जन आकाश
–ः गफाष्टक
हावाको सिरेटोसँगै हुइँकिएर आएको भुइँ कुइरोले हाम्रो भेडी गोठ भएको नागी एक पत्र छोपेर गयो । यस्तै बेलामा भेडाको पाठो घिस्याउन स्याल आई पुग्छन् । तल औलोतिर जस्तो हैन । यहाँ त एकैछिनमा अध्यारो एकैछिनमा उज्यालो हुन्छ नेकपामा जस्तो ।
‘ए वुढा’ काठमाण्डौमा त तमासा छ अरे’ भन्दै मेरी श्रीमती झुम्री आई पुगी ।
‘के तमासा !’ उत्सुक हुँदै मैले सोधें ।
प्रधानमन्त्रीले दोश्रो पटक किड्नी फेर्ने निर्णय गरेर अस्पताल गएपछि नेकपाका एक खाले नेता सारै खुशी भएका थिए अरे । ‘अब हाम्रो पालो आयो’ भनेर उफ्रिदै थिए अरे ।
कस्तो कुरा गछ्र्यौ झुम्री ! आफ्नो नेता विरामी हुदा कोही खुशी हुन्छ । वाइयात कुरो !
तिमी पत्याउँदैनौ !
नपत्याए नपत्याउ ।
म त माओवादीमा बटालियन कमाण्डर भएर छिडेकी मान्छे, सपै जान्द छु ।
नाप्पियो !जानेको भए माओवादी नै हुने थिइनौ । भेडी गोठाल्नी, पनि बन्नु पर्ने थिएन । सांसद बनेर तर मार्ने ठाउँमा पुग्ने थियौ । अँ…….! अनि काठमाण्डौमा अरु के के भयो अरे ।
अरु ! अरु के हुन्छ, पार्टी भित्रका प्रतिद्वन्दी नेता जति सारै रमाइरहेको बखत ‘प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल’ भन्ने समाचार आएछ । त्यसपछि त ‘हिस्स बुढी हरियो दाँत’ भने जस्तै भयो अरे । मैले अहिले अनलाईनहरु हेरेको, बाबै ! कस्ता कस्ता लेखेका ।
‘कस्ता लेखेछन् झुम्री !’ कम्ता बाठी छैन मेरी झुमी्र ! सप्पै जान्द छे ।
‘सुन्छौ !’ भन्दै झुम्री बोल्न थाली ।
अब प्रधानमन्त्री डिस्चार्ज हुदैनन् भन्दै परक्क बटारिएर नाच्दै थिए छन् त्यसै बेला एउटाले ‘भोलि प्रधानमन्त्री डिस्चार्ज हुने अरे’ भन्ने खबर पु¥याए छ । त्यो सुने पछि खुशिले उफ्रिदै गरेको नेतो सात दिन ओछ्यान परे अरे ।
अनि हाम्रो वामदेव काम्रेडको खबर पनि छ ? हेरेर भन त !
वामदेव काम्रेड एक दिन कोरोना भाइरससंग डराउँदै पहेंलो माक्स लगाएर अस्पताल पुग्नु भए छ । प्रधानमन्त्रीलाई भेट्न भनेर । भेट्न नपाएपछि ‘स्वास्थ्य लाभ कामना पुस्तिका’ खोज्नु भयो । त्यो पनि पाउनु भएन । त्यसपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापातिर हेर्दै ‘बन्दूकको गोली, ओलीको बोली’ ‘त्यो भन्दा चर्को सूर्यको बोली’ भनेर फकिर्एनु भएछ ।
‘बन्दूकको गोली, ओलीको बोली, त्यो भन्दा चर्को सूर्यको बोली,’ भनेको चैं के हो नि झुम्री !
तिमी केही पनि बुझ्दैनौ क्या बुढा । सूर्य थापा भनेको नचाहिने कुराको पछि लाग्नेहर्लाई चोटिलो र तर्क पूर्ण ढंगले भित्तैमा पुग्ने गरी शब्दको कोर्रा लगाउने व्यक्ति हो क्या । हाम्रा प्रचन्न एक पटक अदुवा बटारिए जस्तो परक्क बटारिएका थिए, सूर्यले शब्दको पेचा बनाएर निचोरे पछि जोडले छटपटाए । पछि युवासंघको नेतोले सूर्यलाई धम्की समेत दिएको थियो । सूर्य थापाले शब्दको कोर्राले छाला काढे पछि हाम्रा पुराना काम्रेडहरु भुसतिघ्रे मुङग्रो उचाल्छन् । बिचरा अब त्यो मुङ्ग्रोले के गर्नु डेट स्पायर भइ सक्यो । यता अहिलेको जमानामा पनि पूर्व माओवादी हर्ले गिटी, वालुवा, ढुङ्गा, रोडा, ठेक्का पट्टा , काठ कटानी, फडानी लुटपाट गर्न छोडेका छैनन् । यस्तालाई के भन्नु । त्यस्तै गरी वामदेव काम्रेडलाई खपिनसक्नु तरिकाले हाम्राहर्ले उचाले पछि सूर्यले यथार्थ बोध गराउँदै तर्क पूर्ण तरिकाले सत्य ओकल्दिए । हाम्रा काम्रेडहर्लाई त्यहाँ पनि रिङगटा लाग्यो । हो त्यही भर अस्पतालमा ‘बन्दूकको गोली, ओलीको बोली त्यो भन्दा चर्को सूर्यको बोली,’ भनेर वामदेवले सूर्य थापालाई भनेको हो ।
ए…..! अहिले बुझें । खरो बोल्ने कडा स्वभावका रान । अनि अहिले प्रधानमन्त्रीलाई चाहिँ कस्तो छरे !
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend