logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

रामेछापको हर्ष

मोहन कार्की


  • जन आकाश
  • शनिबार, चैत्र १ २०७६

२०२० सालको नेपाल भ्रमण बर्ष
हामिलाइ लागेको छ असाध्यै हर्ष
माथिवाट खिम्ती झर्छ तल तामाकोसी
आउदै छ जेठो दाइ सामाल तुमल बोकि
डाडामाथी गित गाउछ साइलो मादल ठोकी ठोकी



लालिगुराश, छिरु झुम्काहरु फुल्दै
कति सुन्दर हिमाल देख्छौ बिहानिमा उठ्दै
कोइलिको कुहुकुहु जङ्गलहरु डुल्दा
रमाउदै बस्छ माइलो भनी
प्रदेशवाट कान्छो आउने होकि
डाडामाथी गित गाउछ साइलो डम्फु ठोकी ठोकी

रामेछापको डाडावाट हेरे कति टाढा टाढा सैलुङ,

थोदुङ, खाडादेबी रस्नालुमा भिमसेवनस्थान
हिलारी तेन्जिङ दोर्जे होडेको
शिवलय देउराली सगरमाथा जान
स्वाद मान्छन आज पनि रिल्दुकको खान
स्वाभिमानी बन्न काम गर्छन् उदेश्य बोकि
डाडामाथी गित गाउछन साइलो ढोलक ठोकिठोकी
मादल ठोकी ठोकी
डम्फु ठोकी ठोकी
ढोलक ठोकी ठोकी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend