जन आकाश
नेपाली काँग्रेस जसको नेतृत्वमा २०४६ सालमा प्रजातन्त्रको स्थापना भइ ३० वर्षे पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो त्यहि प्रजातान्त्रीक पार्टीको नेतृत्वमा ०६२।६३ मा दोश्रो जनआन्दोलन ऐतिहासिक रुपमा सफल भइ सोही जनआन्दोलन मार्फत् १० वर्ष देखि जनयुद्धरत बिद्रोही माओवादीहरु नेपाली राजनीतिको मुलधारमा आई नेपालमा शान्ति स्थापना हुन सक्यो र २४० वर्षको इतिहास बोकेको राजतन्त्रको अन्त्य भै नेपाल गणतान्त्रीक मुलुकका रुपमा रुपान्तरीत हुन सक्यो । सोही आन्दोलनको परिणामस्वरुप नेपाल धर्म निरपेक्ष राष्ट्र तथा संघिय राज्यमा बदलियो । नेपाली काँग्रेसका पार्टी सभापती शुसिल कोइराला प्रधानमन्त्री भएको समयमा नेपाल संघियतामा जाने गरी संविधान २०७२ भाद्र २ गते जारी भयो सोही पार्टीमा २०३६ साल देखि संलग्न रहि सोही समयबाट भूमिगत रुपमा राजनीति गरेका सुवेधा कुमार पौडेलले सो पार्टीमा भविष्य नदेखेपछि असन्तुष्ट भै नेपाली राजनीतिमा वैकल्पिक धार बोक्ने पार्टी राप्रपा संयुक्तमा हालै पार्टी प्रवेश गरेका छन् । तिनै नवप्रवेशी सुवोध कुमार पौडेललाई हामीले हाम्रो यो अंकमा समेटेका हौ । उनै सुवोध कुमार पौडेलको अन्र्तवार्ता तल प्रस्तुत गरिएको छ ।
प्रश्नः तपाई तत्कालिन अवस्थामा पञ्चायती व्यवस्थाको बिरोधी पार्टीका रुपमा चिनीने ने.का.को राजनीतिमा सकृय रहेको मान्छे र सोही व्यवस्थामा नेपालको शासन सत्तामा हालीमुहाली जमाएका व्यक्तिहरुको नेतृत्व रहेको पार्टी राप्रपा संयुक्तमा किन प्रवेश गर्नु भयो ?
उत्तरः २०१७ साल देखि २०४७ सालसम्म ३० वर्ष हामीले पञ्चायती व्यवस्था हे¥यौ । २०४६ सालमा नेपाली जनताले जनआन्दोलन मार्फत् त्यो व्यवस्था परिवर्तन ग¥यो । व्यवस्था परिवर्तन भएको केहि वर्षमा नै २०५२ सालबाट एउटा समूह असन्तुष्ट बनि माओवादीका नाममा हतियार उठाइ भूमिगत भै मान्छे मार्ने क्रम सुरु ग¥यो । सत्र हज्जार बढि मान्छे मारिए त्यो क्रम ०६२।०६३ सम्म चल्यो र त्यो माओवादी भन्ने समुहलाई नेपाली राजनीतिको मुलधारमा ल्याउन विश्वको एकमात्र हिन्दु राज्यको रुपमा रहेको नेपाललाई हामीले धर्म निरपेक्ष राज्य सहित संघिय राज्यको रुपमा रुपान्तरण ग¥यौ । देशबाट राजतन्त्र समेत हटायौ । २०४७ सालमा विश्वको उत्कृष्ठ भनि लागु गरिएको संविधान समेत वर्खास्त भयो तर त्यत्रो प्रगति र विकासको चाहना राख्ने नेपाली जनताको चाहना इच्छा माथि धज्जी उडाइयो । केही नेता मन्त्रीहरु अथाह सम्पत्तिको मालिक बने तर नेपाली आम जनताको चाहना र इच्छा पुरा हुन पाउन सोही कारण अब यी पार्टीबाट यो देश र देशवासीको कल्याण हुने नदेखेपछि मैले नेपाली राजनीतिको वैकल्पिक शक्तिको रुपमा रहेको राप्रपा लाई चुनेको हुँ ।
प्रश्न. तपाई राप्रपामा प्रवेश अघि काँग्रेसको सकृय मान्छे कार्यकर्ता रहेको व्यक्ती काँग्रेससंग किन असन्तुष्ट हुनुभयो ?
उत्तरः नेपाली काँग्रेसको लिगेसी संवैधानिक राजतन्त्र बहुदलिय प्रजातन्त्र रहेको थियो तर यसमा ने.का कायम रहन सकेन नेपाली कँग्रेसका नेताहरु कृष्ण प्रसाद भट्टराई, गणेशमान सिंह विपी कोइरालालाई चटक्कै विर्सेर नेकाले संघिय लोकतान्त्रीक गणतन्त्रको लामो तर पुर्णता निरर्थक व्यवस्थालाई अंगाल्न पुग्यो । पैसा पद र शक्तिलाई मात्र राजनीति ठान्ने प्रवृत्ति पार्टी भित्र हावी हुन थाल्यो । नेकाभित्र बच्चा संस्कृति मौलाउँदै त्यसका महान नेताहरुलाई पार्टीको नेतृत्व तहले चटक्कै विर्सन थाल्यो । काँग्रेसले स्थापना कालदेखि अंगाल्दै आएको संवैधानिक राजतन्त्रलाई चटक्कै छाडेर गणतन्त्रलाई अंगाल्न पुगी राजनीतिक रुपमा पार्टी आफ्नो लिगेसी बाट स्खलित हुन पुगेपछि यस्ता पार्टीमा लागि राख्नु निरर्थक रहेछ भन्ने लागेपछि मैले पार्टीलाई सदाकालागि परित्याग गर्ने निर्णय गरेको हुँ भारी मन लिएर ।
प्रश्न. तपाईले राप्रपा मात्र रोज्नुको कारण के हो ? अरु पार्टी थिएनन् र देशमा ?
उत्तरः संवैधानिक राजतन्त्र, बहुदलिय प्रजातन्त्र, हिन्दु अधिराज्यको राजनैतिक अडानमा कायम रहेको पार्टी कुनै छ यो देशमा ? तर देशको वैकल्पिक शक्तिको रुपमा रहेको राप्रपा मा यो राजनीतिक अडान रहेको छ । संघिय रुपमा गै सकेको यो मुलुकमा अहिलेको अवस्थामा पनि यो मुद्दालाई वोकी जनता माझ जाने पार्टी भनेको राप्रपा नै रहेको कारण पनि मैले यो पार्टीलाई रोजेको हुँ ।
प्रश्नः देश गणतान्त्रीक मुलुकका रुपमा रुपान्तरण भएको अवस्थामा तपाइको पार्टी संवैधानिक राजतन्त्रको माग गर्दछ यस्तो समयमा यो माग कत्तिको उपयुक्त छ ?
उत्तरः देश गणतन्त्रमा जाने वित्तिकै देशको राष्ट्रियतामा आँच आउन मात्र थालेन राजनीतिमा पराइ संस्कृतिको विकास हुन थाल्यो । यो मुलुक सिमित नेताको विर्ता बनेको छ । वामदेव गौतमलाई संविधानको संशोधन नै गरेर भएपनि प्रधानमन्त्री बनाउने बाटो खुलाउन भएको हर्कत, सत्यको पथमा हिड्ने चरित्रको कमि, किसुनजीको जस्तो राष्ट्रप्रेम र आदर्शको अभाव, राजनीतिको विकृतिकरण, पद, पैसा र व्यक्तिगत स्वार्थमा लाग्ने प्रवृत्तिको विकास विश्वले रुचाउने संविधानको अभाव, सिद्धान्तनिष्ठ, राजीतिक सम्झौताहिन संघर्षको नेतृत्व लेवलमा अभाव अहिंसात्मक विचारको नेपालको राजनीतिमा खडेरी भएको हालको अवस्थामा देशलाई सिमित नेताहरु मिलि गणतान्त्रिक मुलुकमा हठात लिएर गएका हुन जुन ज्यादै षडयन्त्र पूर्वक गरिएको निर्णय थियो त्यस कारण पनि राप्रपाको माग संवैधानिक राजतन्त्र अहिलेको अवस्थामा ज्यादै नै उपयुक्त छ ।
प्रश्नः संघिय संसदमा एकसीट मात्र रहेको राप्रपमा प्रवेश गरेर तपाईको भविष्य सुनिस्चित होला ?
उत्तर ः मलाई मेरो व्यक्तिगत भविष्यको भन्दा पनि राष्ट्रको चिन्ता छ । हामी नेपाली नेपाल राष्ट्र नै नरहे कहाँ रहौला ? हाल नेपालको राजनीतिक वृत्तमा देशलाई जसरी भएपनि युद्धमा फँसाउने षडयन्त्र हुँदैछ चाहे त्यो एमसीसीको नाममा होस् वा अन्यमा, त्यहि कारण अहिलेका पार्टीहरुबाट यो मुलुकको कल्याण भन्दा पनि मुलुकको अहितमा लाग्ने प्रवृत्तिको विकास भएको देखेर नेपाली राजनीतिको वैकल्पिक शक्तिको रुपमा रहेको राप्रपा पार्टीको मार्फत्बाट देशको हित, नेपाली जनताको भलाईको निमित्त कार्य गर्न पाइन्छ भन्ने लागेर यो पार्टीलाई रोजेको हुँ ।
प्रश्नः अहिलेको राजनीतिक परिस्थीतिमा नेपालमा पुनः हिन्दु राष्ट्र र राजसंस्था फर्कने अवस्था तपाई देख्नुहुन्छ ?
उत्तरः हाम्रो छिमेकी मित्रराष्ट्र भारतमा भारतीय जनता पार्टीको दोश्रो पटक प्रचण्ड बहुमतका साथ जसरी उदय भएको छ पहिलो कारण यसबाट आफ्नो छिमेकी मित्रराष्ट्र नेपालमा आस्था र निष्ठाको राजनीतिको अभाव भएको अहिलको अवस्थामा मैले भन्नु पर्ने नै हुन्छ यहाँ प्रजातन्त्र लोकतन्त्र, गणतन्त्रको कल्पना पनि गर्न सकिन्न । म मुलुक भएका नेपाली जनताको सबै राजनीतिक दलका नेताहरुलाई सचेत गराउन चाहन्छु कि कतै हाम्रो पहिचान विलुप्त हुने त हैन अहिलेको राजनीतिक परिस्थिति त्यसतर्फ गै रहेको कारण नेपालमा राजसंस्थाको खाँचो छ, नेताका नाममा राष्ट्रिय सम्पत्तिमा लुट मच्चाउने प्रवृत्तिको विकास अहिले भै रहेको छ, देश अस्थीर छ, त्यहि कारण पनि हामी सबै मिलेर हिन्दू राष्ट्र र राजसंस्थाको स्थापना गर्नु पर्दछ यो देशको आवश्यकता हो ।
प्रश्नः दिगो शान्तिको मार्गचित्रमा प्रवेश गरीसकेको नेपाललाई पुनः द्वन्द्वको स्थितिमा फर्काउने छ ?
उत्तर ः स्थिरताका नाममा कार्यकारी राष्ट्रपतिको असान्दर्भिक सपना देख्ने पुष्पकमल दाहालको नियति, फेरी क्रान्तिको नाममा बन्दुक वोक्न पुगेका नेत्र विक्रम चन्दको धार, नेतृत्वको आचरण, व्यवहार र कार्यशैलीका कारण देश दिगो शान्तिको मार्गमा प्रवेश गरिसकेको भन्ठान्नु सर्वथा मित्था हो । सत्तासिन नेकपा र प्रतिपक्षि काँग्रेसको अहिलेको नियमित प्रकृया भनेको एकले अर्कोलाई लडाउने भिडाउने रहेको कारण यस्तो राजनीति विराम दिनका लागि पनि देशमा संवैधानिक राजतन्त्र, हिन्दु राज्यको खाँचो छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend