिधिसहितको युएचडी टिभि आएको छ । जसले युवाहरुलाई आकर्षण गरेको छ ।
सुलभ मुल्य, क्वालिटि प्रोडक्ट, सर्भिसमा विश्वसनियताका कारण नै नेपालमा सिजी इलेक्ट्रोनिक्सको बजार राम्रो छ । सिजी इलेक्ट्रोनिक्सले सातै प्रदेशमा डिलर र सर्भिस सेन्टरहरु विस्तार गरी सेवा दिदै आएको छ ।
नेपालको ग्रामिण वस्तीदेखि ठूलो बजारसम्म सीजी इलेक्ट्रोनिक्सका बजार बिस्तार भइसकेको हुदा सवैले सेवा पाउदै आएको सिजीले जानकारी दिने गरेको छ । ”सर्वसाधारणदेखि उच्च वर्गिय उपभोक्तालाई ध्यानमा राखेर सेवा प्रदान गरेकै कारण हामी सफल भएका हौ ” सिजीका बजार प्रबन्धक कुशल गौतमको भनाई हो यो । हामीले सधै गुणस्तरियतामा विश्वास गरेका छौ । टिसिएल आफैमा ब्राण्ड हो । नेपाली बजारमा टिसिएलका युएचडी टिभीमा C6 / P8 गरी दुई ओटा नयाँ मोडल सार्वजनिक भएको छ । युएचडी टिभिमा आर्ट डिजाइन, स्मार्ट फङ्सन, भ्वाईस कमाण्ड, गुगल असिस्टेन्ट, गुणस्तरिय दृष्य, कनेक्टीभिटी तथा क्वालिटियुक्त साउण्ड छन् । आर्टका मात्र चार डिजाइन छन् । स्मार्ट फङ्सनमा नेटफ्लिस, युटुव, एप स्टोर, टीभि ३ पल्स समावेश गरिएको छ । यूएचडी टिभिमा ब्लुतुथ, वाइफाइ, एचडीआई र युएसवी जडान गर्न मिल्छ ।
टिसिएल टिभी सन इतिहाँस १९८१ मा सुरुवात गरेको पाइन्छ । आइएचएस पछिको २०१६ मा नै उत्कृष्ट टप ३ मा परेको थियो । यसले गर्दा पनि अहिले विश्व बजारमा यसको माग अत्याधिक बढेको कम्पनीले जनाउदै आएको छ । टिसिएल प्यानल, मोडुलस, सेट र व्याकलाइट क्षमतामा उत्पादन भएको हो । सन २०१६ मा नै आइएचएस मार्फत उत्पादनको आधारमा विश्वको टप तीनमा परेको थियो । विश्वमा टिसिएल ब्राण्ड मुल्याकन २००७ मा ४०.१३६ अर्ब RMB रहेकोमा १० वर्षमा बढेर ८०६.५६ अर्ब RMB पुगेको छ । टिसिएल टिभिको विश्व बजारमा माग अत्याधिक बढेको देखिन्छ । टिसिएल ब्राण्ड विश्वमा १५ ओटा अवार्ड विजेता समेत भइसकेको छ । टिसिएलको २३ वटा आर.एण्ड.डि. सेन्टर ७५ हजार कर्मचारी २१ वटा म्यानुफ्याक्चरीङ बेस, १६० वटा विश्व बजारमा आप्mनो व्यापार विस्तार गरेको छ । सिजी इलेक्ट्रोनिक्सले टि.सि.एल. ब्राण्डको टिभि नेपाली बजारमा ल्याएकाले ग्राहकले पनि मन पराइ दिएका छन । त्यसैले आगामी दिनमा अझ यसका विश्वमा उतकृष्ट टिभि नेपाली बजारमा ल्याउन लागेका चाौधरी गु्रपले जनाएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend