logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

निरन्तर जग हसाउदै नेकपा


  • जन आकाश
  • बुधबार, असार २४ २०७७

माल पाएर के गर्नु, चाल नपाएपछिु भन्ने लोकोक्ती नेपालमा प्रचलित छ। जति नै बहुमुल्य सामान पाएको भएपनि त्यसलाई पहिचान गरेर उपयोगमा ल्याउन सकिएन भने त्यसको कुनै अर्थ छैन भन्ने भाव त्यो लोकोक्तिले दर्साउंछ।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का लागि पछिल्लो निर्वाचनमा जनताले दिएको दुई तिहाई नजिकको बहुमत ठ्याक्कै उल्लेखित लोकोक्तीसंग मेल खाने संकेत देखिन थालेको छ।इतिहासमै बिरलै प्राप्त हुने यस किसिमको राजनीतिक उपलब्धि हांसिल गरेर पनि नेकपाले यसलाई त्यत्तिकै खेर फाल्ने जुन किसिमको गतिविधि देखाइ रहेको छ,त्यो माल पाएर चाल पाएको स्थिति पटक्कै होइन।



संबिधानसभाबाट संबिधान जारी भएपछि सम्पन्न पहिलो निर्बाचनमा तत्कालीन नेकपा एमाले र माओबादी केन्द्र सम्मिलित बाम गठबन्धनलाई त्यत्तिकै जनताले त्यत्रो जनमत दिएका होइनन् ।निर्बाचन अघि पहिलो पटक प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलिले त्यतिबेला लिएको राष्ट्रबादी अडान, जनतालाइ देखाएको समृद्धि र बिकासको सपना तथा बाम गठबन्धनको चुनावी घोषणापत्रप्रतिको जनताको बिश्वास निर्वाचनमा मतदानमार्फत प्रकट भएको हो।अन्तर्राष्ट्रियरुपमै कम्युनिस्ट आन्दोलन क्रमशः कमजोर बन्दै गएका बेला नेपालमा जनमतमार्फत प्राप्त सो उपलब्धि संसारकै लागि उदाहरणीय पक्कै हो।यद्यपि निर्बाचनपछि नेपालका दुई ठुला कम्युनिस्ट पार्टी एकीकृत भएर बनेको नेकपाले कम्युनिस्ट पार्टीहरुप्रति जनतामा घृणा उत्पन्न गराउने कार्यलाई निरन्तरता दिइरहेका छन। उनीहरूको अहिलेको क्रियाकलाप र कार्यशैली सिंगो कम्युनिस्ट आन्दोलनका लागि निकै घातक हुने देखिएको छ।आफुलाइ सर्बहारा बर्गको पार्टीका रुपमा जनतामाझ स्थापित गराएर सफलता हासिल गरिसकेपछि पुंजिपती बर्गलाइ माथ ख्वाउने व्यबहार गर्नु खेदजनक र निन्दनीय बिषय हो।पछिल्लो समय जनताबाट टाढिंदै गएको नेकपा भ्रष्टाचार र पदलोलुप्ताका सवालमा जग हंसाउने काम गरिरहेको छ।

पछिल्लो समय नेकपाको स्थायी कमिटी बैठकमा उत्पन्न विवाद जग हंसाइको त्यहि चरम रुप हो।मुलुकको बिकास,समृद्धि र जनताको चाहना सम्बोधनको अपेक्षा त्यो बिबादको पाटो र पक्ष छैन।फगत पद प्राप्तिको लालशाले बिबादलाइ बहुरुपी बनाइएको छ र त्यसैलाई भजाएर पद जोगाउने र प्राप्त गर्ने भरमग्दुर प्रयास यतिबेला भैरहेको छ।कसैले पद पाउनु र कसैको जोगिनुले जनतालाइ खासै असर पार्दैन।जो भएपनि बिग्रदैं गएको मुलुकको अवस्थालाई झन जर्जर बनाउने होइन, सहि ट्र्याकमा ल्याएर यसलाइ अघि बढाउने कुशल र इमान्दार नेतृत्व जनताको आजको रोजाइ हो।त्यसका लागि देश र जनताप्रति जिम्मेवार र उत्तरदायी नेतृत्व आवश्यक छ।त्यसैले सोच र कार्यशैलीमा परिवर्तन अहिलेको आवश्यकता हो।नेकपाका नेताहरूले पहिले आफुले आफैंलाई परिवर्तन गर्नु अहिलेको प्रमुख आवश्यकता हो।ओलि,दाहाल र नेपालमा तात्विक अन्तर देखिंदैन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend