logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ट्याक्सी व्यवसायी सुध्रेलान्त ?

यातयात बिभागले दिएको र्निदेशन मान्छन त ?


  • जन आकाश
  • शुक्रबार, फाल्गुन ३० २०७६

काठमाडौं । काठमाडौं उपत्यकामा सवारी साधन नभएका हरुको लागि भरपर्दो सवारी साधनको रुपमा रहेको टुटल र पठाओलाई प्रतिवन्ध लगाएर सर्वसाधरण यात्रुहरुको सेवामा समस्या उत्पन्न भएको छ ।
काठमाडौं उपत्यकामा आफ्नो सवारी साधन नभएकाहरुको लागि कुनै वेला आपत बिपत्त पर्दा ट्याक्सीको साहायता लिनु प¥यो भने कति दिने भनेर बार्गेनिङ गरेर हैरान पार्छन र उस्तै पर्दा बिरामी बोकेर जानु पर्ने मानिस तनाव माथि तनाव थपिन्छ ।
त्यो भन्दा पनि अझै समस्या त हस्पिटल अगाडी पर्टी पार्किङ गरेर बसेका ट्याक्सीहरुको त कुरै नगरौं । बिरामी लिएर गेटमा आयो र ट्याक्सीलाई लिएर कोठामा पुग्यो हस्पिटलमा महगो उपचार गरेर पैशा सकिएर फर्केको पिडा माथि ट्याक्सीको यति र उति भनेर बार्गेनिङ गरेर झन तनाव बनाउछन् । सवै ट्याक्सी चालक त्यस्तो हुदैनान् केही ट्याक्सी चालकहरुको कारण ट्याक्सी व्यवसायी प्रति नै आम ग्रहकहरुको नकरात्मक छाप पदै गएको छ ।
त्यो नकरात्मक छापलाई ट्याक्सी व्यवसायीहरुले हटाउन सकेनान् र आफ्नो पेशालाई म¥यादित बनाउन खोजेनान् भने ट्याक्सीको बिकल्प पठाओ मात्र नभएर अन्य साधनहरु पनि आउन सक्छन् त्यसैले ग्रहकलाई सेवा दिन भनेर सडकमा निकालिएका ट्याक्सीहरुले मिटरमा यातायात ब्यवस्था बिभागले जुन नियम बनाएको छ । त्यो नियममा रहेर काम गर्नु पर्छ तव मात्र ट्याक्सी व्यवसायीको हित र बिश्वस्नीयता रहन्छ । फेरी उही हाउ मञ्च र बार्गेनिङ गरेर ग्रहकलाई बढी भाडा असुलेर छिटो छिटो धनि हुन खोजेमा भोलि त्यसको असर ट्याक्सी ब्यवसायीमा नराम्रो पर्न सक्छ । त्यसैले ट्याक्सी ब्यवसायी सुध्रनु पर्छ । सधै यतिमा भए जान्छु नभए जादिन भनेर दादा गिरी मात्र चलाई राख्ने हो भने समयले त्यो दादा गिरी धेरै टिक्न दिदैन ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend