logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जुत्ता प्रहारले दिन खोजेको संदेश

सम्पादकीय, लेख


  • जन आकाश
  • मंगलबार, फाल्गुन २० २०७६

डबल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)लाई जुत्ता प्रहार भएको घटनाले नेपाली समाज कता जादैछ भन्ने ईगित पक्कै गरेको छ । जुम्लाका रतन तिरुवाले प्रचण्डलाई काठमाडौंको राष्ट्रियसभा गृहमा जुत्ता प्रहार गरेपछि थुप्रै प्रश्नहरु जन्मेका छन् । यो सामाजिक रुपमा नेपाल देशको समाजलाई अन्तराष्ट्रिय क्षेत्रमा हेर्ने दृष्टिकोणमा नेपाली चेतनास्तरको मापन पनि जोडिएला । तर नेपालमा भने शासन सत्ता समाल्दै आएको र हाल नेपालको सवैभन्दा ठुलो पार्टी भइसकेको र अर्को बिकल्प नहुनजेल सम्मको लागि त शक्तिसाली पार्टीको बागडोर समाल्दै आएका प्रचण्डमाथिको जुत्ता प्रहारले नेपालमा जतिसुकै ठुलो पार्टीको दम्भ राखेपनि जनताहरु कतै न कतै असन्तुष्ट रहेको संदेश यो जुत्ता प्रहारको घटनाले पुष्टि गर्दछ ।
हुनत आफैमा रक्तपातको लासहरु टेकेर सत्ताको रस चाख्न आइपुगेका र हजारौ अपाङग, घाईते, हिजो देश र जनताको मुक्ति भनेर सिकाएको राजनीतिले आज सम्म निकाश दिन नसकेर तत्कालीन माओवादी आन्दोलनमा लागेका, शान्ति प्रकृयामा आइसकेपछि हजारौ हजार माओवादी कार्यकर्ताहरु देशमा ब्यवहार चलाउन नसकेर बिदेशी भुमिमा काम गर्न गएकाको आर्कोश सामाजिक संञ्जालवाट वेलावेलामा देखिरहेकै छ । कतिपयले जनयुद्ध कालमा आफ्ना सन्तान गुमाएको पिडा देशले परिवर्तन गर्ला र सन्तोष मानुला भन्ने आशा पनि र्मादै गएका छन् । देशमा कुनै पनि रोजगार सृर्जना गर्ने खालका उत्पादन मुलका काम केही हुन सकेनान् । जनयुद्ध बिर्सजन गरेर सात गठबनधनसँग जोडिएर गरेको आन्दोलन पछिको १४ बर्षसम्म पनि जनता प्रत्यक्ष सहभागि हुने कुनै कार्यक्रम ल्याउन नसकेपछि र प्रचण्डकै दुई कार्यकाल प्रधानमन्त्री हुदा सम्म उत्पादनमुखी र रोजगार सृर्जना गर्ने कार्यक्रम नआउदा तिनै आओवादी आन्दोलनमा लागेका शान्ति प्रक्रियापछि बेरोजगार भएकाहरु जो बिदेश जान सके ति त गए जो बिदेश जान पनि सकेनान् नेपालमा जसो तसो गुजारा चलाउदै आएका कहिलेकाही त सामान्य भन्दा सामान्य आधारभुत समस्या पर्दा बिगतमा १० औ बर्ष माओवादी जनयुद्धमा होमिएका ÷ होमिनुपर्दा गुमेको समयले अन्य साथीभाई भन्दा आर्थिक सामाजिक क्षेत्रमा पछाडी पर्नुपरेको महसुस गरेका तत्कालीन माओवादीका कार्यकर्ताहरुमा आर्कोशको ज्वाला अझै देख्न सकिन्छ ।
त्यसोत यो भन्दा अगाडी पनि प्रचण्डमाथि एकजना परशुराम कुवंरले थप्पड हानेका थिए यि घटनाहरु क्रमिक रुपमा बढ्नु डबल नेकपाका अध्यक्ष प्रचण्ड नेतृत्वले कार्यकर्तालाई ब्यवस्थापन गर्न नसकेको प्रष्ट हुन्छ ।
त्यस्तै पार्टीमा जनयुद्धको लडाईमा सगै हिडेका मोहन बैध, डा. बाबुराम भट्टराई, नेत्र बिक्रम चन्द, हालसालै बाहिरीएको गोपाल किराँती समुह लगायत पनि पार्टीमा नअटाउनु र पार्टीलाई एमालेमा गाभेर ठुलो पार्टीको अध्यक्ष हु भनेर छत्ती फुलाए पनि कार्यकर्ता, बिगतका सहपाठी लगायतको बुझाई र पुर्व एमालेहरुले अहिले पछिल्लो समय गदै गएको ब्यवहार हेर्दा प्रचण्डप्रतिको संदेश राम्रो देखिदैन ।
पर्टीहरु फट्ने–जुट्ने , पार्टीवाट बाहिरिने प्रचलन त भइ नै रहन्छ तर प्रचण्डको पुर्व माओवादी र पुर्व एमालेको जुटाइले नेपालमा जुन स्पष्ट बहुमतको सरकार बनाउन जनमत तयार छ त्यो नेपालको इतिहाँसमा सुवर्ण अवसर हो । त्यो अवसर कतै पनि सदुपयोग भइरहेको छैन । आफ्नै कार्यकर्ताहरु सन्तुष्ट भइराखेका देखिदैनान् । यस्तै आवस्थामा सरकारमा भएको वेला केही आशा राखेर जनताले शक्तिमा रहेकाहरुलाई ठिक ग¥यो भनेर डरले वा चाकरी तरिकाले भनेको भएपनि सत्य कुरा र बास्तविकता अर्कै भइराख्दा देशमा माथिदेखि तलसम्म नकरात्मक संदेश जान भने छोडेको छैन । तिनै नकरात्मक र जनताको आर्कोशको प्रतिकृयाको रुपमा जुत्ता प्रहार भएको हुनसक्छ । यसले सरकारमा रहेको पार्टीले जनताप्रति गरेको ब्यवहार ठिक भएको छ कि छैन ? भन्ने बिषयमा पनि बहस गराइदिएको छ । यो प्रचण्डमाथिको मात्र आर्कोश नभएर नेकपाको नेतृत्वमा बनेको सरकार प्रतिको संकेत पनि गर्दछ यो संकेतलाई समयमा नै बुझेर गल्ती भएका क्षेत्रहरुमा सुधार गदै आउदा दिनमा देश र जनता प्रति उत्तरदयी भुमिका खेल्न सकेन र जनताको बिश्वासलाई यसैगरी आर्कोशमा परिणत गराउदै लाने हो भने नेकपा प्रतिको जनबिश्वासमा धक्का लाग्ने देखिन्छ । अहिलेको जुत्ता प्रहार घटनालाई जनता सन्तुष्ट छैनान् भन्ने संदेशको रुपमा लिन सकिन्छ । समग्रमा देश र जनताप्रति ध्यान दिन यो नेकपाको नेतृत्वामा बनेको सरकारले ध्यान दिन जरुरी छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend