logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

नयाँ बर्षमा गाउँ घुम्न जाऔं

सम्पादकीय, मोहन कार्की


  • जन आकाश
  • बिहिबार, चैत्र ६ २०७६

यतिवेला काठमाडौं उपत्यका लगायत शहरहरुमा कोरोनाको त्रास बढीरहेको बेला नेपालका गाउँघर तिर चैत्रका पालुवाहरु लहलहाउदा भइैरहेका छन् । हिमालहरु उज्यालो बनेर हासिरहेका छन् । पाहाडहरुमा लाँली गुराँश फुलेर पाहाडै राताम्यै भएका छन् । बिभिन्न प्राकृतिका फुलहरु फुलेर बनै रमाईलो गाउँ नै रमाईलो भएको छ ।



खोलाहरु सफा बनेर बगीरहेका छन् । अकाशमा थरिथरिका चराहरु रमाईलो मान्दै सलबलाई उडिरहेका छन् । बिभिन्न प्रकारका फुलहरु फुलेर गाउँ पाखा जङगल जताततै उज्यालो रङगी चङगी भईरहेको छ ।

काठमाडौं लगायत शहरमा कोरोनाको त्रासले उकुस मुकुस भएर डराई डराई हिड्नु भन्दा गाउँघरमा आनान्दसँग एक्ला एक्लै हिड्न चाहेमा घुम्न चाहेमा सम्भव छ । गाउँघरको हावापानी सुद्ध, सफा रहेको हुदा र गाउँघरमा फलेका फलफुल, सागपात, लगायत स्वास्थ्यका लागि राम्रो पाईन्छ । त्यसकारण नजिकिदै गएको २०७७ सालको शुभ अवसरमा र कोरोनालाई समेत छल्न आफ्नो जन्मभुमिमा फर्केर एक महिने अभियाँन थालौ र गाउँ घुम्न जाऔं योजना बनाऔं ।

यहि अवसर पारेर आफु गाउँमा जन्मेको र्हुकेको पढेको खेलेको ठाउँमा साथीभाईसँग भेट्ने अवसर पनि हुन्छ त्यसले आफ्नो बिगत सम्झाउन मदत गर्छ नेपालवाट युवा पुस्ताहरु देश छोडेर गाउँ छोडेर सक्षम ब्याक्तिहरु अन्तै जादा नेपालको बिकाश हुन सकेको छैन । ति बिगतमा भोगेका दुखःत सम्झेर सवै नेपालीले आफ्नो गाउँ आफैले नबनाए बन्दैन भन्ने चेत समेत खुल्न सक्छ यो अवसर पनि हुन्छ काठमाडौं लगायत शहरमा डराएर बसेका शहरीया भनिएका पहिला गाउँघरका मानिसहरुले आफ्नो गाउँ चिनाउन शहरमा बनेका

साथीभाईलाई समेत लिएर गाउँ जानुपर्छ यो समय ठिक समय पनि हो । घुम्नलाई पाहाडी बाटोहरु पनि सुरक्षित नै हुन्छन् । हावापानी पनि मिलेको हुन्छ । यो सवै कुराले ठिक भएको अवसर हो । यो अवसरलाई सवै शहरबासीहरुले सदुपयोग गर्न सक्नु पर्छ । त्यसैले नयाँ बर्षको सध्यामा गाउँ घुम्न जाउ मनको त्रास मेटाऊ नेपालको भुगोल पनि हेरौंै सधै अर्काको देशको गुनगान गाउन जान्ने हामीहरुले आफ्नैै देश नेपालको प्राकृतिक सुन्दरता हेरेर, देखेर आएपछि जति बिदेशको गुनगान गाउथ्यौ त्यसैगरी नेपालको बास्तविकता पनि गाएर भनेर प्रचार गरौं । जसले नेपालको पर्यटन बर्षलाई मदत गर्छ ।भने कतिपयलाई घुम्न जादा यो ठाउँमा यो उधोग, ब्यापार गर्न पाए यति आम्दानी गर्न सकिन्थ्यो भन्ने सोचाई आउन सक्छ घुम्न जानु पनि एउटा प्रगतिको आयाम हो । हरेक अप्ठ्याराहरुलाई पनि अवसरमा बदल्न सकिन्छ । मात्र हामीसँग ईच्छा शक्ति चाहिन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend