logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मैले संगीत क्षेत्रलाई पु¥याएको योगदान नै प्रगति हो

रामकृष्ण थापा


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ३० २०७६

दोलखाको साविकको लापिलाङग गा.वि.स.वडा न. ८ मा जन्मनु भएका रामकृष्ण थापाले जन ज्योति प्रा. बि वाट आफ्नो अध्ययनको यात्रा शुरु गर्नुभएको हो । प्रा.बि. स्तरको अध्ययन लापिलाङ मा.बि वाट गर्नु भयो । त्यतिवेला दोलखा जिल्लामा पढेर एस. एल. सि. पास गरेर गाउँमै माष्टर बन्ने चाहना धेरै जति बिद्यार्थिहरुको हुन्थ्यो रे उहालाई पनि त्यस्तै चाहना नहुने कुरै भएन । तर जव उहा काठमाडौं आई उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएर आर. आर. क्याम्पसमा अध्ययन गर्न पुग्नुभयो त्याहा पुगेपछि साथीभाईको संगत र सल्लाह अनुसार संगीत बिषयमा पढ्न थल्नुभयो र संगीतको क्षेत्रमा समेत रुचि राखेर अध्ययन र शिकाईलाई साथसाथै अगाडी बढाउदै लैजानु भयो । लामो साधना र निरन्तरताले उहालाई हौशला प्रदान ग¥यो भने उहासँग भएको कलाले संगीतपे्रमीहरुलाई समेत प्रभावित पार्न सफल हुनुभयो र कलाकारहरुले पनि उहाले गरेका संगीत र संगीत संयोजन ( एरेन्जर) गरेको मन पराउन थाल्नुभयो र कलाकारहरुले उहालाईलाई नै संगीत संयोजन गर्न गीत दिन थाल्नु भयो । गीत को संगीत राम्रो संयोजन गर्न सक्षम भएके कारण रामकृष्ण थापाको परिचय संगीतकारको पदबीवाट परिचित हुनथाल्नु भयो त्यसपछि उहाले पानी कुवाको मैैले हसाउन खोजेको किन रुवाको लोक गीत देखि आधुनिक गीत टाढा– टाढा धेरै टाढा हुदै छौ रे आजकल किन ? गितहरुमा संगीत भर्नुका साथै झण्डै २०० सय भन्दा बढी गीतहरुमा संगीत भरेर कलाक्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भइसक्नु भएको छ भने नेपालको कला सस्कृतिलाई नेपाली मौलिकतामा ढाल्नुपर्छ र नेपाली कला, संस्कृति मर्न दिनु हुदैन भनेर थप आफ्नै लगानीमा फाष्ट क्रियशन म्युजिक प्रा.लि. सञ्चालन गरेर काम गरिरहनु भएको छ । उहासँग जनआकाश साप्तहिकका धनलाल थापाले गरेको कुराकानी
अहिले के गदै हुनुहुन्छ तपाई ?
पढाइको शिलसिलामा एमए दोस्रो बर्षको अध्ययनको तयारीमा छु त्यसको साथसाथै गीत संगीतको म्युजिक भिडियोको संयोजन ( एरेन्जर ) गर्ने काम गरिरहेको छु ।
तपाई दोलखामा जन्मनु भयो त्यो सुन्दर जिल्ला जाहावाट गौरीशंखर हिमाल हेर्न पाइन्छ । त्यहावाट याहा आएर अहिले तपाईले संगीत, गर्नुका साथै फाष्ट क्रियशन प्रा.लि. पनि सञ्चालन गर्नुभएको छ ? यो प्रगति नै हो कस्तो अनुभव भईरहेको छ ?
यसलाई मैले जिन्दगीको सर्घषको रुपमा लिएको छु । गाउवाट हामी काठमाडौं आएर पढ्नु पर्ने र टाढा गएर पढ्नु पर्दा याहा एउटा अवसर र अर्को चुनौति सामना गर्नुपर्ने बाध्यता धेरै जति पढ्न आउने बिद्यार्थीहरुमा हुन्छ त्यस्तै मेलै पनि बेहोरेको थिए र चुनौतिको सामना गदै अवसरलाई सदुपयोग गरेर आज रामकृष्ण थापाको परिचयलाई संगीतकारको रुपमा चिनाउन सफल भए आज आफ्नै लगानीमा फाष्ट क्रियशन म्युजिक प्रा.लि. सञ्चालन गरिरहेको छु । पैशा कमाउनु नकमाउनु अर्को पाटो रहयो तर जुन मैले नेपाली संगील क्षेत्रलाई योगदान गरेको छु । त्यो भने तपाईले भने जस्तै प्रगती गरेको मलाई महसुस भएको छ ।
तपाईले संगीत एरेन्ज गरेका गीतहरु मलाई भन्नदिनुस न ?
भरखरै बजारमा चर्चामा रहेको लोक गीत मैले एरेन्ज गरेको पानी कुवाको मैले हसाउन भन्छ्ऊ रुवाको निक्कै चर्चामा छ । यो अहिले १० लाँख भन्दा धेरै भिवर भैसकेको छ । अर्को लोचन भट्टराईले गाउनु भएको टाढा–टाडा धेरै छाढा हुदै छौ रे आजकल किन ? बोलको आधुनिक गीत पनि भरखरै बजारमा आएको छ आफ्नो भन्न लाज लागे भने साइनो मेटिदेऊ पराई बनि बाच्नुभन्दा गला रेटीदेऊ पनि बजारमा आएको छ । त्यसैगरी आउन लागेको ओई सानी तिम्रोत जवानी डल्ले खोर्सनी बोलको गीत पनि बजारम आउदै छ । त्यसको अलवा झण्डै २०० भन्दा बढी गीतहरु मैले संगीत र एरेन्ज गरिसकेको छु ।
तपाई संगीतिक क्षेत्र, आफैले कम्पनी समेत खोल्नु भएको छ । सागीतिक क्षेत्र के रहेछ ?
मेरो बिचारमा सागीतिक क्षेत्र भनेको मनभित्र गुम्सिएर बसेको आफ्नो भावनालाई सरल ढंगवाट प्रष्फुटन गर्ने सवैले बुझ्ने भाषामा उजागर गर्नु संगीत, साहित्यले महत्वपुर्ण भुमिका खेल्ने बिषय नै गीत, संगीत र साहित्य हो । कतिपय बोलेर ब्याक्त गर्न नसकेको कुरा साहित्य, गीत र संगीतको माध्यमवाट अभिब्यक्त गर्न सक्छन् त्यो पनि सजिलै त्यसकारण साहित्य संगीत भनेको मानिसको मन मष्तिकमा छिट्टै प्रभाव पार्नेे सरल माध्यम हो ।
तपाईलाई काठमाडौं शहरमा रामकृष्ण थापा संगीतकार भनेर चिन्छन । तर तपाई जन्मेको त्यो दोलखामा जाहा तपाई जन्मेको घर छ बुबा आमा हुनुहुन्छ । साथीभाई वरपरकाले त्याहा के भन्छन् ?
पहिला पहिला त मलाई गाउघर तिर जादा म त संगीत सिक्दै छु भन्दा बरु माष्टर बनेको भए हुन्थ्यो याहाका भाई बहिनीहरुले राम्रो पढ्न पाउथे त्यतिवेला गाउघरमा एउटा वडामा एस.एल.सि. पास गर्ने ८÷१० जना मात्र हुन्थ्यौ त्यसकारण गाउका बुबा आमा लगाउत सवैले त्यस्तै भन्ने गर्थे तर मलाई चै त्यो एस.एल.सि. सम्म मात्र अध्ययन गरेर सिमित रहनु हुदैन भन्ने सोच आयो र उच्च शिक्षा हाशिल गर्न शहरमा जानुपर्छ भन्ने लाग्यो र काठमाडौं आएर साथीभाई सँगै आर आर क्याम्पसमा उनिहरुकै संगत र सल्लाह अनुसार संगीत बिषय लिएर पढ्न थाले अहिले संगीतकार भनेर चिनिन पाउदा गाउँघरका सवैले राम्रो गरेको भन्नु हुन्छ । यो मेरो लागि गर्वको कुरा बनेको छ ।
फाष्ट क्रियशन प्रा.लि.ले अहिले के के काम गर्छ ?
गीतको संगीत, संगीत संयोजन, म्युजिक भिडियोको निर्माण, डकुमेन्ट्री निर्माण, साथसाथै संगीत क्षेत्रका सवै खालका कामहरु फाष्ट क्रियशन प्रा.लि.ले गर्ने गरेको छ । यदि प्रतिभावान कलाकारहरु अवसरवाट बञ्चित कोहि हुनुहुन्छ भने फाष्ट क्रियशन प्रा.लि.ले नव प्रतिभाहरुलाई अवसर दिने योजना रहेको छ । नव प्रतिभाहरुले अवसरको सदुपयोग गर्न सक्नु हुनेछ । सम्पर्कको लागि [email protected] मा सम्पर्क गर्न सक्नु हुन्छ भने फास्ट क्रियशन फेसबुकमा पनि सम्पर्क गर्न सक्नु हुने छ ।
आउदा दिनमा के उदेश्य राख्नु भएको छ ?
मैले बिषयगत शास्त्रीय अध्ययन संगीतको सैद्धान्तिक ज्ञानलाई नेपालको लोक संगीतमा ढालेर नयाँपन दिनुको साथै नयाँ पिढीलाई समेत यस क्षेत्रमा मार्गदर्शक बन्ने प्र¥याश गर्ने छु ।
अन्तमाः म तपाईहरुको यस जन अकाश मिडियालाई मलाई अवसर दिनुभएकोमा धन्यवाद । नेपाली संस्कृतिलाई माया गरौैं नेपालीपन संक्षण गरौं ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend