जन आकाश
रङगको पर्व होली खेल्ने चलन पर पुर्वकालदेखि चल्दै आएको छ । यस पर्वलाई सदभाव वाड्ने र खुसियाली मनाउने पर्वको रुपमा मनाउनु पर्छ यो हिन्दुहरुको पर्व पनि हो । तर पछिल्लो समय मानिसहरुमा बढीरहेको नकरात्मक प्रबृति भने रोक्न जरुरी छ । एक त काठमाडौं उपत्यका लगायत शहरहरुमा पिउने पानीको त अभाव रहेको बेला होली खेल्नलाई पानीको अभाव ठुलो समस्याको रुपमा रहेको छ । पानी बिना नै रङग दलेर खेले पनि पछि पानीले सफा गर्नलाई समस्या ब्यहोदै आउनु परेको सवैले ब्यवहारमा नै बषौदखि भोगिरहेका छन् ।
यस्तो ब्यवहारिका अवस्था र परिस्थितिले काठमाडौं उपत्यकाको होली कठिन छ । त्यसकारण आफ्नो पर्वलाई आस्थालाई सहि र परिस्थितिको पनि ख्याल गरेर सदभावको रुपमा मनाउनु पर्छ र आफ्ना साना साना नानीहरुलाई समेत जथाभावी लोला हान्ने कौशीवाट फोहोर पानी फाल्ने छ्याप्ने कुइएका गोलभेडाले हिर्काउने, अण्डाले मानिसलाई ताकेर हिर्काउने, कुनै बेलाको रिस राग पालेर होलीको मौका पारि झगडा गर्ने मारपीट गर्ने जस्ता कार्यहरु नगर्न नगाराउन पे्ररित गर्नुपर्छ तवमात्र नेपालको संस्कृतिको पहिचान र सदभावको पर्वले नेपालीहरुको एकतालाई जोगड्ने काम गर्छ ।
यस बर्ष त झनै बिश्वब्यापी आताङकको रुपमा फैलिएको कोरोना भाईरसले मानिसहरुमा त्रास फैलाएको छ । त्यसैले सरकारका निकायले समेत हुल हुज्जत समुहगतमा होली नखेल्न आग्रह गरिसकेको छ । भने सधा भन्दा यो बर्ष जो जसले जसको घरवाट कौशीवाट पानी लोला हानेको खण्डमा तिनका अबिभावलाई अभद्र ब्यवहार गरेको अभियोगमा मुदा चलाउने नियम समेत लगाएको छ । यो अवस्था आउने वातावरण हुर्कीदै गएको छाडा प्रबृतिको बढेको कारणले नै बाध्यकारीे कानुन लगाएको हुनुपर्छ । बिगतमा होलीको नाममा जथाभावी छाडा प्रबृति बढेर कल झगडा भई मानिसको मृत्युसमेत भएको घटनाहरुले मानिसहरुको सुरक्षाको लागि नै यस्तो कानुन प्रशासनले ल्याएको होला यो कदम साह्रनीय रहेको देखिन्छ ।
नेपालको धर्म संस्कृति पहिचान रितीरिवाज संक्षणको लागि राम्रो तरिकाहरु अपनाएर राम्रा कुराहरुको संक्षण गदै नेपाली संस्कृतिलाई राम्रो तरिका अपनाएर हाम्रा संस्कृतिहरुलाई मनाउनु पर्छ र अन्य आस्था राख्नेहरुले पनि अरुको आस्थालाई चोट पु¥याउने तुच्छ शब्दहरु प्रयोग नगर्ने बानी बसाल्नुपर्छ आफ्नो आस्था जति अमर आफैलाई लाग्छ त्यस्तै अरुलाई पनि अरुको आस्था त्यतिकै महत्व लाग्छ भन्ने ठान्नुपर्छ र सामाजिक सदभाव कायम गरेर नेपलका नेपालीहरु असाध्यै एकतामा दृढ छन् भन्ने ब्यवहार देखाउनु पर्छ । हुनत अहिले सम्म हामी नेपालीहरु कहिल्यै धार्मिक, जतिय द्धन्द गरेर फसेका छैनौ । कथम कदाचित त्यस्ता प¥याशहरु नभएका पनि होईनान् । तर नेपालीहरु सजग र सर्तक छन् त्यस्तो बिषयमा आउदो समय झनै चुनौति थपिदै गएको हुनाले अझै चनाखो भएर रहनु पर्छ त्यसकारण पनि नेपालका चाड पर्वहरुलाई सदभावको रुपमा मनाउदै आएका छौं । मनाऔं । अहिलेको परिस्थितिको अवस्थालाई बुझेर मनको खुसीले होलीलाई सदभाव साट्ने पर्वको रुपमा मनाऔ । यो नै हामी सवै नेपालीहरुको कत्ब्य हो ।
आउदा दिनमा नेपलको कथा बनेको मेलम्ची खानेपानी आयोजना पनि आउला त्यसपछि धित खोलेर होली मनाए भइहाल्छ । तर अहिलेको यो बर्षको होली खेल्ने पानीलाई सदुपयोग गरेर काठमाडौं उपत्यकामा सुत्केरी अवस्थामा रहेका सुत्केरीहरुको कवडा सफा गर्न लगाउन सहयोग गरौं । सेवा नै धर्म हो । भन्ने भनाईलाई आत्म साक्षी राखेर काम गरौं । मानवताको लागि यो भन्दा पुण्य अरु केही हुन सक्दैन । यो काम गरौं । यो बर्षको होलीमा रङग र पानीको होईन मनको सदभाव बाढेर खुसीयाली मनाऔं ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend