जन आकाश
काठमाडौं ।
उद्योग बाणिज्य महासंघको निर्वाचन नजिकै जादा बिभिन्न जिल्लाका उद्योगीहरुले चन्द्र ढकाल टे«डिगको व्यवसयी मात्र भएको र खास उद्योगी नभएको भन्दै उनिमाथि नैतिकताको प्रश्न उठाउन थालेका छन् ।
करिव दर्जन जति टे«डिङ ब्यवसाय गदै आएका ढकालको खासमा एउटा पनि उधोग नभएकाले ब्यवसायीहरुले उनिमाथि नैतिकताको प्रश्न उठाउनु स्वभाविक पनि हो ।
उद्योग व्यवसाय गरेर मुलुकको आर्थिक क्षेत्रमा योगदान पु¥याउने र रोजगारी सृवर्जना गर्ने व्यवसायीहरुको प्रतिनिधित्व गर्ने नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनमा भावी नेतृत्वमा दावी गर्ने ढकाल व्यवसायीहरुका यही आलोचनाका कारण तिलमिलाउन थालेका छन् ।
बिश्वस्त शुत्रका अनुसार उनले आफ्नो चन्द्र गिरी रिसोर्टमा लगेर सरकारको उच्च नेतृत्वमा पहुच राख्ने डबल नेकपाका नेताहरु र जिल्लाका व्यवसायीहरुलाई परिवारै सहित बोलाएर कक्टेल पार्टीको आयोजना गर्ने गरेका छन् । कतिपय व्यवसायीहरुलाई त आर्थिक प्रलोभन समेत दिएर आफ्नो पक्षमा लाग्न दवाव दिने समेत व्यवसयीले बताउने गरेका छन् ।
स्रोतका अनुसार उनका प्रतिस्पर्धी बरिष्ठ उपाध्यक्षका उम्मेद्धार किशोर कुमार प्रधानलाई समेत आफ्नो दुतहरु मार्फत उमेद्धारी फिर्ता लिए मोटो रकम उपलब्द गराउन ललिपप देखाउन थालेका छन् । यसवाट आफुले चुनाव जित्नेमा आफै बिश्वस्त हुन नसकेको स्पष्ट देखिन्छ । उता मिडियामा आफ्नो पक्षमा लविङ गर्न भन्दै उनले खटाएका उनका कामदारहरु राजु पौडेल र योगेस पोखेरेले मोटो रकम कुम्ल्याएर उनलाई नै दिग्भ्रमित बनाई रहेको गोप्य स्रोतवाट थाहा भएको छ । यतिसम्मकी मिडियाहरुमा स्वयम आफ्ना मालिक ढकालको बिरुद्धमा समाचारहरु आउन थालेपछि यि रहस्यको खोजि हुन थालेको बुझिएको छ ।
उद्योग बाणिज्य संघको साधरणसभा अनिश्चित
नेपाल उद्योग वाणिज्य महासंघले चैत्र २८ मा साधारणसभा नहुने निश्चित जस्तै भएको छ । देशमा कोरोना भाईरसको संक्रमण फैलन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनालाई आधार मानेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले हस्तक्षेप गर्ने भएको छ । महासंघको आसन्न निर्वाचन एवम् साधरण सभामा करिब तीन हजार प्रतिनिधीहरु भेला हुने हुँदा कोरोना भाईरसको जोखिम बढ्न सक्ने भएकाले काठमाडौं जिल्ला प्रशासनले उद्योग बाणिज्यको साधारणसभालाई सार्न आग्रह गदै आएको थियो । तर उद्योेग बाणिज्य महासंघले कुनै प्रतिक्रिया दिएको थिएन । त्यसैले स्वास्थ्य मन्त्रालयको सुचनालाई अवज्ञा गरेका जिल्ला प्रशासन काठमाडौंले उक्त साधरणसभा रोक्ने संकेत गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend