जन आकाश
कोरोना भाइरस (कोभिड–१९) को संत्रास चितवनमा व्याप्त भएको छ । गतः विहिवार दिनभर भरतपुर असपतालको आसपास निकै हल्ली खल्ली भयो । मानिसहरु ढोका थुनेर आ–आफ्ना घर भित्र बस्न थाले । अस्पतालमा उपचार गर्न आएका विरामी र तिनका आफन्तहरु अस्पताल छोडेर बाहिर निस्कने क्रम बढ्न थाल्यो । यसरी भरतपुर भरि कोरोना भाईरसको विरामी अस्पतालमा भर्ना भएको भन्ने अपुष्ट खवर बाहिरिएको छ नारायणगढ बजार पनि केही हदसम्म प्रभावित बन्यो ।
अष्ट्रेलियाबाट हालै चितवन आएका एक नेपाली नागरिकमा कोरोना भाईरसको आशंका देखिएको भन्दै भरतपुर अस्पतालको आकस्मिक कक्षमा लगिएको र त्यसपछि डाक्रटरहरुको परामर्शमा एचडिए युनिटमा राखिएको खवर बाहिरिए पछि संत्रास ब्यापक रुपमा फैलिएको हो । ती व्यक्तिमा उच्च ज्वरो, साधारण रुघाखोकी र टाउको दुख्ने गरेको र कोरोनाको लक्षण संग मिल्दो जुल्दो भएको भन्दै विरामीको रगतको नमुना संकलनका लागि केन्द्रिय प्रयोगशाला काठमाण्डौमा पठाइएको चिकित्सकहरुको भनाई छ । विरामीको नमुना शुक्रवार राती भरतपुर अस्पतालमा प्राप्त भएको रिपोर्ट नेगेटिभ निक्लेको अस्पतालको भनाई रहेको छ । शनिवार विहान स्थानीय एफएम रेडियोहरुले ती व्यक्तिको नमुना रिपोर्ट नेगेटिभ भएको प्रसारण गरेका थिए ।
कोरोना के हो ? कसरी फैलन्छि र यसको संक्रमण कस्तो हुन्छ भन्ने जानकारी नहुँदा समाजमा अनेक प्रकारका झुठा अफवाह फैलने गर्दछ । जसले मानिसहरुलाई व्यर्थैमा तनाव उत्पन्न गराईदिन्छ । यसरी तनाव झेलिरहेको समाजमा रुघा खोकी लाग्दा पनि ‘लौ कोरोना आयो’ भन्दै व्यर्थैमा तड्पिईरहने हो भने मौसमी रुघा खोकीले पनि विकराल रुप लिन सक्छ भन्ने चिकित्सकहरुको भनाई छ । मौसमी रुघा खोकीलाई पनि कोरोना हो कि भन्दै चिन्तित भइरहने र चिकित्सको सल्लाह पनि नलिने हो भने साँच्चैको कोरोनाले त्यस्ता व्यक्तिमा संक्रमण गर्छ । किनकी रोगको प्रतिरोधात्मक क्षमता नहुने हुदा संक्रमण हुने चिकित्सकहरुको मान्यतालाई हामीले अनुशरण गर्न सक्नु पर्दछ ।
दीर्घ रोगी जस्तै सुगरको विरामी, मृगौला र अन्य अर्वुध रोगका थुप्रै रोगीलाई कोरोरनाले सजिलै आक्रमण गर्दछ र उपचार गर्न निकै महंगो सावित हुन्छ । यसरी हामीहरुले उच्च मनोवलका साथ कोरोना भाइरसको डटेर सामना गर्न सक्नुपर्दछ । सधै सफा रहने घर वरिपरि सफा राख्ने, किचन र बस्ने सुत्ने कोठा सफा राख्ने र दिनमा ४।५ पटक सावुन पानीले हात धोइरहने वानी बसालने हो भने कोरोनाबाट केही हदसम्म बच्न सकिन्छ । भिडभाडमा नजाने र घरमै बसेर उमालेको पानी खाने, ताजा फलफुल खाने, वासी सडेगलेको खानेकुरा नखाने र सफा कपडा लगाइरहने वानी बसाल्ने हो भने धेरै रोगबाट मुक्ति पाउन सकिन्छ ।
जे होस् चितवनमा आधिकारिक रुपमा कोरोना भाइरस नदेखिए पनि सचेत हुनु पर्नेमा चिकित्सकहरुले जोड दिएका छन् । चितवन कुखुरा उत्पादनको क्षेत्रमा प्रख्यात छ । यहाँ पोल्ट्री व्यवसाय गर्नेहरु धेरै छन् । थपै्र पोल्ट्री फर्महरु यहाँ छन् । कोरोनाले सर्व प्रथम पोल्ट्री व्यवसाय माथि संक्रमण फैलाउछ र पछि गएर त्यसको असर सम्पूर्ण चितवन भरी पर्दछ । घर, समाज चारैतिर संक्रमण फैलाउने जोखिम रहन्छ । त्यसैले चितवन कोरोनाको उच्च जोखिममा रहेको छ । आफै सतर्क हुदै र सवैतिर कोरोना भाइरस वारे सचेतना जगाउदै जाने तर्फ भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयका साथै स्थानीय निकाय र गैह्र सरकारी संस्थाहरुले आवश्यक पहलकदमी गर्न जरुरी भइसकेको छ ।
कोरोना त्रासबाट चितवनका निजी तथा सरकारी विद्यालय चैत्र ५ गते देखि अनिश्चितकालसम्म बन्द हुदैछन् । यता भरतपुर महानगरपालिकाले पनि संभावित कोरोना संक्रमणबाट बच्न सवैसंग अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालय पनि संभावित कोरोना संक्रमणबाट बच्न सबैसंग अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा गाऊँ नगरका वडा सम्म कोरोना सचेतना गराउने र कमिटि गठन गर्ने काम हुदैछ । यसरी प्रशासनिक तह र जनप्रतिनिधि तहबाट कोरोना भित्रिन नदिने सावधानी अपनाइए पनि संक्रमण भइहालेमा के कस्तो उपायको अवलम्वन गर्ने भन्नेमा महानगरपालिका र प्रशासन वेखवर छन् ।
यता आइसोलेसन वार्डमा भर्ना गरिएका शंकास्पद विरामीलाई चिकित्सकहरुले उपचार जारी राखेका छन् । तर काठमाण्डौ केन्द्रिय प्रयोगशालाबाट नतिजा नेगेटिभ देखिएपछि विरामीको डिस्चार्ज हुने संभावना बढी छ । तर शहर बजार र गाउघर तिर सरकारले संक्रमित विरामीको स्वास्थ्य अवस्था लाई ढाकछोप गर्न लागेको हल्ला छ । भरतपुर अस्पतालका मेसु डा. श्रीराम तिवारीका अनुसार संक्रमित कोरोना विरामी अस्पतालमा नरहेको वताएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई कोरोनाको संभावित जोखिममा रहेको स्पट पारेको छ । दक्षिण एसिया, युरोप हुदै अमेरीकी राज्यहरुमा पुगेको कोरोना यतिखेर अफ्रिका पुगेको छ । संसारै हल्लाउने गरी तिव्र गतिमा फैलिदै गएको यस डरलाग्दो भाइरसले भारत, नेपाल, पाकिस्तान र अफगानिस्तान लगायतका सार्क राष्ट्रलाई नछोड्ने डब्लुएचओले एक विज्ञप्ती मार्फत् जानकारी गराउदै सचेत र सावधानी अपनाउने अनुरोध गरेको छ ।
यसै बिच भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क राष्ट्रलाई कोरोनाबाट बचाउन अपिल गरेका छन् । सार्क राष्ट्रमा राष्ट्र प्रमुख देखि उच्च तहका सबै निकायलाई अनुरोध गरेका छन् । भारतमा पनि कतै–कतै देखिएको कोरोना भाइरसलाई भारतले नियन्त्रणमा ल्याउनेमा प्र.म. मोदी क्रियासिल रहेको भारतीय मिडियाहरुले प्रसारण गरेका छन् ।
यसरी कोरोना भाइरसलाई डब्लु एच ओ ले खतरनाकको संज्ञा दिदै विश्व महामारी हुन सक्ने औल्याएको हुनाले सचेतता अपनाउनु पर्ने अहिलेको टड्कारो आवश्यकता हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend